Trending
Prev Story
Next Story

युवा पलायनले मुलुकलाई उन्नतितर्फ नभइ अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा

Nagarik News •
October 29, 2026 • 02:03 AM
1
1 reads 0 reactions

उनले रोजगारी, अध्ययन तथा अन्य कारणले विदेशमा रहेका नेपाली नागरिकलाई देशबाट टाढिएको रूपमा मात्र हेर्न नहुने धारणा व्यक्त गरेका छन्।

युवा पलायनले मुलुकलाई उन्नतितर्फ नभइ अवनतितर्फ लैजान्छ : मुख्यमन्त्री थापा

बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले युवा पलायनले मुलुकलाई उन्नतितर्फ नभई अवनतितर्फ लैजाने बताएका छन्। उनले विदेशमा रहेका नेपालीको सीप, जागर र पसिनालाई देशको विकासमा उपयोग गर्नुपर्नेमा जोड दिएका छन्।

मुख्यमन्त्री थापा मगरले नेपाली नागरिक विश्वको जुनसुकै कुनामा रहे पनि उनीहरूको प्रतिष्ठा राष्ट्रको प्रतिष्ठासँग जोडिने उल्लेख गर्दै स्थायी वा अस्थायी रूपमा विदेशमा बस्दैमा देशसँगको सम्बन्ध नटुट्ने बताएका हुन्। ‘नेपाली विश्वमा जहाँ रहे पनि नेपालीमूलको भन्ने नै हुन्छ, त्यसैले राष्ट्रको प्रतिष्ठासँग नेपालीको प्रतिष्ठा पनि सँगै जोडिएको हुन्छ,’ उनले भनेका छन्।

उनले रोजगारी, अध्ययन तथा अन्य कारणले विदेशमा रहेका नेपाली नागरिकलाई देशबाट टाढिएको रूपमा मात्र हेर्न नहुने धारणा व्यक्त गरेका छन्। विदेशमा रहेका नेपालीको ज्ञान, सीप र अनुभवलाई राष्ट्रिय विकाससँग जोड्न सके मुलुकले लाभ लिन सक्ने उनको भनाइ छ। ‘मुलुक स्थायी वा अस्थायी रूपले छोड्दैमा देशसँगको सम्बन्ध तोडिन सक्दैन र तोडिएको पनि हुँदैन,’ मुख्यमन्त्री थापा मगरले भनेका छन्।

उनले विदेशमा रहेका नेपालीको सीप, जागर र पसिनाको सदुपयोग गर्ने नीति तथा वातावरण निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका छन्। विदेशमा आर्जन गरेको ज्ञान, प्रविधि, पुँजी र अनुभवलाई स्वदेशको विकासमा परिचालन गर्न सके देशको समृद्धिमा योगदान पुग्ने उनको धारणा छ।

युवा जनशक्ति विदेशिने क्रम बढ्दा मुलुकको उत्पादन, विकास र समृद्धिमा असर पर्न सक्ने भन्दै मुख्यमन्त्री थापा मगरले युवालाई स्वदेशमै सम्भावना र अवसर उपलब्ध गराउनुपर्ने सन्देश दिएका छन्। ‘अब विदेशमा रहेका नेपालीहरूको सीप, जाँगर र पसिनाको प्रयोग हाम्रो देशले गर्न सक्नुपर्छ, युवा पलायनले देशलाई उन्नतितर्फ होइन, अवनतितर्फ मात्र लैजान्छ,’ उनले भनेका छन्।

प्रकाशित: १२ कार्तिक २०८३ ०७:४८ बिहीबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1d ago
मुख्यमन्त्री थापाद्वारा घ्याम्पेडाँडा–रानीकोटगढी सडकको निरीक्षण

मुख्यमन्त्री थापाद्वारा घ्याम्पेडाँडा–रानीकोटगढी सडकको निरीक्षण

भक्तपुर– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले भक्तपुरको घ्याम्पेडाँडा हुँदै रानीकोटगढी जाने सडकको स्थलगत निरीक्षण गरेका छन्।सूर्यविनायक नगरपालिका–८ स्थित उक्त सडकमा हिजो परेको वर्षाका कारण ...

#मुख्यमन्त्री #थापा
Compare →
Ekantipur
1d ago
मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित

मधेश प्रदेशसभाको बैठक शनिबार, मुख्यमन्त्रीलाई विश्वासको मत अनिश्चित

एमाले र नेकपाले सरकारबाट बाहिरिँदै समर्थनसमेत फिर्ता लिएपछि मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत लिन लागेका हुन् ।

#मुख्यमन्त्री
Compare →
Arthasansar
2d ago
मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेशका मुख्यमन्त्री यादवले २८ गते विश्वासको मत लिने

मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले आगामी २८ गते प्रदेशसभाबाट विश्वासको मत लिने भएका छन् । तीनदलीय गठबन्धनको सरकारबाट नेकपा एमाले...

#मुख्यमन्त्री
Compare →

Related Stories

Politics & Governance
Build #2611