ग्लोबल आइएमई बैंक लिमिटेडले संस्थापक सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ । बैंकका केही सस्थापक सेयरधनीहरुले आफ्नो नाममा रहेको केही सेयर बिक्रीका लागि निवेदन पेश गरेअनुसार यसअघि विद्यमान संस्थापक सेयरधनीहरूले मात्र खरिद गर्न पाउने गरी सेयर बिक्री ल्याएको थियो । बैंकले तोकेको अवधिभित्र उक्त शेयर बिक्री हुन नसकेपछि सो सेयर अन्य व्यक्ति वा संस्थाका लागि खुला गरेको हो ।
सेयर संख्या र सोको मूल्यबारे जानकारी खुलाएको छैन। सेयर खरिद गर्न इच्छुकले आगामी ३५ दिन भित्र काठमाडौंको कमलादीस्थित बैंकको रजिष्टर्ड कार्यालयमा सम्पर्क गरी निवेदन दिन सक्नेछन्।