Trending
Prev Story
Next Story

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

Nagarik News •
October 29, 2026 • 08:14 AM
1
1 reads 0 reactions

बरामद गरिएका प्रतिबन्धित आतिशबाजीका सामग्री (पटका) भने स्थानीय भद्रभलाद्मी, नेपाल प्रहरी तथा जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ।

भन्सार छलीको सामानसहित तीन जना पक्राउ

धरानबाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। भन्सार छली गरी ल्याइएको नौ लाख ८२ हजार ५० हजार रुपैयाँ बराबरको किराना तथा खाद्यान्न सामग्रीसहित पक्राउ गरिएको हो।

इटहरीबाट धरानतर्फ आउँदै गरेको को २ ख १६१८ नम्बरको मिनी ट्रक जाँच गर्ने क्रममा भन्सार छली गरी ल्याइएका सामान प्रहरीले फेला पारेको थियो।

इलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी चौकी तीनकुनेबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले जाँच गर्ने क्रममा विराटनगर महानगरपालिका–४ का २५ वर्षीय चालक प्रदीपकुमार साह, जहदा गाउँपालिका–१ का ४२ वर्षीय सहचालक भूपेन्द्र राजवंशी र सोही ठाउँका सहचालक कात्तिक राजवंशीलाई पक्राउ गरिएको हो।

जिल्ला प्रहरी कार्यलय सुनसरीका, सूचना अधिकारी चन्द्रबहादुर खड्काले बरामद गरिएको सामान, मिनी ट्रक र पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा राखिएको बताए।

कपिलवस्तुमा सात लाखभन्दा बढीका अवैध सामान बरामद कपिलवस्तुः सशस्त्र प्रहरी बल नेपालले कपिलवस्तुका विभिन्न सीमा क्षेत्रबाट सात लाख रुपैयाँभन्दा बढी मूल्यका अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नं २८ गण हेडक्वार्टर कपिलवस्तु मातहतका सीमा सुरक्षा गुल्म, बीओपी तथा बेसबाट खटिएको टोलीले सात लाख पाँच हजार ८८० रुपैयाँ बराबरका लत्ताकपडा, मोटर पार्टस, रङ्गोली, किराना सामान तथा आतिशबाजीका सामग्री बरामद गरेको हो।

बरामद गरिएका सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं २८ गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक गोपाल अधिकारीले बताए।

बरामद गरिएका प्रतिबन्धित आतिशबाजीका सामग्री (पटका) भने स्थानीय भद्रभलाद्मी, नेपाल प्रहरी तथा जनप्रतिनिधिको रोहवरमा नष्ट गरिएको छ।

सीमावर्ती क्षेत्रमा अवैध सामानको ओसारपसार नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी तथा गस्तीलाई निरन्तरता दिएको अधिकारीले बताए।

प्रकाशित: १२ कार्तिक २०८३ १३:५९ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
1w ago
भन्सार छलीको माछासहित ट्रक र चालक नियन्त्रणमा

भन्सार छलीको माछासहित ट्रक र चालक नियन्त्रणमा

पर्सा । प्रहरीले भन्सार छली गरी ल्याइएको रु ३२ लाख ११ हजार ३९२ मूल्य बराबरको माछासहित ट्रक र चालकलाई नियन्त्रणमा लिएको छ । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय, वडा प्रहरी कार्यालय श्रीपुर ...

#भन्सार #छली
Compare →
Ekantipur
1w ago
भन्सार छली भित्र्याइएका दुईवटा चारपाङ्ग्रे सवारी बरामद

भन्सार छली भित्र्याइएका दुईवटा चारपाङ्ग्रे सवारी बरामद

पर्साका ग्रामीण तथा बजार क्षेत्रमा अवैध रूपमा चलाइएका सवारीसाधन खोज्ने क्रममा प्रहरीले दुवै गाडी फेला पारेको हो।

#भन्सार #छली
Compare →
Arthasansar
6d ago
तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहार बिदामा पनि भन्सार नाकाका बैंक शाखा खुला रहने

तिहारको सार्वजनिक बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखाहरू खुला रहने भएका छन्। नेपाल राष्ट्र बैंकले भन्सार जाँचपास प्रक्रियालाई...

#भन्सार
Compare →
Onlinekhabar
1w ago
तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने

तिहार बिदामा भन्सार नाकास्थित बैंक शाखा खुल्ने

२० कात्तिक, काठमाडौं । तिहार बिदाका समयमा पनि भन्सार नाकामा रहेका बैंकका शाखा खुला रहने भएका छन् । केन्द्रीय बैंकले भन्सार जाँचपासका लागि बैंकिङ सेवा निरन्तर राख्न निर्देशन दिएको हो । केन्द्रीय बैंकले शुक्रबार सूचना जारी …

#भन्सार
Compare →
Bizshala
1w ago
हवाई क्षेत्रको आयात–निर्यात प्रक्रिया सहज बन्दै, भन्सार र प्राधिकरणबीच सम्झौता

हवाई क्षेत्रको आयात–निर्यात प्रक्रिया सहज बन्दै, भन्सार र प्राधिकरणबीच सम्झौता

काठमाण्डौ । वायुयान तथा तिनका पार्टपुर्जाको आयात–निर्यात प्रक्रियालाई सहज छरितो र डिजिटल बनाउन भन्सार विभाग र नेपाल...

#भन्सार
Compare →

Related Stories

Technology
Build #2611