Trending
Prev Story
Next Story

मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । अछाम सदरमुकाम मङ्गलसेनसँग ग्रामीण क्षेत्र जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ । विसं २०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडकखण्डको काम …

मङ्गलसेन–ग्रामीण सडकको ठेक्का तोडियो

११ कात्तिक, काठमाडौं । अछाम सदरमुकाम मङ्गलसेनसँग ग्रामीण क्षेत्र जोड्ने निर्वाचन क्षेत्र रणनीतिक सडक खण्डको काम समयमा नसक्ने ठेकेदारको ठेक्का तोडिएको छ ।

विसं २०७९ वैशाख १६ गते ठेक्का सम्झौता भई काम सुरु गरिएको सडकखण्डको काम २०८२ वैशाख १६ गतेसम्म सम्पन्न गर्नुपर्ने समयसीमा तोकिएको थियो ।

सडकखण्डको काम सम्पन्न गर्न २०८३ वैशाख १६ सम्म म्याद थप गरिए पनि काम सम्पन्न हुन नसकेपछि ठेक्का तोडिएको पूर्वाधार विकास मन्त्रालयले प्रेस नोटमार्फत जनाएको छ । ठेक्का तोड्दासम्म भौतिक प्रगति १९ दशमलव ८३ प्रतिशत मात्रै पुगेको छ ।

निर्माण व्यवसायीलाई पटक–पटक काम अघि बढाउन ताकेता गर्दासमेत सडक कटान तथा संरचना निर्माणको कामले अपेक्षित गति लिन नसकेपछि पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सडक डिभिजन कार्यालय साँफेबगरले ठेक्का तोड्ने निर्णय गरेको जनाइएको छ ।

कूल १० किलोमिटर लम्बाइको यस सडक निर्माणका लागि रु ३९ करोड ९९ लाख २९ हजार लागत अनुमान रहेको थियो । ठेक्का तोडिएसँगै सडक डिभिजन कार्यालयले निर्माण व्यवसायीबाट रु ३८ करोड २३ लाख ९६ हजार ४९३ दाखिला गर्न पत्राचार गरेको छ ।

यससँगै सडक डिभिजनमार्फत लामो समयसम्म सडक तथा पुल निर्माणको काम नगर्ने छ वटा रुग्ण ठेक्का अन्त्य गरिएको छ । २०७६ देखि काम अलपत्र परेका योजनाको ठेक्का तोडिएको हो । तोडिएका ठेक्काहरूमा साँफे–मार्तडी सडकको मर्मत, चौखुट्टे क्षेत्रमा सडक मर्मत र नाली निर्माण, बाजुराको कोल्टी–कवाडी–बिच्छ्याँसैन सडक, मङ्गलसेन–सुवाखाँद–खेतगैरे–जुलिमारे–ढकारी सडक रहेका छन् । रासस

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Bizshala
1d ago
मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

मन्त्री निवासदेखि ग्रामीण सडकसम्मका आठ आयोजनाको ठेक्का तोड्ने तयारी

काठमाण्डौ । वर्षौँदेखि निर्माण अघि नबढेका तथा कामको प्रगति सन्तोषजनक नभएका आठ आयोजनाको ठेक्का अन्त्य गर्ने प्रक्रिया...

#ठेक्का #ग्रामीण
Compare →
Nagarik News
2w ago
तोडियो केचना-कञ्चनजंघा सडकको ठेक्का

तोडियो केचना-कञ्चनजंघा सडकको ठेक्का

मेची करिडोरका रूपमा चिनिने केचना–कञ्चनजंघा सडक (इलाम–झापा फास्ट ट्र्याक)को बेलासे–राकसे–गोलाखर्क खण्डको ठेक्का तोडिएको छ।

#ठेक्का #सडकको #तोडियो
Compare →
Hamro Patro News
2w ago
अलपत्र मुडे–कालापानी सडकको ठेक्का तोड्ने तयारी

अलपत्र मुडे–कालापानी सडकको ठेक्का तोड्ने तयारी

चरीकोट, कात्तिक १३ गते । दोलखाको प्रसिद्ध पर्यटकीयस्थल शैलुङ जोड्ने मुडे–बाघखोर–कालापानी सडक निर्माणमा चरम ढिलासुस्ती र लापर्बाही भएपछि पूर्वाधार विकास कार्यालय दोलखाले ठेक्का तोड्ने तयारी गरेको छ ...

#ठेक्का #सडकको
Compare →
Ekantipur
1w ago
खानेपानी, भवन र सडकका अलपत्र ठेक्का तोडिने

खानेपानी, भवन र सडकका अलपत्र ठेक्का तोडिने

पूर्वाधार विकास मन्त्रालय मातहत रहेका सडक विभागतर्फ १ सय ६०, सहरी विकास तथा भवन विभागतर्फ ८ र खानेपानी तथा ढल व्यवस्थापन विभागतर्फ ७ वटा ठेक्का रुग्ण छन् ।

#ठेक्का
Compare →

Related Stories

Politics & Governance
Build #2612