Trending
Prev Story
Next Story

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

Nagarik News •
October 29, 2026 • 08:51 AM
1
1 reads 0 reactions

बिहीबार मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकी हुन्।

६ स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले अस्पतालको सरसफाइ, शय्या उपलब्धता, बिरामीको प्रतीक्षा समय न्यूनीकरण र स्वास्थ्य सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राख्दै ६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग आर्थिक वर्ष २०८३।८४ का लागि कार्यसम्पादन सम्झौता गरेकी छिन्।

बिहीबार मन्त्री मेहताले बिरामीले सहज, गुणस्तरीय र सम्मानजनक स्वास्थ्य सेवा प्राप्त गर्ने वातावरण सुनिश्चित गर्नुपर्ने बताएकी हुन्।

मन्त्री मेहताले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपतिसँग कार्यसम्पादन सम्झौता गरेकी हुन्।

सम्झौताका क्रममा अस्पतालको सरसफाइ तथा स्वच्छता कायम गर्ने, बिरामीले आवश्यकताअनुसार समयमै शय्या पाउने व्यवस्था मिलाउने, उपचारका लागि लामो समय प्रतीक्षा गर्नुपर्ने अवस्थाको न्यूनीकरण गर्ने तथा स्वास्थ्यकर्मीको सेवाग्राहीप्रतिको व्यवहारलाई थप सेवामैत्री र जिम्मेवार बनाउने विषयलाई प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ छ।

त्यसैगरी, स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि, प्रभावकारी सेवा प्रवाह, संस्थागत सुशासन, पारदर्शिता र जवाफदेहिता कायम गर्दै बिरामीले सहज रूपमा स्वास्थ्य सेवा प्राप्त गर्न सक्ने वातावरण निर्माण गर्नुपर्ने बताइन्।

कार्यसम्पादन सम्झौतामार्फत प्रतिष्ठानहरूको जिम्मेवारी र लक्ष्यलाई थप स्पष्ट गर्दै स्वास्थ्य सेवामा सुधार ल्याउने तथा सेवाग्राहीले प्रत्यक्ष अनुभूति गर्ने गरी सेवा प्रवाहलाई प्रभावकारी बनाउने अपेक्षा गरिएको छ।

त्यस्तै मन्त्रालयका सचिव डा विकास देवकोटाले समेत १९ वटा सङ्घीय अस्पतालका प्रमुखसँग आर्थिक वर्ष २०८३।८४ का लागि कार्यसम्पादन सम्झौता गरेका छन्।

प्रकाशित: १२ कार्तिक २०८३ १४:३६ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सम्पन्न

धरान- बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा दुई दिने अन्तर्राष्ट्रिय स्तरको क्यान्सर कार्यशाला सफलतापूर्वक सम्पन्न भएको छ। प्रतिष्ठानको अन्कोलोजी डिभिजनको तत्वावधान, वीपीकेआइएचएस् स्टुड...

#प्रतिष्ठान #विज्ञान
Compare →
Ekantipur
3h ago
सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने

सरकारले बिदा दिए पनि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान सोमबार खुल्ने

शनिबार र आइतबार नियमित बिदा भएकाले सोमबार पनि बिदा दिँदा टाढाबाट उपचारका लागि आउने बिरामीको स्वास्थ्य सेवा प्रभावित हुने भएकाले सेवा सञ्चालन गर्ने निर्णय गरिएको प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले बताए ।

#प्रतिष्ठान #विज्ञान
Compare →
Onlinekhabar
1w ago
प्रज्ञा प्रतिष्ठान गान बनाउने निर्णयको विरोध : स्रोत र साधनको दुरुपयोग, सामन्ती सोचको उपज

प्रज्ञा प्रतिष्ठान गान बनाउने निर्णयको विरोध : स्रोत र साधनको दुरुपयोग, सामन्ती सोचको उपज

नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नै छुट्टै प्रतिष्ठान गान निर्माणका लागि सूचना आह्वान गरेको छ । यो सूचनाप्रति सरोकारवाला तथा कलाकारहरूले आपत्ति जनाएका छन् । राष्ट्रिय गान हुँदाहुँदै संस्थागत गान बनाउने निर्णय अनावश्यक, स्रोत …

#प्रतिष्ठान
Compare →

Related Stories

Health & Wellness
Build #2611