तीन महिनामा आयात र निर्यात भएका वस्तुहरुको पहिलो नम्बरमा सोयाबिन तेल छ ।
काठमाडौँ — चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ५२ अर्ब ६० करोड रुपैयाँको सोयाबिनको तेल आयात हुँदा त्यत्ति नै रकम बराबरको प्रशोधित तेल निर्यात पनि भएको छ । तीन महिनामा आयात र निर्यात भएका वस्तुहरुको पहिलो नम्बरमा सोयाबिन तेल छ ।
भन्सार विभागकाअनुसार ५२ अर्ब ६० करोड ३९ लाख ७२ हजार बराबरको सोयाबिनको कच्चा तेल आयात भएको छ । त्यस अवधिमा ५२ अर्ब ६० करोड ९८ लाख ७४ हजार प्रशोधित सोयबिनको तेल निर्यात भएको देखिन्छ ।
यसले तीन महिनामा सोयाबिनको तेलको आयात र निर्यातको मूल्य लगभग बराबर देखिएको छ । यसको अर्थ तेस्रो मुलुकबाट सोयाबिन तेलको कच्चा पदार्थ आयात गर्ने र यहाँ प्रशोधन गरेर निर्यात गर्ने काम तीव्र रुपमा भइरहेको पुष्टि हुन्छ ।