Trending
Prev Story
Next Story

‘कबड्डी ५’ को गीत ‘बुझन मलाई’ सार्वजनिक

Nagarik News •
October 29, 2026 • 06:30 AM
1
1 reads 0 reactions

गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा संगीतमा बनेको याे गीतले काजीको कथा र चरित्रलाई सांगीतिक माध्यमबाट प्रस्तुत गरेको छ।

‘कबड्डी ५’ को गीत ‘बुझन मलाई’ सार्वजनिक

सफलताका साथ प्रदर्शन भइरहेको सिनेमा ‘कबड्डी ५’ को अर्को गीत ‘बुझन मलाई’ सार्वजनिक भएको छ। निर्माण टिमले बाँसुरी फिल्म्सको आधिकारिक युट्युब च्यानलमार्फत गीत सार्वजनिक गरेको हो।

‘कबड्डी’ शृङ्खलाका मुख्य पात्र काजी (दयाहाङ राई) को ‘कबड्डी ५’ सम्मको यात्राबाट प्रेरित यस गीतमा उनको चरित्रका भावनात्मक उतारचढाव, अन्तर्विरोध र मानवीय संवेदनालाई समेटिएको छ। बाहिरबाट जिद्दी र अप्रत्याशित स्वभावका देखिने काजीको भित्री मनमा लुकेका भावना र संवेदनालाई गीतले उजागर गरेको छ।

गायक तथा संगीतकार कालीप्रसाद बास्कोटाको शब्द तथा संगीतमा बनेको याे गीतले काजीको कथा र चरित्रलाई सांगीतिक माध्यमबाट प्रस्तुत गरेको छ।

गीतमा गितार तथा अर्गनमा आशिष चित्रकार, ड्रम्समा सरिन बज्राचार्य र बास गितारमा कृष्ण लिम्बूले साथ दिएका छन्। अमूल्य श्रेष्ठले अडियोसक स्टुडियोमा गीतको रेकर्डिङ गरेका हुन् भने बिजु कर्माचार्यले रेकर्ड प्रोड्युसरका रूपमा काम गरेका छन्। गीतको अडियो मिक्सिङ रिकेश गुरुङले गरेका हुन्।

यसअघि सिनेमाको प्रमोसनल गीतको रुपमा सार्वजनिक गरिएको ‘थाक खोला’ दर्शकमाझ चर्चित बनेको छ। यो गीत पनि संगीतकार कालीप्रसाद बास्कोटाको शब्द, संगीत र स्वरमा बनेको हो। लोक / आधुनिक शैलीको यो गीतमा सिनेमाका मुख्य पात्र काजी (दयाहाङ राई) र उनका तीन सोल्टिनी मैयाँ (रिश्मा गुरुङ), मिस शान्ति (मिरुना मगर) र सिर्जना गुरुङबीचको रमाइलो नोकझोक र प्रेमको अल्झिएको सम्बन्धलाई निकै रोचक ढंगले प्रस्तुत गरिएको छ।

थकाली परिवेश र मौलिक नेपाली स्वाद बोकेको यस गीतले सिनेमा प्रदर्शन हुनुअघि नै दर्शकमाझ ठूलो हाइप सिर्जना गर्न सफल भएको थियो।

संगीत जस्तै सिनेमाले पनि हलमा आक्रमक व्यापार गरिरहेको छ। कात्तिक ६ गतेदेखि प्रदर्शन भइरहेको सिनेमाले मंगलबारसम्ममा ७ करोडमाथि व्यापार गरिसकेको निर्देशक रामबाबु गुरुङले दाबी गरेका छन्।

निर्देशक गुरुङकै कथा लेखन र निर्देशनमा बनेको सिनेमाले दर्शक र समीक्षकबाट पनि उत्कृष्ट प्रतिक्रिया पाइरहेको छ। हलमा अधिकांश शो पनि हाउसफूल भइरहेका छन्। दर्शकको बढ्दो आकर्षण र उत्साहजनक व्यापारका कारण सिनेमाले आगामी दिनमा अझै राम्रो कमाइ गर्ने अपेक्षा गरिएको छ।

सिनेमामा दयाहाङ राई, विजय बराल, बुद्धि तामाङ, सिर्जना गुरुङ, विपीन कार्की, रिश्मा गुरुङ, पुस्कर गुरुङ, माओत्से गुरुङ, कमलमणि नेपाल, मिरुना मगर, कविता आले, अरुणा कार्की, शिशिर बाङ्देल, विष्णु मोक्तान, प्रमिला राई, सुरज यादव, रमेश बज्राचार्य, हरि मिजर, पञ्च सुब्बा गुरुङ, घनु जोशी, सुमित्रा पेहिम, अनुप न्यौपाने, मधु मिजार, हेमन्त बुढाथोकी, विक्रम श्रेष्ठ, सरोज अर्याल र शेखर चापागाईंले अभिनय गरेका छन्।

बाँसुरी फिल्म्सको प्रस्तुतिमा बनेको सिनेमाका निर्माता निर्देशक गुरुङसहित मणिराम पोखरेल, मधु मिजार र विशाल गुरुङ हुन्।

प्रकाशित: १२ कार्तिक २०८३ १२:१५ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2w ago
जेनजी आन्दोलनका वार्ता समिति सह–संयोजक अर्जुन शाहीद्वारा पाँच देशभक्तिपूर्ण गीत सार्वजनिक

जेनजी आन्दोलनका वार्ता समिति सह–संयोजक अर्जुन शाहीद्वारा पाँच देशभक्तिपूर्ण गीत सार्वजनिक

काठमाडौं । जेनजी जनआन्दोलन तथा अन्तरिम सरकार निर्माण वार्ता समितिका सह–संयोजक अर्जुन शाहीले राष्ट्रप्रेम, राष्ट्रिय स्वाभिमान, एकता र परिवर्तनको सन्देश बोकेका पाँचवटा देशभक्तिपूर्ण गीत सार्वजनिक ग...

#गीत
Compare →
Onlinekhabar
6d ago
नेपाली फिल्ममा तिहारका गीत, आज पनि उत्तिकै हिट

नेपाली फिल्ममा तिहारका गीत, आज पनि उत्तिकै हिट

तिहारै आयो लौ झिलिमिली सुन हजुर भैलिनी आइन आँगन’ जब तिहार नजिकिन्छ, तब चलचित्र ‘स्वर्ग’ को यो गीत गाउँ, सहरमा गुञ्जिन थाल्छ । तिहार आगमनको छनक दिने यो गीत यसरी घन्किन थालेको पनि २५ वर्ष नाघिसक्यो । आज …

#गीत
Compare →
Ekantipur
1w ago
‘पाँच पाण्डव’को गीतलाई लिएर किन तातिरहेको छ सामाजिक सञ्जाल ?

‘पाँच पाण्डव’को गीतलाई लिएर किन तातिरहेको छ सामाजिक सञ्जाल ?

फिल्म निर्देशक वसन्त निरौलाका अनुसार गीतमा देखाइएको पात्र महाभारतको द्रौपदी होइन । उनी भन्छन्- ‘फिल्म नहेरीकन, ट्रेलर र साना-साना क्लिपका भरमा विवाद निकालेर बहिष्कारको अभियान चलाउनु गलत हो ।'

#गीत
Compare →

Related Stories

Entertainment & Cinema
Build #2612