Trending
Prev Story
Next Story

मोरङमा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न

Ekantipur •
October 29, 2026 • 09:31 AM
1
1 reads 0 reactions

कानेपोखरी–२ मा बनेको सबस्टेसन १४ र १५ कात्तिकमा चार्ज गरिँदैछ, जसबाट मोरङ र आसपासका क्षेत्रमा आपूर्ति सुधारिनेछ ।

मोरङमा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न

कानेपोखरी–२ मा बनेको सबस्टेसन १४ र १५ कात्तिकमा चार्ज गरिँदैछ, जसबाट मोरङ र आसपासका क्षेत्रमा आपूर्ति सुधारिनेछ ।

काठमाडौँ — मोरङ जिल्ला तथा आसपासका क्षेत्रको विद्युत् मागलाई सम्बोधन गर्न र आपूर्तिलाई पर्याप्त, भरपर्दो तथा गुणस्तरीय बनाउन कानेपोखरी गाउँपालिका–२ मा १३२ केभी क्षमताको केरौन सबस्टेसन निर्माण सम्पन्न भएको छ । सबस्टेसनलाई १४ र १५ कात्तिकमा चार्ज गर्ने गरी काम अगाडि बढाइएको छ ।

उक्त दिनहरुमा पूर्व–पश्चिम १३२ केभी प्रसारण लाइनअन्तर्गत दुहबी–दमक खण्डमा पर्ने केरौन सबस्टेसनमा लाइनलाई  भित्र छिराउने (लुप इन) र बाहिर निकाल्ने (लुप आउट) कार्य गरिने छ । दुहबी–दमक १३२ केभी प्रसारण लाइनबाट सबस्टेसनमा विद्युत् आपूति हुनेछ ।

दुहबी–दमक प्रसारण लाइनलाई शनिबार र आइतबार बिहान ४ बजेदेखि मध्याह्न १२ बजेसम्म बन्द गरी लुप इन र लुप आउटको कार्य गरिनेछ । यसका कारण उक्त समयमा झापा, इलाम, पाँचथर ताप्लेजुङ जिल्लाका सम्पूर्ण भागहरु र मोरङको उर्लाबारी, पथरी आसपासका क्षेत्रमा विद्युत् आपूर्ति बन्द हुने छ ।

सबस्टेसनमा १३२/३३ केभी, ६३ एमभिएका दुईवटा र ३३/११ केभी, २२.५ एमभिएको एउटा पावर ट्रान्सफर्मर राखिएको छ । सबस्टेसनको कुल क्षमता १४८.५ एमभिए रहेको छ ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठले केरौन सबस्टेसन सञ्चालनमा आएपछि मोरङ जिल्लाको विद्युत् आपूर्ति सुरक्षित, भरपर्दो हुने र प्राविधिक चुहावटसमेत घट्ने बताए ।

अहिले त्यस क्षेत्रमा विद्युत् आपूर्तिका ३३ केभी लाइन धेरै लामो हुँदा प्राविधिक चुहावट बढी रहेको र उपभोक्ताले छिनछिनमा लाइन जाने (ट्रिपिङ)को समस्या भोगिरहेका छन् । प्राधिकरणका कार्यकारी निर्देशक श्रेष्ठले अब ३३ केभी लाइनको लम्बाइ घट्दा हुँदा चुहावट पनि घट्ने साथै भोल्टेजमा सुधार भई विद्युत् आपूर्ति विश्वसनीय र गुणस्तरीय बन्ने बताए ।

हाल उक्त क्षेत्रमा लागि दुहबी–रानी–रंगेली ३३ केभी करिब ५० किलोमिटर लामो लाइनबाट विद्युत् आपूर्ति हुँदै आएको थियो । अब लाइनको लम्बाइ घट्ने हुँदा विद्युत् आपूर्तिमा सुधार हुनेछ ।

सबस्टेसनबाट स्थानीय रुपमा विद्युत् आपूर्तिका लागि ११ केभीका ५ वटा फिडर लाइनहरु निकालिएको छ । त्यस्तै, करौन–रंगेली र केरौन–विराटचोक  ३३ केभी डबल सर्किट लाइन निर्माण गरिएको छ । सबस्टेसन सञ्चालनमा आएपछि उक्त लाइन पनि चार्ज गरिने केरौन सबस्टेसन आयोजना प्रमुख दर्शन राय यादवले बताए ।

आयोजना निर्माणका लागि २०७८ असारमा ठेक्का सम्झौता भएको थियो । अनुमानित लागत करिब एक अर्ब रुपैयाँ रहेको आयोजना नेपाल सरकार तथा विद्युत् प्राधिकरणको लगानी र एसियाली विकास बैंक (एडीबी)को सहुलियतपूर्ण ऋणमा निर्माण गरिएको हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
केरौन सबस्टेसन सञ्चालनमा आयो

केरौन सबस्टेसन सञ्चालनमा आयो

काठमाडौं, (नेस) । मोरङका उत्तर तथा दक्षिण पूर्वी क्षेत्रको विद्युत् आपूर्तिलाई थप भरपर्दो, गुणस्तरीय र सुरक्षित बनाउन कानेपोखरी गाउँपालिका–२ मा निर्माण गरिएको १३२ केभी क्षमताको केरौन सबस्टेसन सञ्च...

#सबस्टेसन #मोरङ #केरौन
Compare →
Onlinekhabar
6d ago
वनसम्बन्धी कानुनको झन्झटमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

वनसम्बन्धी कानुनको झन्झटमा अल्झियो सुर्खेत–दैलेख १३२ केभी प्रशारण लाइनको काम

२१ कात्तिक, सुर्खेत । कर्णाली प्रदेशमा गुणस्तरीय बिजुली पुर्‍याउन थालिएको सुर्खेत–दैलेख १३२ केभी प्रसारण लाइन वन सम्बन्धी कानुनी झन्झटमा अल्झिएको छ । कोहलपुर–सुर्खेत–दैलेख आयोजनाअन्तर्गतको यो खण्ड २०८० मा सम्झौता भई २०८२ मै सकिनुपर्ने थियो। तर रुख …

#१३२ #केभी
Compare →
Bizshala
1d ago
मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

मोरङमा पटका पड्काउँदा पाँच ५ घर जले, एक करोड बढीको क्षतिको अनुमान

काठमाण्डौ । मोरङको सुनवर्षी नगरपालिका–६ झपडतलमा बुधबार साँझ भएको आगलागीबाट घरसहित पाँच संरचना जलेर नष्ट भएका छन् ।...

#मोरङ
Compare →
Arthasansar
1d ago
पोखरा एभेन्जर्स १३२ रनमा समेटियो, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

पोखरा एभेन्जर्स १३२ रनमा समेटियो, सन्दीपको ह्याट्रिकसहित ६ विकेट

विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले शानदार बलिङ गर्दै ह्याट्रिक सहित ६ विकेट लिँदा पोखरा एभेन्जर्स १३२ रनमा अलआउट भएको छ...

#१३२
Compare →
Nagarik News
3d ago
सुनसरी–मोरङको सीमा बुढीखोलामा छठ पर्वको तयारी तीव्र

सुनसरी–मोरङको सीमा बुढीखोलामा छठ पर्वको तयारी तीव्र

इटहरीमा छठ पर्व व्यवस्थित ढंगले ३६ वर्षदेखि मनाउने गरिएको छ । त्यसअघि पनि सामान्य ढंगले छठ पर्व भने मनाउने गरिएको थियो ।

#मोरङ
Compare →

Related Stories

World News
Build #2611