गौमुखी गाउँपालिका–७, नारीकोटमा आफ्नै घरमा बाल्टिनमा राखिएको पानीमा डुबेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्युठान — प्युठानको गौमुखी गाउँपालिकामा बाल्टिनमा राखिएको पानीमा डुबेर डेढ वर्षीय बालकको मृत्यु भएको छ । गौमुखी गाउँपालिका–७, नारीकोटका शिवलाल थापाका डेढ वर्षीय छोरा कृषको मृत्यु भयको हो । आफ्नै घरमा बाल्टिनमा राखिएको पानीमा डुबेर उनको मृत्यु भएको जिल्ला प्रहरि कार्यालय प्युठानले जनाएको छ ।
बिहीबार बिहान बाल्टिनमा रहेको पानीमा डुबेका बालकलाई उपचारका लागि जिल्ला अस्पताल बिजुवार ल्याइएको थियो । अस्पतालमा चिकित्सकले जाँच गर्दा उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
मृतक बालकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल बिजुवारको शवगृहमा राखिएको छ ।
शमशेरविक्रम जीसी कान्तिपुरका प्यूठान संवाददाता हुन् ।