काठमाडौँ – इजरायलमा संसदीय निर्वाचनपछि वैकल्पिक सरकार गठन गर्ने विषयमा अरब नेतृत्वका राजनीतिक दलहरूको गठबन्धनले प्रधानमन्त्री बेन्जामिन नेतान्याहूविरोधी विपक्षी समूहसँग वार्ता गरिरहेको छ।
वरिष्ठ अरब सांसद तथा ताल पार्टीका अध्यक्ष अहमद तिबीले बुधबार यस्तो जानकारी दिएका हुन्। अरब समुदायको प्रतिनिधित्व गर्ने ताल, बालाद र हदाश दलहरू सम्मिलित गठबन्धन ‘जोइन्ट लिस्ट’ ले नेतान्याहूलाई सत्ताबाट हटाउने प्रयासमा विपक्षी गठबन्धनलाई सहयोग गर्न सक्ने उनले बताएका छन्।
Read full story at source ( khabarhub.com )