Trending
Prev Story
Next Story

राहुलको बलिङसामु लड्खडायो काठमान्डु

Ekantipur •
October 29, 2026 • 08:32 AM
1
1 reads 0 reactions

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९.३ ओभरमा अलआउट हुँदा भीम सार्कीले सर्वाधिक ३३ रन बनाए।

राहुलको बलिङसामु लड्खडायो काठमान्डु

टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं गोर्खाज १९.३ ओभरमा अलआउट हुँदा भीम सार्कीले सर्वाधिक ३३ रन बनाए।

काठमाडौँ — तीब्र बलर राहुल यादवले चार विकेट लिएपछि जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग क्रिकेटमा बिहीबार काठमान्डु गोर्खाजलाई १ सय १५ रनमा रोकेको छ । टस जितेर ब्याटिङ रोजेको काठमान्डु १९.३ ओभरमै अलआउट भयो ।

काठमान्डुबाट भीम सार्कीले सर्वाधिक ३३ रन बनाए । उनले २९ बल खेली ४ चौका प्रहार गरे । उनी ललित राजवंशीको बलमा स्टम्प आउट भए ।

काठमान्डुबाट साम हेजलेट १, हरिशंकर ९ र स्मित पटेल १३ रन बनाएर आउट भए । जनकपुरले ट्यालेन्ट हन्टबाट ल्याएका राहुलले काठमाडौंका दुबै ओपनर हेजलेट र पटेललाई आउट गरेका थिए । उनलेपछि लगातार बलमा काठमाडौंका कप्तान करण केसी र मोहम्मद आदिल आलम आउट गरे ।

उनले ४ ओभरमा ३१ रन खर्चेर ४ विकेट लिए । राहुलले उत्कृष्ट रनिङ क्याच लिदैं जहाॅन्दद खानलाई ५ रनमा पेभेलियन फर्काएका थिए । रशिद खानले १४ बल खेली २ चौकासहित १७ रन बनाए । सुमित महर्जन १०, करण ८ रन बनाई आउट भए । सुमित रन आउट भए ।

राहुलबाट जनकपुरबाट सैफ हसनले ४ ओभरमा ११ रन खर्चेर २ तथा कप्तान हरमित सिंह, ललित र मोइन अलीले १–१ विकेट लिए ।

सुयान्शु कोइराल र प्रसिद्ध जैसी नेपालको यू–१९ टोलीको बन्द प्रशिक्षणमा परेपछि गोर्खाजले उनीहरुको स्थानमा सुमित महर्जन र हरिशंकर साहलाई खेलाएको हो ।

व्यक्तिगत कारण जिम्मी निसम नखेलेको कप्तान हरमितले टसका क्रममा बताएका थिए । उनको स्थानमा जनकपुरले बंगलादेशका ओपनर सैफ हैसनलाई प्लेयिङमा खेलाएको थियो । उनी बुधबार मात्र नेपाल आइपुगेका हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
12h ago
एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा

एनपीएल : टस जितेर जनकपुर ब्याटिङमा

काठमाडौं– राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग(एनपीएल) अन्तरगत आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज भिड्दैछन्। कीर्तिपुर मैदानमा जनकपुरले टस जितेर ब्याटिङ रोजेको छ। जनकपु...

#जितेर #ब्याटिङ
Compare →
Arthasansar
12h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#काठमान्डु
Compare →
Onlinekhabar
13h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#काठमान्डु
Compare →
Nagarik News
13h ago
राहुलको खुला चुनौती : मोदी प्रधानमन्त्री नरहने दाबी

राहुलको खुला चुनौती : मोदी प्रधानमन्त्री नरहने दाबी

राहुलले यसअघि पनि मोदीलाई पटकपटक सार्वजनिक बहसका लागि चुनौती दिँदै आएका छन्। सन् २०१९ र २०२४ को लोकसभा चुनावका क्रममा पनि उनले मोदीसँग प्रत्यक्ष बहस गर्नुपर्ने माग गरेका थिए।

#राहुल
Compare →

Related Stories

Sports
Build #2612