Trending
Prev Story
Next Story

३ महिनामा १६ अर्ब २३ करोड रूपैयाँ एफडीआई प्रतिबद्धता

Ekantipur •
October 29, 2026 • 09:31 AM
1
1 reads 0 reactions

उद्योग विभागका अनुसार स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ४१० उद्योगमार्फत १४ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ र स्वीकृति मार्ग (अप्रुभल रुट)बाट १२ उद्योगमा १ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ एफडीआई प्रतिबद्धता आएको छ।

३ महिनामा १६ अर्ब २३ करोड रूपैयाँ एफडीआई प्रतिबद्धता

उद्योग विभागका अनुसार स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ४१० उद्योगमार्फत १४ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ र स्वीकृति मार्ग (अप्रुभल रुट)बाट १२ उद्योगमा १ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ एफडीआई प्रतिबद्धता आएको छ।

काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो तीन महिनामा नेपालमा १६ अर्ब २३ करोड १९ लाख रुपैयाँको बराबरको वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता आएको छ ।

उद्योग विभागको वैदेशिक लगानी तथा प्रविधि हस्तान्तरण शाखाले हालै सार्वजनिक गरेको मासिक प्रतिवेदन अनुसार तीन महिनामा ४२२ वटा नयाँ उद्योगमा उक्त वैदेशिक लगानी स्वीकृत भएको हो ।

विभागका अनुसार स्वचालित मार्ग (अटोमेटिक रुट) बाट ४१० उद्योगमार्फत १४ अर्ब ५८ करोड ६५ लाख रुपैयाँ र स्वीकृति मार्ग (अप्रुभल रुट)बाट १२ उद्योगमा १ अर्ब ६४ करोड ५४ लाख रुपैयाँ एफडीआई प्रतिबद्धता आएको छ । उक्त लगानीबाट कुल ५ हजार १२९ जनालाई रोजगारी दिने अनुमान गरिएको छ ।

लगानी रकमका आधारमा पर्यटन क्षेत्रमा सबैभन्दा धेरै ६ अर्ब ८२ लाख ८५ हजार रुपैयाँ प्रतिबद्धता आएको छ । ऊर्जा क्षेत्रमा ४ अर्ब रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।

सेवा क्षेत्रमा ३ अर्ब ५७ करोड ५४ लाख, सूचना प्रविधि क्षेत्रमा ९२ करोड ८३ लाख, उत्पादनमूलक उद्योगमा १ अर्ब ६० करोड ५३ लाख रुपैयाँ, कृषि तथा वन पैदावारमा ४ करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको विभागको तथ्यांक छ ।

विभागका अनुसार असोजमा मात्रै ९४ उद्योगमा ५ अर्ब १० करोड़ ७५ लाख रुपैयाँ बराबरको वैदेशिक लगानी प्रतिबद्धता आएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
2w ago
वैदेशिक लगानी  - पहिलो तीन महिनामा १६ अर्ब बढीको एफडीआई स्वीकृत

वैदेशिक लगानी - पहिलो तीन महिनामा १६ अर्ब बढीको एफडीआई स्वीकृत

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधि (साउन–असोज) मा १६ अर्ब भन्दा बढीको वैदेशिक लगानी स्वीकृत भएको छ ।...

#एफडीआई #महिनामा
Compare →
Hamro Patro News
2w ago
चालू आर्थिक वर्षको तीन महिनामा १६ अर्ब २३ करोडको एफडीआई स्वीकृत

चालू आर्थिक वर्षको तीन महिनामा १६ अर्ब २३ करोडको एफडीआई स्वीकृत

काठमाडौं। चालु आर्थिक वर्ष २०८३/०८४ को तीन महिनामा १६ अर्ब २३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत भएको छ। चालू आवको साउन देखि असोज मसान्तसम्म उक्त वैदेशिक लगानीक...

#एफडीआई #महिनामा
Compare →
Nagarik News
1w ago
विदेशी लगानी प्रतिबद्धता १९ अर्बले घट्यो

विदेशी लगानी प्रतिबद्धता १९ अर्बले घट्यो

उद्योग विभागका अनुसार पोहोरको तुलनामा प्रत्यक्ष वैदेशिक लगानी (एफडिआई) प्रतिबद्धतामा करिब १९ अर्ब रुपैयाँले गिरावट आएको हो।

#प्रतिबद्धता
Compare →
Onlinekhabar
1w ago
इरानले भन्यो– अमेरिकाको कागजी प्रतिबद्धतामा मात्रै विश्वास गरेर सम्झौता गर्दैनौं

इरानले भन्यो– अमेरिकाको कागजी प्रतिबद्धतामा मात्रै विश्वास गरेर सम्झौता गर्दैनौं

इरानले अमेरिकासँग कागजी प्रतिबद्धताका आधारमा मात्रै कूटनीतिक वार्ता पुनः सुरु नगर्ने बताएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का उपसचिव अली बाघेरी कानीले अमेरिकाले आफ्ना प्रतिबद्धता व्यवहारमा पूरा गरेको देखिएपछि मात्रै नयाँ अध्याय सुरु गर्ने आधार …

#प्रतिबद्धता
Compare →

Related Stories

Business & Economy
Build #2611