Trending
Prev Story
Next Story

तिहारअघि नै फूलको अग्रिम बुकिङ बढ्यो, व्यवसायी उत्साहित

Bizshala •
October 29, 2026 • 09:34 AM
1
1 reads 0 reactions

काठमाण्डौ । तिहार नजिकिँदै गर्दा स्थानीय फूलको अग्रिम माग बढ्न थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका...

तिहारअघि नै फूलको अग्रिम बुकिङ बढ्यो, व्यवसायी उत्साहित

काठमाण्डौ । तिहार नजिकिँदै गर्दा स्थानीय फूलको अग्रिम माग बढ्न थालेपछि कञ्चनपुरका पुष्प व्यवसायी उत्साहित भएका छन्।

विगतमा उत्पादन गरेको फूलले बजार नपाउँदा बारीमै कुहिने र घाटा बेहोर्नुपर्ने अवस्था थियो। तर यस वर्ष तिहारअघि नै बुकिङ आउन थालेपछि व्यवसायीमा उत्साह थपिएको हो।

भीमदत्त नगरपालिका–१ की पुष्प व्यवसायी सिर्जना जोशीले यस वर्ष अहिलेसम्म २० किलो फूलको अग्रिम बुकिङ भइसकेको बताइन्। सात वर्षदेखि फूलखेती गर्दै आएकी उनले गत वर्ष स्थानीय फूलले राम्रो बजार पाएपछि यसपटक खेतीको क्षेत्रफलसमेत बढाएकी छन्।

उनका अनुसार स्थानीय प्रशासनले प्लास्टिकका मालामा रोक लगाउनु र भारतबाट आउने फूलमा नियन्त्रण गरिनुले स्वदेशी उत्पादनको माग बढाउन सहयोग गरेको छ।

जोशी अहिले १५ कट्ठा जग्गामा फूलखेती गरिरहेकी छन्। उनले वार्षिक ३० हजार रुपैयाँ भाडा तिरेर जग्गा लिएकी हुन्।

विगतमा बजार नपाउँदा उनले ठूलो क्षति बेहोरेकी थिइन्। एक वर्ष एक हजार बोट फूल बिक्री नभई कुहिएको थियो भने अर्को वर्ष चार हजार बोटबाट उत्पादन भएको फूल काठमाडौं पठाउने क्रममा बाटोमै बिग्रिएको थियो। दुई वर्षअघि मात्रै करिब दुई क्विन्टल फूल बिक्री नभएर खेर गएको उनको अनुभव छ।

तर गत वर्ष अवस्था फेरियो। १० कट्ठामा गरिएको फूलखेतीबाट सबै खर्च कटाएर करिब डेढ लाख रुपैयाँ आम्दानी भएको उनले बताइन्।

यस वर्ष माग अझ बढेपछि चार क्विन्टल फूल बिक्री गर्ने लक्ष्य राखिएको छ। स्थानीय बजारमा फूल प्रतिकिलो करिब ५०० रुपैयाँमा बिक्री भइरहेको छ।

कञ्चनपुरमै फूलखेतीतर्फ आकर्षण बढ्न थालेको छ। भीमदत्त नगरपालिका–१५ का मेघा रावलले चार कट्ठा जग्गामा दुई हजार ४०० बोट फूल लगाएका छन्।

करीब २५ हजार रुपैयाँ लागतमा गरिएको फूलखेतीबाट तिहारमा एक लाख रुपैयाँसम्म आम्दानी हुने अपेक्षा रहेको उनले बताए। यसपटक राम्रो बजार पाए अर्को वर्षदेखि खेती विस्तार गर्ने उनको योजना छ।

तिहारमा सयपत्री फूल माला, पूजाआजा र घर सजावटमा व्यापक रूपमा प्रयोग हुने भएकाले यसको माग उच्च हुने गर्छ। विवाह, सांस्कृतिक कार्यक्रम तथा अन्य उत्सवमा समेत स्थानीय फूलको प्रयोग बढ्दै जाँदा व्यवसायीले यसलाई परम्परागत खेतीभन्दा बढी आम्दानी दिने विकल्पका रूपमा लिन थालेका छन्।

व्यवसायीका अनुसार परम्परागत खेतीको तुलनामा फूलखेतीबाट तीन गुणासम्म बढी आम्दानी गर्न सकिने सम्भावना छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
5d ago
ढकमक्क फूलले ढाकियो धनकुटा

ढकमक्क फूलले ढाकियो धनकुटा

पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन्।

#फूल
Compare →
Hamro Patro News
5d ago
सयपत्रीले पहेँलपुर धनकुटा, फूल बेचेरै लाखौँ कमाउँदै किसान

सयपत्रीले पहेँलपुर धनकुटा, फूल बेचेरै लाखौँ कमाउँदै किसान

धनकुटा- धनकुटाका खेतबारी यतिबेला सयपत्री फूलले ढकमक्क छन्। पहेँलपुर र सुन्तला रङका फूलले गाउँका पाखा र बारीको सौन्दर्य मात्र बढाएका छैनन्, किसानको आम्दानीको आशा पनि बढाएका छन्। फूल किसान तिहार नजि...

#फूल
Compare →
Ekantipur
5d ago
तिहार भित्रिएसँगै बिक्रीका लागि सयपत्री फूल टिप्न भ्याइनभ्याई

तिहार भित्रिएसँगै बिक्रीका लागि सयपत्री फूल टिप्न भ्याइनभ्याई

कृषिमै आत्मनिर्भर भएका उनले चार वर्षअघिदेखि तिहार र छठ पर्वलाई लक्षित गरेर व्यावसायिक सयपत्री फूल खेती गर्दै आएका छन् ।

#फूल
Compare →
Onlinekhabar
5d ago
विदेशबाट फर्किएर गाउँमै भविष्य खोज्दै गोकर्ण, पाँच रोपनीमा ढकमक्क सयपत्री फूल

विदेशबाट फर्किएर गाउँमै भविष्य खोज्दै गोकर्ण, पाँच रोपनीमा ढकमक्क सयपत्री फूल

२२ कात्तिक, गुल्मी । मेहनत, लगनशीलता र नयाँ सोच भए आफ्नै गाउँमा पनि राम्रो सम्भावना सिर्जना गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् गुल्मीको इस्मा गाउँपालिका–३ का युवा उद्यमी गोकर्ण नेपाली । तिहार नजिकिँदै गर्दा उनले …

#फूल
Compare →

Related Stories

Business & Economy
Build #2611