Trending
Prev Story
Next Story

वैदेशिक लगानी - पहिलो तीन महिनामा १६ अर्ब बढीको एफडीआई स्वीकृत

Arthasansar •
October 29, 2026 • 12:35 PM
1
1 reads 0 reactions

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधि (साउन–असोज) मा १६ अर्ब भन्दा बढीको वैदेशिक लगानी स्वीकृत भएको छ ।...

वैदेशिक लगानी  - पहिलो तीन महिनामा १६ अर्ब बढीको एफडीआई स्वीकृत

चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासिक अवधि (साउन–असोज) मा १६ अर्ब भन्दा बढीको वैदेशिक लगानी स्वीकृत भएको छ । पहिलो तीन महिनामा १६ अर्ब २३ करोड रुपैयाँ बराबर प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता स्वीकृत भएको हो ।

उद्योग विभागका अनुसार असोज मसान्तसम्म कुल ४२२ उद्योग दर्ता भएका छन् । जसमा उक्त रकम बराबर लगानी प्रतिबद्धता आएको छ । गत आव २०८२/८३ असोजसम्म ३५ अर्ब १३ करोड बराबर  एफडीआई स्वीकृत भएको छ । यस वर्ष लगानी प्रतिबद्धतामा उल्लेख्य गिरावट आएको छ । उद्योग विभागका अनुसार असोजसम्म अटोमेटिक रुटबाट ४१० र अप्रुभल रुटबाट १२ उद्योग दर्ता हुन आएका छन् । असोजमा मात्र ५ अर्ब १० करोड बराबर एफडीआई स्वीकृत भएको छ । यस महिना कुल ९४ उद्योग दर्ता भएका छन् । जसमध्ये ८८ उद्योग अटोमेटिक रुटबाट दर्ता हुन आएको देखिन्छ ।

असोजसम्म दर्ता भएका उद्योगमध्ये अधिकांश साना प्रकृतिका छन् । असोज मसान्तसम्ममा साना उद्योग ४१७, मझौला २ र ठूला ३ मात्र दर्ता भएको विभागले जनाएको छ । असोजमा आएका सबै उद्योग साना प्रकृतिका थिए । यस वर्ष स्वीकृत लगानीमा संख्यात्मक रूपमा सूचना प्रविधिमूलक उद्योगको बाहुल्य छ । कुल २५२ उद्योग सूचना प्रविधिमूलक उद्योग दर्ता भएका छन् ।

त्यस्तै पर्यटनमूलक उद्योग १ सय ८, सेवामूलक ३३, उत्पादनमूलक २५ र ऊर्जा तथा कृषिमा २÷२ उद्योग दर्ता भएको विभागले जनाएको छ । रकमका हिसाबले सबैभन्दा ठूलो लगानी पर्यटनमा स्वीकृत भएको छ । पर्यटनमा कुल ६ अर्ब ८ करोड लगानी स्वीकृत भएको छ । ऊर्जामा ४ अर्ब र पूर्वाधारमूलक उद्योगमा ३ अर्ब ५७ करोड एफडीआई स्वीकृत भएको छ । उत्पादनमूलक उद्योगमा १ अर्ब ६० करोड र सूचना प्रविधिमूलकमा ९२ करोड ८३ लाख रुपैयाँ बराबर एफडीआई स्वीकृत भएको विभागको तथ्यांक छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
5d ago
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, श्रम गराउनेले बुझ्ने पर्ने कुरा

श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, श्रम गराउनेले बुझ्ने पर्ने कुरा

सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ ।

#स्वीकृत
Compare →
Hamro Patro News
5d ago
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?

श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि स्वीकृत, के पाउँछन् श्रमिकले ?

काठमाडौँ । सरकारले ‘सार्वजनिक खरिदमा आबद्ध श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि, २०८३’ स्वीकृत गरेको छ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले उक्त कार्यविधिले स...

#स्वीकृत
Compare →
Ekantipur
1w ago
लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

लेक लाग्ने समस्याको व्यवस्थापनसम्बन्धी मापदण्ड स्वीकृत

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले उच्च पहाडी तथा हिमाली क्षेत्रमा लेक लाग्ने समस्याको रोकथाम, पहिचान, उपचार तथा व्यवस्थापनलाई व्यवस्थित र प्रभावकारी बनाउन उक्त मापदण्ड स्वीकृत गरेको हो ।

#स्वीकृत
Compare →
Onlinekhabar
1w ago
वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष

वैदेशिक रोजगारीमा ज्यान गुमाएका श्रमिकका परिवारलाई त्रिभुवन विमानस्थलमा विश्राम कक्ष

१८ काक्तिक, काठमाडौं । वैदेशिक रोजगारी त्रममा ज्यान गुमाएका नेपाली श्रमिकका परिवार तथा आफन्तको पर्खाइ सहज बनाउन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आप्रवासी श्रमिक परिवार प्रतीक्षालय तथा विश्राम कक्ष सञ्चालनमा ल्याइएको छ । वैदेशिक रोजगार बोर्डको १८औं स्थापना …

#वैदेशिक
Compare →
Bizshala
1d ago
सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

सामाजिक सुरक्षा कोषमा १ खर्ब ३० अर्ब संकलन, तीन चौथाइ योगदानकर्ता वैदेशिक रोजगारीबाट

काठमाण्डौ । सामाजिक सुरक्षा कोषमा योगदान तथा प्रतिफलसमेत गरी संकलित रकम १ खर्ब ३० अर्ब रुपैयाँनजिक पुगेको छ। गत असोज...

#वैदेशिक
Compare →

Related Stories

Business & Economy
Build #2611