जेरुसेलम । इजरायलमा सम्पन्न संसदीय निर्वाचनपछि सरकार गठन गर्ने विषयमा अरब नेतृत्वका राजनीतिक दलहरूको गठबन्धनले वार्ता गरेको छ । प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरोधी समूहसँग वार्ता गरिरहेको वरिष्ठ अरब सांसद अहमद तिबीले बुधबार बताएका छन् ।
इजरायलमा अरब समुदायको प्रतिनिधित्व गर्ने ताल बालाद र हदाश दलहरू सम्मिलित गठबन्धन ‘जोइन्ट लिस्ट’ ले नेतान्याहूलाई सत्ताबाट हटाउन विपक्षी गठबन्धनलाई सहयोग गर्ने सम्भावना रहेको तिबीले जनाए ।
Read full story at source ( baahrakhari.com )