Trending
Prev Story
Next Story

मेसीलाई पछि पार्दै रोनाल्डो बने ‘अल टाइम बालोन डी’ओर’ विजेता

Bizshala •
October 29, 2026 • 09:34 AM
1
1 reads 0 reactions

काठमाण्डौ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनी स्टार लियोनल मेसीलाई पछि पार्दै ‘Ballon d’Or of All Time (BOAT)’...

मेसीलाई पछि पार्दै रोनाल्डो बने ‘अल टाइम बालोन डी’ओर’ विजेता

काठमाण्डौ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले अर्जेन्टिनी स्टार लियोनल मेसीलाई पछि पार्दै ‘Ballon d’Or of All Time (BOAT)’ फ्यान भोट जितेका छन्।

फ्रान्स फुटबलको प्रतिष्ठित बालोन डी’ओर अवार्डको ७०औँ वर्षगाँठका अवसरमा फुटबल समर्थकबीच गरिएको मतदानमा रोनाल्डोको सन् २००८ को सिजन सर्वकालीन उत्कृष्ट बालोन डी’ओर विजेता सिजनका रूपमा पहिलो स्थानमा परेको हो। मेसीको सन् २०१२ को सिजन दोस्रो स्थानमा रह्यो।

रोनाल्डोले सन् २००७/०८ सिजनमा म्यानचेस्टर युनाइटेडबाट सबै प्रतियोगितामा ४२ गोल गरेका थिए। सोही सिजन युनाइटेडले इंग्लिस प्रिमियर लिग र यूईएफए च्याम्पियन्स लिगको उपाधि जितेको थियो। उक्त प्रदर्शनकै आधारमा रोनाल्डोले सन् २००८ मा आफ्नो पहिलो बालोन डी’ओर जितेका थिए।

फ्यान भोटमा दोस्रो स्थानमा परेको मेसीको सन् २०१२ को सिजन पनि ऐतिहासिक मानिन्छ। त्यस वर्ष उनले क्लब र राष्ट्रिय टोलीबाट गरी एकै क्यालेन्डर वर्षमा ९१ गोल गरेका थिए।

अन्तिम नतिजामा रोनाल्डो र मेसीको वर्चस्व देखिएको छ। शीर्ष १२ स्थान उनीहरूकै विभिन्न बालोन डी’ओर विजेता सिजनले ओगटेका छन्। रोनाल्डोको सन् २०१७ को सिजन तेस्रो, मेसीको २०२३ को सिजन चौथो र रोनाल्डोको २०१६ को सिजन पाँचौँ स्थानमा परेको छ।

तर यो अवार्ड नियमित बालोन डी’ओरको नयाँ आधिकारिक ट्रफी भने होइन। आयोजकले यसलाई समर्थकले इतिहासकै उत्कृष्ट बालोन डी’ओर विजेता सिजन छनोट गर्ने विशेष फ्यान मतदानका रूपमा सञ्चालन गरेको हो। मतदानमा सहभागी हुन शुल्क तिर्नुपर्ने व्यवस्था थियो र समर्थकले एकभन्दा बढी पटक पनि मत दिन सक्थे। आयोजकका अनुसार यसका लागि छुट्टै भौतिक ट्रफी प्रदान गरिँदैन।

रोनाल्डोले हालसम्म पाँचपटक बालोन डी’ओर जितेका छन् भने मेसी आठपटक यो प्रतिष्ठित अवार्ड जित्दै सर्वाधिक बालोन डी’ओर जित्ने खेलाडीको कीर्तिमानमा छन्।

रोनाल्डो र मेसीबीच करिब दुई दशकदेखि विश्व फुटबलको सर्वश्रेष्ठ खेलाडी को भन्ने बहस चल्दै आएको छ। ‘Ballon d’Or of All Time’ को फ्यान मतदानमा रोनाल्डोको २००८ सिजनले शीर्ष स्थान पाएसँगै उनीहरूबीचको पुरानो प्रतिस्पर्धामा अर्को रोचक अध्याय थपिएको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
7h ago
क्रिस्टियानो रोनाल्डोको सम्मानमा विशेष निर्णय! शनिबार राष्ट्रिय टोलीका सबै खेलाडी ७ नम्बरको जर्सीमा मैदान उत्रिने।

क्रिस्टियानो रोनाल्डोको सम्मानमा विशेष निर्णय! शनिबार राष्ट्रिय टोलीका सबै खेलाडी ७ नम्बरको जर्सीमा मैदान उत्रिने।

फुटबलका महान् हस्ती क्रिस्टियानो रोनाल्डोप्रति सम्मान प्रकट गर्दै यस शनिबार राष्ट्रिय टोलीका सबै खेलाडीले प्रतिष्ठित ७ नम्बरको जर्सी लगाएर मैदानमा उत्रिने भएका छन्। रोनाल्डोले फुटबल जगतमा पुर्‍याए...

#रोनाल्डो #फुटबल
Compare →
Nagarik News
10h ago
सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

सन्यासको घोषणापछि रोनाल्डोको अर्को धमाका, ‘डे १एस’ मार्फत नयाँ अवतारमा देखिँदै

अन्तर्राष्ट्रिय फुटबलबाट सन्यास लिने घोषणा गरेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो करियरको नयाँ अध्याय सुरु गर्दै समर्थकलाई सरप्राइज दिएका छन्।

#रोनाल्डो #फुटबल
Compare →
Onlinekhabar
14h ago
‘रोनाल्डो’को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष

‘रोनाल्डो’को मृत्युपछि प्रजनन केन्द्रमा भाले हात्तीबीच शक्ति संघर्ष

२७ कात्तिक, चितवन । 'रोनाल्डो'को मृत्यु भएपछि सौराहाको हात्ती प्रजनन केन्द्रलाई आफ्नो पकडमा लिन जंगली भाले हात्तीहरुका बीचमा शक्ति संर्घष बढ्दै गएको छ । गत ३ असोजमा बरण्डाभार क्षेत्रको बिसहजारी ताल नजिकै रहेको नेपाली सेनाको …

#रोनाल्डो
Compare →

Related Stories

Sports
Build #2611