Trending
Prev Story
Next Story

वीरगन्ज भन्सारले भेटायो असोजको लक्ष्य, २६ अर्ब ७२ करोड राजस्व संकलन

Ekantipur •
October 19, 2026 • 12:51 PM
2
2 reads 0 reactions

चाडपर्वलक्षित नयाँ गाडी तथा मदिराको आयात बढ्दा त्यसको सिधा सकारात्मक प्रभाव भन्सारको राजस्व खातामा देखिएको हो ।

वीरगन्ज भन्सारले भेटायो असोजको लक्ष्य, २६ अर्ब ७२ करोड राजस्व संकलन

चाडपर्वलक्षित नयाँ गाडी तथा मदिराको आयात बढ्दा त्यसको सिधा सकारात्मक प्रभाव भन्सारको राजस्व खातामा देखिएको हो ।

काठमाडौँ — देशकै प्रमुख व्यापारिक नाकामा रहेको वीरगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको असोज महिनाका लागि निर्धारण गरिएको राजस्व संकलनको लक्ष्य हासिल गरेको छ ।

वीरगन्ज भन्सार कार्यालयको तथ्यांकअनुसार असोज महिनाका लागि २६ अर्ब ४६ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखिएकोमा २६ अर्ब ७२ करोड ५८ लाख रुपैयाँ राजस्व संकलन भएको छ ।

प्रमुख भन्सार प्रशासक कृष्णप्रसाद मैनालीले यो महिनाको कुल लक्ष्यको १०१ प्रतिशत प्रगति हासिल भएको जानकारी दिए । नेपालीहरूको महान् चाडपर्व (दसैँ, तिहार तथा छठ) का समयमा बजारमा वस्तुको माग बढेसँगै आयातमा भएको वृद्धि र भन्सार जाँचपासमा गरिएको विशेष सहजीकरणका कारण राजस्व संकलनमा सकारात्मक सुधार देखिएको उनको भनाइ छ ।

चालु आर्थिक वर्षका लागि भन्सार विभागले देशभरका भन्सार कार्यालयहरूबाट कुल ६ खर्ब २८ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । यसमध्ये वीरगन्ज भन्सार कार्यालयलाई वार्षिक २ खर्ब ९४ अर्ब रुपैयाँ राजस्व संकलनको जिम्मेवारी दिइएको छ । जुन भन्सार विभागको कुल देशव्यापी लक्ष्यको ४६ दशमलव ८२ प्रतिशत हुन आउँछ ।

चालु आर्थिक वर्षको असोज महिनासम्म आइपुग्दा वीरगन्ज भन्सारले आफ्नो लक्ष्यअनुसार राजस्व संकलन गर्दै गएको छ । भन्सार विभागको देशव्यापी कुल वार्षिक लक्ष्यमा वीरगन्ज भन्सारले असोज मसान्तसम्ममा मात्रै ११ दशमलव ०१ प्रतिशत योगदान पुर्‍याइसकेको छ ।

वीरगन्ज भन्सारको राजस्व असुलीमा सधैँझैँ केही निश्चित वस्तुको आयातले मुख्य भूमिका खेलेको छ । भन्सार कार्यालयका अनुसार यस नाकाबाट हुने राजस्व संकलनमा सबैभन्दा बढी योगदान पुर्‍याउने वस्तुहरूमा इन्धन, नयाँ सवारीसाधन, फलाम तथा फलामजन्य सामग्री, मदिरा र औद्योगिक कच्चा पदार्थ रहेका छन् ।

चाडपर्वलक्षित नयाँ गाडी तथा मदिराको आयात बढ्दा त्यसको सीधा सकारात्मक प्रभाव भन्सारको राजस्व खातामा देखिएको हो ।

शंकर आचार्य कान्तिपुरका पर्सा संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 2 other independent news outlets reported on this story.

2 Publications
Nagarik News
2d ago
पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

पोखरामा लक्ष्यभन्दा बढी राजस्व संकलन

चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले एक अर्ब ५१ करोड २७ लाख ७६ हजार रुपैयाँ राजस्व जम्मा गर्ने लक्ष्य थियो ।

#राजस्व #असोज #लक्ष्य
Compare →
Hamro Patro News
2d ago
पोखरामा राजस्व संकलन लक्ष्यभन्दा १३ प्रतिशत बढी,असोजसम्म उठ्यो एक अर्ब ७१ करोड

पोखरामा राजस्व संकलन लक्ष्यभन्दा १३ प्रतिशत बढी,असोजसम्म उठ्यो एक अर्ब ७१ करोड

पोखरा- आन्तरिक राजस्व कार्यालय पोखरामा लक्ष्यभन्दा १३ प्रतिशत बढी रकम संकलन भएको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्म कार्यालयले रु एक अर्ब ५१ करोड २७ लाख ७६ हजार राजस्व जम्मा गर्ने लक्ष्य थियो। ...

#राजस्व #असोज #लक्ष्य
Compare →

Related Stories

Business & Economy
Build #2612