Trending
Prev Story
Next Story

कांग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथग्रहण आज

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह …

कांग्रेस केन्द्रीय सदस्य र पदाधिकारीको शपथग्रहण आज

१२ कात्तिक, काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण आज हुँदैछ ।

केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम साता सम्पन्न १५औं महाधिवेशनबाट निर्वाचित सभापतिबाहेकका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार गर्न लागेको हो ।

सभापति गगन कुमार थापाले भने दशैंको फूलपातीका दिन अर्थात् असोज ३१ गते शपथ ग्रहण र पदबहाली गरेका थिए ।

निर्वाचन समितिका सदस्य सचिव राजु कटुवालका अनुसार आज कात्तिक १२ गते दिउँसो २ बजे कांग्रेसका केन्द्रीय सदस्य र पदाधिकारीहरुको शपथ ग्रहण हुनेछ । शपथ ग्रहण समारोह पार्टी केन्द्री कार्यालय सानेपामा हुनेछ ।

निर्वाचन समितिले गत सोमबार नै सूचना प्रकाशित गरेर १५ औं महाधिवेशनबाट निर्वाचन पदाधिकारी र केन्द्रीय सदस्यहरूलाई शपथ ग्रहण समारोह उपस्थित हुन भनेको थियो ।

१८–२३ असोजमा सम्पन्न कांग्रेसको १५ औं महाधिवेशनबाट गगन थापा नेतृत्वमा २३१ सदस्यीय केन्द्रीय कार्यसमिति चयन भएको थियो । विधानमा २९७ सदस्यीय केन्द्रीय कार्यसमितिको व्यवस्था भए पनि ६६ जना सभापतिले मनोनीत गर्ने व्यवस्था विधानमा छ ।

आजै बस्ने केन्द्रीय समितिको बैठकबाट बाँकी सदस्य मनोनीत गर्ने तयारी छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Nagarik News
17h ago
मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

मधेशका मुद्दा कांग्रेसको केन्द्रीय योजना बन्नुपर्छ : महामन्त्री पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले मधेशका स्थानीय आवश्यकता र समस्यालाई पहिचान गरी तयार पारिएका एजेन्डालाई पार्टीको केन्द्रीय योजना बनाउनुपर्ने बताएका छन्।

#केन्द्रीय #कांग्रेस
Compare →
Hamro Patro News
5d ago
‘बालेन सरकार फेसबुकमा छ, विकास निर्माणका काममा छैन’ : कांग्रेस नेता पोखरेल

‘बालेन सरकार फेसबुकमा छ, विकास निर्माणका काममा छैन’ : कांग्रेस नेता पोखरेल

काठमाडौँ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य लेखनाथ पोखरेलले प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकार सामाजिक सञ्जालमा मात्र सीमित रहेको तर काम र नीति निर्माणमा शून्य देखिएको आरोप लगाएका छन् । रिपो...

#केन्द्रीय #कांग्रेस
Compare →
Ekantipur
15h ago
भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

भीमफेदी दुर्घटनामा मृतकका परिवारलाई उचित राहत र घाइतेको निःशुल्क उपचार गर्न कांग्रेसको माग

पछिल्लो समय देशभर सडक दुर्घटनाका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय भन्दै कांग्रेसले सरकारले तत्काल उच्चस्तरीय कार्यदल गठन गरी यस्ता दुर्घटनाका कारणको गहन अध्ययन गर्न पनि आग्रह गरेको छ ।

#कांग्रेस
Compare →

Related Stories

Politics & Governance
Build #2612