इजरायलमा संसदीय निर्वाचनपछि प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई सत्ताबाट हटाउन अरब नेतृत्वका दलहरू विपक्षीसँग वार्तामा जुटेका छन्।
अरब समुदायको प्रतिनिधित्व गर्ने ताल, बालाद र हदाश दल सम्मिलित ‘जोइन्ट लिस्ट’ गठबन्धनले विपक्षीलाई संसदीय समर्थन दिन सक्ने वरिष्ठ अरब सांसद अहमद तिबीले बताएका छन्। तर, गठबन्धन औपचारिक रूपमा सरकारमा सहभागी हुने सम्भावना कम रहेको उनको भनाइ छ।
Read full story at source ( lokaantar.com )