Trending
Prev Story
Next Story

सँगै मदिरा पिए, विवाद बढेपछि साथीकै हत्या

Nagarik News •
October 28, 2026 • 03:12 PM
1
1 reads 0 reactions

सँगै मदिरा पिएर फर्किने क्रममा सुरु भएको विवादले उग्र रूप लिएपछि माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसका २२ वर्षीय राजेन्द्र पौडेलको हत्या भएको प्रहरीले जनाएको छ।

सँगै मदिरा पिए, विवाद बढेपछि साथीकै हत्या

कास्कीको माछापुच्छ्रे गाउँपालिकामा पाँच जना मिलेर आफ्नै साथीको हत्या गरेको खुलेको छ। सँगै मदिरा पिएर फर्किने क्रममा सुरु भएको विवादले उग्र रूप लिएपछि माछापुच्छ्रे गाउँपालिका–७, धम्पुसका २२ वर्षीय राजेन्द्र पौडेलको हत्या भएको प्रहरीले जनाएको छ।

कास्की प्रहरीले बुधबार पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिएको हो। घटनामा संलग्न रहेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ।

प्रहरीका अनुसार ट्रेकिङ गाइडका रूपमा काम गर्ने राजेन्द्र घरमा आएका भिनाजुसँग मोबाइल माग्दा नदिएपछि खोसेर फुटाइदिएका थिए। त्यसपछि उनी गाउँका साथी लीलबहादुर पुन, आशिष गुरुङ, महादेव विक र मिलन विकसँग स्थानीय होटलमा मदिरा पिउन गएका थिए।

साँझ करिब ६ बजे होटलबाट निस्किएपछि उनीहरूबीच मदिरा पिउने विषयमा विवाद भएको थियो। विवाद साम्य पारेर छुट्टिने क्रममा राजेन्द्रले लीलबहादुरको घरमा रहेको मौरीको घारमा लात्तीले हानेपछि झगडा थप चर्किएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

विवादकै क्रममा राजेन्द्रले घाँस काट्न प्रयोग हुने आँसीले मिलन विकको घाँटी र आशिष गुरुङको खुट्टामा प्रहार गरेका थिए। दुवैलाई सामान्य चोट लागेको थियो। त्यसपछि उनीहरू आ–आफ्नो घर फर्किएका थिए।

तर, घर फर्किएपछि आशिषले राजेन्द्रले आँसी प्रहार गर्दा आफूहरूले प्रतिकार नगरेको विषयलाई लिएर बदला लिने सोच बनाएको प्रहरी अनुसन्धानमा खुलेको छ। उनले विक्रम पुन र लीलबहादुर पुनलाई फोन गरेर बोलाएका थिए। त्यसपछि मिलन विक र महादेव विकसमेत जुटेर राजेन्द्रमाथि आक्रमण गरेको कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले जानकारी दिए।

प्रहरीका अनुसार उनीहरू राजेन्द्रको घरमा पुगेर बाहिर बोलाएका थिए। त्यसपछि बाँस, भाटा, लात्ती र मुक्काले कुटपिट गरेका थिए। आक्रमणबाट गम्भीर घाइते भएका राजेन्द्र उठ्न नसकेर घरनजिकैको बारीको कान्लामा लडेका थिए।

राति छोरालाई बोलाउँदा नउठेपछि उनकी आमाले कान्लामै लडिरहेका उनलाई सिरक ओढाएर आफू सुत्न गएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। भोलिपल्ट बिहान करिब ८ बजे राजेन्द्र मृत अवस्थामा भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

सूचना पाएलगत्तै घटनास्थल पुगेको प्रहरी टोलीले हत्यामा संलग्न रहेको आरोपमा पाँचै जनालाई पक्राउ गरेको एसपी कार्कीले बताए। उनीहरूलाई कास्की जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ। हत्यामा कसको कति संलग्नता थियो भन्ने विषय अनुसन्धानपछि खुल्ने उनले बताए।

प्रहरीका अनुसार मृतकको शरीरमा नीलडाम र चोटपटक देखिएको थियो भने कपडा च्यातिएको अवस्थामा शव फेला परेको थियो। घटनामा प्रयोग भएको आशङ्कामा बाँस, भाटा, बियरको बोतल र पानीको बोतलसमेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए।

राजेन्द्र आमा र भाइसँग घरमा बस्दै आएका थिए। घटनाको दिन भाइ घरमा नभएको र आमा पनि मदिरा सेवन गरेर बसेकाले छोरामाथि भएको आक्रमणबारे थाहा नपाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

प्रकाशित: ११ कार्तिक २०८३ २०:५७ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
9h ago
सूर्ती र मदिरा नियन्त्रणमा सरोकारवालाको छलफल

सूर्ती र मदिरा नियन्त्रणमा सरोकारवालाको छलफल

मुगुमा सूर्तीजन्य पदार्थ र मदिरा नियमन तथा नियन्त्रणका लागि सरोकारवाला निकायबीच समन्वय बैठक तथा अनुगमन कार्यक्रम भएको छ । स्वास्थ्य सेवा कार्यालयको आयोजना तथा जिल्लास्थित विभिन्न सरकारी निकायको सहभ...

#मदिरा
Compare →
Ekantipur
17h ago
ममता हत्यामा पति नरेश दोषी ठहर: कस्तो होला सजाय ?

ममता हत्यामा पति नरेश दोषी ठहर: कस्तो होला सजाय ?

नरेश फस्ट डिग्री मर्डर, शव लुकाउने तथा नष्ट गर्ने र मृत शरीर विकृत बनाउने गरी तीन वटा अभियोगमा दोषी ठहरिएका छन्, भर्जिनियाको कानुनअनुसार प्रथम श्रेणीको हत्यामा २० वर्षदेखि आजीवन कारावाससम्म सजाय हुन सक्छ, अन्य दुई अभियोगमा प्रत्येकमा अधिकतम ५ वर्ष कैद हुन सक्छ।

#हत्या
Compare →
Bizshala
1d ago
सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

सुदूरपश्चिममा बजेट विवाद चर्कियो, नेकपाभित्रै सरकारको विकल्पबारे बहस

काठमाण्डौ । सुदूरपश्चिम प्रदेशको बजेट पारित भए पनि त्यसले निम्त्याएको विवादले सरकारको नेतृत्व गरिरहेको नेपाली...

#विवाद
Compare →
Onlinekhabar
1d ago
दिवालीमा सैफको पुर्ख्यौली गहना लगाउँदा विवादमा करिना, कांग्रेस नेताले पठाए कानुनी पत्र

दिवालीमा सैफको पुर्ख्यौली गहना लगाउँदा विवादमा करिना, कांग्रेस नेताले पठाए कानुनी पत्र

बलिउड अभिनेत्री करिना कपूर खानले दिवालीमा लगाएको एउटा गहना अहिले विवादित बनेको छ । न त त्यो सामान्य गहना हो, न त यसको इतिहास नै सामान्य छ । ३० क्यारेटको पन्ना जडित उक्त पेन्डेन्टमा पवित्र कुरानको …

#विवाद
Compare →
Arthasansar
2d ago
ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

ममता काफ्लेको हत्या अभियोगमा नरेश भट्ट दोषी ठहर

नेपाली मूलकी ममता काफ्ले भट्टको हत्या अभियोगमा उनका पति नरेश भट्ट अमेरिकाको भर्जिनियास्थित अदालतबाट दोषी ठहर भएका छन् । प्रिन्स...

#हत्या
Compare →

Related Stories

Technology
Build #2611