Trending
Prev Story
Next Story

अम्पायर रहमानको त्रुटि शृङ्खला: एउटै खेलमा डीआरएसले उल्ट्यायो चार निर्णय

Nagarik News •
October 28, 2026 • 01:46 PM
1
1 reads 0 reactions

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोएल्सबिच जारी खेल दौरान अन-फिल्ड अम्पायरको त्रुटिपूर्ण निर्णय आउने क्रम रोकिएको छैन। बंगलादेशी अम्पायर मसुदुर रहमानले गरेका चारवटा निर्णय ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) ले उल्टाइदिएको छ।

अम्पायर रहमानको त्रुटि शृङ्खला: एउटै खेलमा डीआरएसले उल्ट्यायो चार निर्णय

पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोएल्सबिच जारी खेल दौरान अन-फिल्ड अम्पायरको त्रुटिपूर्ण निर्णय आउने क्रम रोकिएको छैन। बंगलादेशी अम्पायर मसुदुर रहमानले गरेका चारवटा निर्णय ‘डिसिजन रिभ्यु सिस्टम’ (डीआरएस) ले उल्टाइदिएको छ।

पछिल्लो पटक उनले एलबीडब्लुमा दिएको अर्को एक निर्णय पनि डीआरएस प्रविधिले उल्ट्याएपछि गलत निर्णयको संख्या चार पुगेको हो।

योसँगै एउटै खेलमा अम्पायर रहमानले एलबीडब्लुमा दिएका तीनवटा र कट बिहाइन्डमा दिएको एउटा निर्णय रिभ्युमार्फत सच्चिन पुगेको छ।

यसअघि उनले दिएका दुईवटा एलबीडब्लु आउटको निर्णयमा खेलाडीले रिभ्यु लिँदा प्रविधिले ‘नटआउट’ ठहर गरेको थियो।

त्यस्तै, ब्याटर कट बिहाइन्ड हुँदा रहमानले आउट नदिए पनि विपक्षी टोलीको रिभ्युपछि डीआरएसले अन-फिल्ड निर्णय उल्ट्याउँदै ब्याटरलाई ‘आउट’ घोषित गरेको थियो। लगत्तै अर्को एलबीडब्लु निर्णय पनि उल्टिन पुग्यो।

प्रकाशित: ११ कार्तिक २०८३ १९:३१ बुधबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2w ago
पोखरा भर्सेस सुदूरपश्चिम : १५ बलमै डीआरएसले उल्ट्यायो अम्पायरका ३ निर्णय

पोखरा भर्सेस सुदूरपश्चिम : १५ बलमै डीआरएसले उल्ट्यायो अम्पायरका ३ निर्णय

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीचको खेलमा सुरुवाती १५ बलमै अम्पायरका तीन निर्णय डीआरएसबाट उल्टिएका छन् । खेलको पहिलो ओभरमै बंगलादेशी अम्पायर मसुदुर ...

#अम्पायर #डीआरएस #उल्ट्यायो
Compare →
Arthasansar
2w ago
एनपीएल क्रिकेट : सुदूरपश्चिम र पोखराको खेलमा डीआरएस नभएको भए .....

एनपीएल क्रिकेट : सुदूरपश्चिम र पोखराको खेलमा डीआरएस नभएको भए .....

तेस्रो संस्करणको नेपाल प्रिमियर लिगमा अघिल्ला दुई सिजनमा नभएको डीआरएस सिस्टम प्रयोग गरियो । अघिल्ला सिजनमा अम्पाएरका केही गलत डिसिजन...

#डीआरएस #खेलमा
Compare →
Ekantipur
1w ago
ब्याडमिन्टन: ब्याडमिन्टनका अम्पायर थापा एसियाको क्षेत्रीय अम्पायर एसेसर नियुक्त

ब्याडमिन्टन: ब्याडमिन्टनका अम्पायर थापा एसियाको क्षेत्रीय अम्पायर एसेसर नियुक्त

नेपालका अन्तर्राष्ट्रिय ब्याडमिन्टन अम्पाएर दीपक थापा पश्चिम एसिया २०२६ का लागि अम्पायर एसेसर नियुक्त भएका छन् ।

#अम्पायर
Compare →

Related Stories

Sports
Build #2612