Trending
Prev Story
Next Story

मनास्लुको स्याउ गोदाममै थन्कियो

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, गोरखा । बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् । ढुवानीको विकल्प नभएपछि गोदाममै स्याउ थन्क्याउनुपर्ने बाध्यता रहेको व्यवसायी लाक्पा डुन्डुप लामाले गुनासो गरे …

मनास्लुको स्याउ गोदाममै थन्कियो

१२ कात्तिक, गोरखा । बूढीगण्डकी बाढीले पुल र बाटो बगाएपछि उत्तरी गोरखाको मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ गोदाममै थन्किएका छन् । ढुवानीको विकल्प नभएपछि गोदाममै स्याउ थन्क्याउनुपर्ने बाध्यता रहेको व्यवसायी लाक्पा डुन्डुप लामाले गुनासो गरे ।

गत २५ असोसमा चुमनुब्री गाउँपालिका–६ मा हिमपहिरोले उङ्गिलुङ खोला थुनिएपछि आएको बाढीले बूढीगण्डकी नदी किनारमा अवस्थित तल्लो तटीय क्षेत्रका दर्जनौँ पुल तथा सडक बाटो बगाएको छ । जसका कारण आवतजावतमा समस्या भएको हो । बाढीले उत्तरी गोरखाको लाइफलाइनका रुपमा लिइएको बेनिघाट आरुघाट लार्के सडक पनि अवरुद्ध बनेको छ । चुमनुब्री गाउँपालिकाको सिर्दिबासदेखि आरुघाटको आर्खेतसम्म सडक अवरुद्ध बनेको थियो ।

गाउँपालिका र गोरखा सडक आयोजनाको पहलमा अस्थायी रुपमा सडक खुलाउने काम भइरहेको भए पनि स्याउ ढुवानी गर्नसक्ने अवस्था भने नरहेको व्यवसायी लाक्पा डुन्डुप बताउँछन् ।

उनी भन्छन्, ‘गाउँपालिकाले जसोतसो मान्छे हिँड्ने बाटो त बनाएका छन्, तर खच्चड हिँडाउन सकिँदैन । झनै खच्चडमा स्याउ ढुवानी गर्ने त सम्भावना नै छैन ।’

लामाले चुमनुब्री गाउँपालिका–४ नाम्रुङस्थित दुई हजार ६५० मिटर उचाइमा अवस्थित बगैँचामा विभिन्न प्रजातिका स्याउखेती गरेका छन् । इन गोरखा प्रोडक्ट प्रालि नामक उनको स्याउ फर्ममा यस वर्ष एकलाख केजी स्याउ उत्पादन भएको उनी बताउँछन् ।

गाला, गोल्डेन, रेड डिलिसियस, किङ डेलिसियस र फुजी जातका १२ हजार ५०० बोटमा यसवर्ष एकलाख केजी स्याउ उत्पादन भएको लामाको भनाइ छ ।

‘फुजी थेरौ टिप्न बाँकी छ, त्यो बाहेक सबै स्याउ टिपिसक्यौँ । गाला र गोल्डेन डिलिसियस टिपेको एकमहिना भयो । अहिले बिग्रन थालिसके,’ उनले भने, ‘भदौ २१ गते गएको थेराङ खोलाको बाढीले लघु जलविद्युत् आयोजना बगाएर विद्युत् नहुँदा ड्रायर पनि चलेको छैन । त्यसैले स्याउको सुकुटी पनि बनाउन पाइएन ।’

यस वर्ष स्याउको उत्पादन राम्रो भए तापनि ढुवानीको समस्याका कारण लाखौँ किलो स्याउ खेरजाने अवस्था रहेको उनले गुनासो गरे ।

मनास्लु क्षेत्रमा उत्पादन भएका स्याउ ढुवानीको समस्या हरेक वर्षको हो । तर, यो वर्ष बाढीले ढुवानीको समस्यालाई थप चर्को बनाएको छ । नाम्रुङ र आसपासका क्षेत्रमा उत्पादन भएका स्याउ खच्चडमार्फत बजारसम्म पुर्‍याउन करिब एकहप्ता लाग्छ । यसोगर्दा २० देखि २५ प्रतिशत स्याउ खेरजाने हुन्छ । साँघुरो बाटामा स्याउ ठोक्किने र घामले ओइल्याउने हुँदा स्याउ धेरै स्याउ खेरजाने समस्या रहेको किसान बताउँछन् ।

हेलिमार्फत ढुवानी गर्दा स्याउको मूल्य बढ्न जाने र बिक्री नहुने समस्या आउने किसानहरू बताउँछन् ।

‘आधा, आधी स्याउ खेर गए पनि खच्चडमार्फत नै ढुवानी गर्नुहुन्थ्यो । बाढीले पुल, बाटो सबै बिगारेपछि अहिले त्यो विकल्प पनि रहेन । हामी साह्रै मर्कामा छौँ,’ व्यवसायी लाक्पा डुन्डुपले भने ।

सडक सञ्जाल नपुगेको यस क्षेत्रमा स्याउलगायत अन्य कृषिजन्य उत्पादन ढुवानी गर्नु कुनै कहर काट्नुभन्दा कम छैन । बाढीले ढुवानी करिब असम्भव जस्तो बनेपछि किसान घाममा सुकाएको भरमा स्याउको सुकुटी र मदिराजन्य पदार्थ बनाउनमा लागेका छन् । धेरै उत्पादन हुनेहरुको भने केही सुकुटी र रक्सी बनाउने र धेरै कुहाउने बाहेक अरू उपाय छैन ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Hamro Patro News
1w ago
मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो

१८ कात्तिक, गोरखा । उत्तरी गोरखाको मनास्लु क्षेत्रमा निरन्तर सुक्खा पहिरो झरिरहेको छ । चुमनुब्री गाउँपालिका–५ क्य्राकमा मङ्गलबार बिहानदेखि अहिलेसम्म सुक्खा पहिरो झरिरहेको वडाध्यक्ष काल्देन छेवाङ ल...

#गोरखा #मनास्लु
Compare →
Nagarik News
5d ago
स्याउले बदलिदियो फुङ्ग्रको दैनिकी: न बजारको चिन्ता, न भारी बोक्ने झन्झट

स्याउले बदलिदियो फुङ्ग्रको दैनिकी: न बजारको चिन्ता, न भारी बोक्ने झन्झट

कुनै समय गाउँमा फलेको स्याउ बजार पुर्‍याउन किसानले दिनभर भारी बोकेर हिँड्नुपर्थ्यो। तर अहिले जुम्लाको सिंजा गाउँपालिका–५ फुङ्ग्रका किसानको घरआँगनमै व्यापारीहरू ट्रक लिएर पुग्छन्। स्याउले यहाँको भूगोलसँगै किसानको जीवनस्तर र गाउँको अर्थतन्त्र नै कायापलट गरिदिएको छ।

#स्याउ
Compare →

Related Stories

Business & Economy
Build #2612