Trending
Prev Story
Next Story

लिड्ससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

Nagarik News •
October 19, 2026 • 01:22 AM
2
2 reads 0 reactions

टोलीको प्रदर्शनमा केही सुधार देखिए पनि प्रशिक्षक माइकल क्यारिकमाथिको दबाब कम गर्न यो नतिजा पर्याप्त भएन।

लिड्ससँग बराबरीमा रोकियो म्यानचेस्टर युनाइटेड

म्यानचेस्टर युनाइटेडले आइतबार लिड्स युनाइटेडसँग १–१ गोलको बराबरी खेल्दै निराशाजनक नतिजासहित अर्को कठिन साता टुंग्याएको छ।

टोलीको प्रदर्शनमा केही सुधार देखिए पनि प्रशिक्षक माइकल क्यारिकमाथिको दबाब कम गर्न यो नतिजा पर्याप्त भएन।

सबै प्रतियोगितामा पछिल्ला नौ खेलमध्ये दुई खेलमा मात्र जित निकालेको युनाइटेड लिड्सको घरेलु मैदानमा जितको खोजीमा उत्रिएको थियो। तर, खेलमा अग्रता लिए पनि त्यसलाई कायम राख्न नसक्दा टोलीले अंक बाँड्नुपर्‍यो।

दोस्रो हाफमा लिड्सले आक्रामक खेल प्रस्तुत गर्दै खेलमा फर्कने संकेत देखायो। ५१औँ मिनेटमा डोमिनिक क्याल्भर्ट–लेविनले उत्कृष्ट फिनिसिङ गर्दै गोल गरेपछि घरेलु टोलीले बराबरी गर्‍यो। कर्नरबाट आएको बलमा तारिक मुहारेमोभिचको हेडरलाई क्याल्भर्ट–लेविनले सदुपयोग गरेका थिए।

त्यसपछि लिड्सले खेलमा दबाब बढायो भने युनाइटेड प्रतिआक्रमणमा निर्भर देखियो। क्यारिकले जित निकाल्ने प्रयासमा मेसन माउन्ट र म्याथ्युस कुन्हालाई मैदानमा उतारे पनि दुवै टोलीले निर्णायक गोल गर्न सकेनन्।

यस बराबरीपछि म्यानचेस्टर युनाइटेड सात खेलबाट एक जित मात्र निकाल्दै तालिकाको १३औँ स्थानमा रहेको छ भने लिड्स सातौँ स्थानमा छ।

ब्राइटनको पाँच गोल, क्रिस्टल प्यालेस स्तब्ध

आइतबारकै अर्को खेलमा ब्राइटनले क्रिस्टल प्यालेसलाई ५–० गोलले पराजित गर्दै प्रभावशाली जित दर्ता गर्‍यो। यस जितसँगै ब्राइटनले प्रिमियर लिगको तालिकामा दोस्रो स्थानमा उक्लिने अवसर पायो।

ब्राइटनले खेलको सुरुवातदेखि नै आक्रामक प्रदर्शन गर्‍यो। प्यालेसका डिफेन्डर जेयडी क्यानभोटको आत्मघाती गोलपछि ब्राइटनले अग्रता लिएको थियो।

त्यसपछि डिएगो गोमेजले मैदानको मध्यभागबाट गरेको सनसनीपूर्ण प्रहार र यासिन अयारीको गोलले घरेलु टोलीलाई पहिलो हाफमै बलियो अवस्थामा पुर्‍यायो।

दोस्रो हाफमा चारलाम्पोस कोस्टौलास र वैकल्पिक खेलाडी ज्याक हिन्सेलवुडले थप गोल गरेपछि ब्राइटनले फराकिलो जित सुनिश्चित गर्‍यो।

यसैबीच, शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीलाई पछ्याइरहेको आर्सनलले आइतबार नटिङ्घम फरेस्टसँग प्रतिस्पर्धा गर्ने तालिका थियो। लिगमा लगातार सात खेल जितेको सिटीलाई चुनौती दिन आर्सनलका लागि जित महत्त्वपूर्ण बनेको छ।

आइतबारको अर्को खेलमा बोर्नमाउथले १० खेलाडीमा सीमित सन्डरल्यान्डलाई २–० गोलले पराजित गर्दै यस सिजनको पहिलो लिग जित हात पार्‍यो।

बोर्नमाउथका लागि मार्कस टाभर्नियर र इभानिल्सनले गोल गरे। यस जितले टोलीलाई अंक तालिकामा सुधार गर्ने अवसर दिएको छ।

प्रकाशित: २ कार्तिक २०८३ ०७:०७ सोमबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
म्यानचेस्टर युनाइटेडको संकटमा आशाको किरण बने १९ वर्षीय सिया लेसी

म्यानचेस्टर युनाइटेडको संकटमा आशाको किरण बने १९ वर्षीय सिया लेसी

काठमाडौँ । म्यानचेस्टर युनाइटेड अहिले कठिन समयबाट गुज्रिरहेको छ । मैदानमा निरन्तर कमजोर प्रदर्शन, समर्थकको बढ्दो असन्तुष्टि र क्लबको व्यवस्थापनमाथि प्रश्न उठिरहेका बेला एउटा युवा खेलाडीले भने समर्थ...

#युनाइटेड #म्यानचेस्टर #प्रदर्शन
Compare →
Arthasansar
1d ago
म्यानचेस्टर युनाइटेडबाट माइकल क्यारिक बाहिरिए

म्यानचेस्टर युनाइटेडबाट माइकल क्यारिक बाहिरिए

इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले मुख्य प्रशिक्षक माइकल क्यारिकसँगको सम्बन्ध अन्त्य गरेको छ। क्लबले बिहीबार क्यारिकले पुरुष पहिलो टोलीको मुख्य प्रशिक्षक...

#युनाइटेड #म्यानचेस्टर
Compare →
Ekantipur
4d ago
युनाइटेड रेलिगेसन क्षेत्रमै

युनाइटेड रेलिगेसन क्षेत्रमै

युनाइटेड दुईपटक दुई गोलले पछाडि परे पनि इन्ज्युरी समयमा जोसुआ जिरकिज र प्याट्रिक डोरगुले गोल गर्दै टोलीलाई अंक दिलाए।

#युनाइटेड
Compare →

Related Stories

National (Nepal)
Build #2612