Trending
Prev Story
Next Story

चितवनमा पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुने

Ekantipur •
October 28, 2026 • 01:33 PM
1
1 reads 0 reactions

चितवनमा तेक्वान्दो खेलको विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई प्रतिस्पर्धाको साझा मञ्च प्रदान गर्ने र नेपालमा तेक्वान्दोको स्तरलाई अझ माथि उठाउने उद्देश्यका प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगता संयोजक प्रज्वल दवाडीले जानकारी गराएका छन् ।

चितवनमा पहिलो अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिप हुने

चितवनमा तेक्वान्दो खेलको विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई प्रतिस्पर्धाको साझा मञ्च प्रदान गर्ने र नेपालमा तेक्वान्दोको स्तरलाई अझ माथि उठाउने उद्देश्यका प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगता संयोजक प्रज्वल दवाडीले जानकारी गराएका छन् ।

भरतपुर — चितवन तेक्वान्दो डोजाङले १३ देखि १५ कात्तिकमा प्रथम सौराहा अन्तर्राष्ट्रिय खुला तेक्वान्दो च्याम्पियनसिप–२०२६ हुने भएको छ ।

चितवनमा तेक्वान्दो खेलको विकास, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई प्रतिस्पर्धाको साझा मञ्च प्रदान गर्ने र नेपालमा तेक्वान्दोको स्तरलाई अझ माथि उठाउने उद्देश्यका प्रतियोगिता आयोजना गर्न लागिएको प्रतियोगता संयोजक प्रज्वल दवाडीले जानकारी गराएका छन् । उनले यस प्रतियोगिताले नेपाली तेक्वान्दोको विकासमा एउटा इँटा थप्ने विश्वास व्यक्त गरे ।

प्रतियोगितामा नेपालका सात प्रदेश र आयोजक टोलीसहित भारत, माल्दिभ्स, मलेसिया, अस्ट्रेलिया, बंगलादेश, सिंगापुर, साउदी अरेबिया, जापानलगायत विभिन्न देशका खेलाडी तथा टोलीको सहभागिता रहने अपेक्षा आयोजकको छ । करिब ८ सय खेलाडी सहभागी हुनेछ ।

प्रतियोगितामा तेक्वान्दोका पुम्से र ग्योरोगी विधाका विभिन्न उमेरसमूह तथा तौल समूहमा प्रतिस्पर्धा हुनेछ । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई एउटै मञ्चमा प्रतिस्पर्धा गराउँदै उनीहरूको क्षमता अभिवृद्धि गर्ने, अनुभव आदानप्रदानको अवसर सिर्जना गर्ने र खेलकुदमार्फत अन्तर्राष्ट्रिय मित्रता विस्तार गर्ने लक्ष्य रहेको वरिष्ठ मास्टर रोशन खानले बताए ।

प्रतियोगितामा टिमतर्फ प्रथम हुने टोलीले ५० हजार, दोस्रो हुने टोलीले ३० हजार र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

पुम्से र ग्योरोगी उत्कृष्ट पुरुष र महिला खेलाडी, उत्कृष्ट प्रशिक्षक र रेफ्रीलाई जनही १०० अमेरिकी डलर पुरस्कार प्रदान गरिने छ ।

प्रतियोगिताको उद्घाटन १३ कात्तिकमा हुनेछ । प्रतियोगिता सञ्चालनका लागि नेपाल तेक्वान्दो संघ, बागमती प्रदेश तेक्वान्दो संघ तथा चितवन जिल्ला तेक्वान्दो संघको सहयोग र समन्वय रहनेछ ।

‘हामीले यो प्रतियोगितालाई खेलकुदमा मात्र सीमित राखेका छैनौं । सौराहा नेपालको प्रमुख पर्यटकीय गन्तव्य भएकाले अन्तर्राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा पदाधिकारीको आगमनले चितवनको पर्यटन प्रवर्द्धनमा समेत सहयोग पुग्ने विश्वास लिएका छौं,’ विज्ञप्तिमा भनिएको छ ।

यस प्रतियोगितामार्फत सौराहालाई खेलकुद पर्यटनको गन्तव्यका रूपमा स्थापित गर्न, स्थानीय आर्थिक गतिविधिलाई प्रोत्साहन गर्न र चितवनको पहिचानलाई अन्तर्राष्ट्रियस्तरमा विस्तार गर्न योगदान पुग्ने अन्तर्राष्ट्रिय संयोजक तेक्वान्दोका अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
3h ago
जनकपुरमाथि चितवनको जित, पहिलो चरणबाट बाहिरिए जनकपुर र कर्णाली

जनकपुरमाथि चितवनको जित, पहिलो चरणबाट बाहिरिए जनकपुर र कर्णाली

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो चरणबाट पोखरा एभेन्जरपछि जनकपुर बोलट्स र कर्णाली याक्स पनि बाहिरिएका छन्। शुक्रवार भएको दोस्रो खेलमा चितवन राइनोजले जनकपुरलाई ४ विकेट...

#चितवन
Compare →
Arthasansar
5h ago
चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

चितवनकाे जितले जनकपुर र कर्णाली समूह चरणबाटै बाहिरिए, चितवनकाे प्लेअफ सम्भावना बलियाे

नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको...

#चितवन
Compare →
Onlinekhabar
5h ago
चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

चितवन प्लेअफ नजिक, जनकपुर र कर्णाली बाहिरियो

२७ कात्तिक, काठमाडौं । नेपाल प्रिमियर लिग ९एनपीएल० मा शुक्रबारको लो स्कोरिङ खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई विकेटले पराजित गर्दै प्लेअफ होडलाई बलियो बनाएको छ । जनकपुर बोल्ट्सले दिएको ८९ रनको लक्ष्य चितवनले १७।२ ओभर खेल्दै …

#चितवन
Compare →
Nagarik News
5h ago
एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

एनपीएलः चितवनको प्लेअफ सम्भावना कायमै, जनकपुर बाहिरियो

शुक्रबारको दोस्रो खेलमा जनकपुर बोल्ट्सलाई ४ विकेटले पराजित गर्दै चितवनले शीर्ष चारको दौडमा आफूलाई कायमै राखेको हो।

#चितवन
Compare →

Related Stories

Sports
Build #2611