Trending
Prev Story
Next Story

स्पेनमा रेल दुर्घटना : मृतकको संख्या ६८ पुग्यो

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् । दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने …

स्पेनमा रेल दुर्घटना : मृतकको संख्या ६८ पुग्यो

१२ कात्तिक, काठमाडौं । स्पेनको मध्य क्षेत्रमा पर्ने टोलेडो प्रान्तमा तीव्र गतिका दुई रेल आपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ । दुर्घटनामा ८० जना घाइते भएका छन् ।

दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको छ ।

म्याड्रिड–सेभिया उच्च गतिको रेलमार्गमा पर्ने उर्दा क्षेत्र नजिक स्थानीय समय अनुसार बुधबार बिहान करिब ८:५४ बजे दुर्घटना भएको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन ।

स्पेनका रेल कम्पनी रेन्फे र इरियोले सञ्चालन गरेका रेल दुर्घटनामा परेका हुन् । रेन्फेका अनुसार उर्दा स्टेसन नजिक भएको ठक्करपछि इरियो रेलका पछाडिका दुई डिब्बा लिकबाट बाहिरिएका थिए ।

स्थानीय सञ्चारमाध्यमले सार्वजनिक गरेका दृश्यमा रेलमार्ग र नजिकैको भिरालो क्षेत्रमा रेलका टुक्रा छरिएको देखिएको छ । उद्धारकर्मीले दुर्घटनास्थलमा उद्धार कार्य गरिरहेका थिए भने केही यात्रु आफ्ना सामान बोकेर घटनास्थलबाट बाहिरिँदै गरेका देखिएका थिए ।

दुर्घटनापछि स्पेनको सिभिल गार्डले थप सुरक्षाकर्मी परिचालन गरेको थियो । ट्राफिक प्रहरी, हवाई निगरानी टोली, ड्रोन सञ्चालक र ठूला विपद्को अनुसन्धानमा विशेषज्ञता हासिल गरेका फरेन्सिक अनुसन्धानकर्तासमेत परिचालन गरिएको थियो ।

कास्टिला–ला मान्चा क्षेत्रका नागरिक सुरक्षा टोलीसँग समन्वय गरेर घाइतेको उद्धार, उपचार तथा राहत व्यवस्थापनको काम भएको अधिकारीहरुले जनाएका छन् ।

रेल पूर्वाधार व्यवस्थापन निकायले दुर्घटनापछि म्याड्रिड र आन्दालुसियाबीच दुवैतर्फ सञ्चालन हुने उच्च गतिको रेल सेवा स्थगित गरिएको जनाएको छ ।

प्रधानमन्त्री पेद्रो सान्चेज र स्वास्थ्यमन्त्री मोनिका गार्सियाले दुर्घटनाप्रति दु:ख व्यक्त गर्दै मृतकका परिवारप्रति समवेदना प्रकट गरेका छन् । साथै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

उनले उद्धार तथा आपत्कालीन सेवाका टोली प्रभावितको उद्धार र सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग समन्वय गरेर घटनास्थलमा खटिएको पनि उल्लेख गरेका छन् ।

युरोपेली आयोगकी अध्यक्ष उर्सुला भोन डेर लेयेन र फ्रान्सका राष्ट्रपति इम्यानुएल म्याक्रोंले पनि घटनाप्रति दु:ख व्यक्त गर्दै पीडितसँग ऐक्यबद्धता व्यक्त गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

महँगो घरभाडाविरुद्ध स्पेनमा आमहडताल, म्याड्रिड र बार्सिलोनामा प्रहरीसँग झडप

काठमाण्डौ । घरभाडा, आवासको मूल्य र जीवनयापनको खर्च बढ्दै गएपछि स्पेनमा बुधबार देशव्यापी आमहडताल तथा प्रदर्शन भएको छ।...

#स्पेन #म्याड्रिड
Compare →
Ekantipur
10h ago
भीमफेदी दुर्घटनाका १३ मृतकको आजै सामूहिक अन्त्येष्टि गरिने

भीमफेदी दुर्घटनाका १३ मृतकको आजै सामूहिक अन्त्येष्टि गरिने

पीडित पक्ष र सरकारले गठन गरेको दुर्घटना छानबिन समितिबीच सहमति भएपछि पोस्टमार्टम र शव बुझाउने प्रक्रिया अघि बढेको हो।

#दुर्घटना #मृतक
Compare →
Hamro Patro News
10h ago
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको जनही एक लाख राहत

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई मधेश सरकारको जनही एक लाख राहत

काठमाडौं– मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही एक लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को आज बसेको ब...

#दुर्घटना #मृतक
Compare →
Nagarik News
1d ago
भीमफेदी दुर्घटना अपडेट: मृतक सबै १४ जनाको पहिचान खुल्यो, एकै परिवारका ६ जनाको मृ'त्यु

भीमफेदी दुर्घटना अपडेट: मृतक सबै १४ जनाको पहिचान खुल्यो, एकै परिवारका ६ जनाको मृ'त्यु

दुर्घटनामा एकै परिवारका ६ जनासहित १४ जनाले ज्यान गुमाएका छन्। मृत्यु हुनेमा आठ महिनाकी गर्भवती महिलासमेत रहेकी छन्।

#दुर्घटना #मृतक
Compare →

Related Stories

Technology
Build #2612