Trending
Prev Story
Next Story

प्रहरी स्टाफ कलेजबारे समिति प्रतिवेदन– एकपटक ०७० का ब्याचीको मात्रै परीक्षा लिन सुझाव

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । प्रहरीको स्टाफ कलेजबारे अध्ययन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । डीआईजी विश्व अधिकारी नेतृत्वको अध्ययनले आईजीपी दानबहादुर कार्कीलाई प्रतिवेदन बुझाएको हो । स्टाफ कलेज अन्तर्गत पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स (पीएलएससी)को …

प्रहरी स्टाफ कलेजबारे समिति प्रतिवेदन– एकपटक ०७० का ब्याचीको मात्रै परीक्षा लिन सुझाव

११ कात्तिक, काठमाडौं । प्रहरीको स्टाफ कलेजबारे अध्ययन गर्न बनेको समितिले प्रतिवेदन बुझाएको छ । डीआईजी विश्व अधिकारी नेतृत्वको अध्ययनले आईजीपी दानबहादुर कार्कीलाई प्रतिवेदन बुझाएको हो ।

स्टाफ कलेज अन्तर्गत पुलिस लिडरसिप एन्ड स्टाफ कोर्स (पीएलएससी)को प्रवेश परीक्षामै ठूलो संख्यामा परीक्षार्थी अनुतिर्ण भएपछि कोर्स नै परिवर्तनको विषय उठेको थियो ।

त्यसपछि प्रहरी हेडक्वार्टरले १७ भदौमा डीआईजी विश्व अधिकारीको संयोजकत्वमा एसएसपी सोमेन्द्रसिंह राठौर, गजुसिद्धि बज्राचार्य, चिनिमाया तामाङ, सुन्दर तिवारी गरी ७ सदस्यीय टोल गठन गरेर यसको अध्ययन गरेको हो ।

उक्त समितिले केही सामान्य परिमार्जन गर्न सुझाव दिएको छ । प्रवेश परीक्षाका लागि दुई महिना पहिले सूचना निकाल्नुपर्ने प्रावधान रहेको थियो । तर उक्त समय निकै थोरै भएको र प्रवेश परीक्षाको तयारी गर्न पर्याप्त नभएको भन्दै त्यसलाई बढाएर तीन महिना पुर्‍याउन समितिले सुझाव दिएको छ ।

त्यसैगरी अन्तिम एक पटक २०७० सालमा इन्स्पेक्टरमा भर्ना भएका प्रहरी अधिकृतहरूको मात्रै प्रवेश परीक्षा लिन पनि समितिले सुझाव दिएको छ ।

अरु ब्याच तथा २०७२ का टोलीसँगै परीक्षा दिँदा परीक्षार्थीको संख्या धेरै हुने र २०७० को टोलीको उत्तीर्ण संख्या समेत थोरै हुनसक्ने भएकाले उनीहरूको वृत्ति विकासमा असर पर्ने भन्दै आउँदो १ पुसमा हुने परीक्षामा २०७० को टोलीमात्रै परीक्षा दिन सुझाव दिइएको समिति स्रोतले बतायो ।

स्टाफ कलेज अध्ययनका लागि एक पटकका लागि ३५ जनाको कोटा हुन्छ । तर एकै पटक अरु ब्याचकाले पनि दिँदा २०७० को ब्याचलाई यसको असर पर्ने बताइएको छ । जबकि २०७० को ब्याचका यसअघि दुई पटक प्रवेश परीक्षा दिइसकेकाले अब उनीहरूले एक पटकमात्रै दिन पाउँछन् । तीन पटकसम्म उत्तिर्ण नहुनेहरूले स्टाफ कोर्स गर्न पाउँदैनन् ।

अहिलेसम्म स्टाफ कोर्सको दुई पटक प्रवेश परीक्षा भएको छ । जसमा पहिलो लटमा १५ र दोस्रो लटमा १७ गरी ३२ जना मात्रै प्रवेश परीक्षामा उत्तिर्ण भएका छन् । जबकि यो कोर्स गर्न एक लटमा ३५ जनाको कोटा हुन्छ ।

नेपाली सेना र सशस्त्र प्रहरी बलमा स्टाफ कलेज कोर्स लागू भए पनि नेपाल प्रहरीमा भने बल्ल सुरु भएको हो ।

स्टाफ कलेज कोर्स उत्तीर्ण नभएका एसपी र एसएसपीलाई समेत बढुवाको दोस्रो सूचीमा राखिने संसद‌्मा पुगेको प्रहरी विधेयकमा उल्लेख छ । स्टाफ कलेज कोर्स लागु भएपछि ६० प्रतिशत प्रहरी उपरीक्षक (एसपी)हरू स्टाफ कलेज पास गरेका मात्रै हुने गरी व्यवस्था मिलाइएको छ । ४० प्रतिशत भने सिनियर तथा कार्य सम्पादन मूल्यांकन (कासमु)लाई आधार मानेर बढुवा गरिने छ ।

त्यस्तै, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा भने ८० प्रतिशत कोटा स्टाफ कलेज पास हुनेलाई राखिएको छ । बाँकी २० प्रतिशत अन्य कोटाबाट बढुवा गरिने छ । प्रहरी नायव महानिरीक्षक (डीआईजी) मा भने शतप्रतिशत स्टाफ कलेज पास गरेको हुनुपर्ने व्यवस्थामा छ ।

यो विधेयक जस्ताको तस्तै पास भएमा अब डीआईजी बन्न अनिवार्य रूपमा स्टाफ कलेज पास गर्नुपर्ने हुन्छ ।

सशस्त्र प्रहरी बलमा पनि डीआईजी बन्न स्टाफ कलेजलाई यसअघि नै अनिवार्य बनाइएको थियो । योसँगै अब स्टाफ कलेज पास नभएका प्रहरी अधिकारी पनि नेतृत्वमा पुग्न सक्दैनन् ।

जसका कारण डीआईजी बढुवाको योग्य हुनसमेत स्टाफ कलेज कोर्स गर्नुपर्ने भएकाले प्रतिस्पर्धा पनि स्वस्थ हुने र नेतृत्वमा तहमा समेत राम्रा अफिसर पुग्ने बताइएको छ ।

२०७० मा भर्ना भएका प्रहरी निरीक्षक (इन्स्पेक्टर)को ब्याचबाट स्टाफ कलेज कोर्स सुरु गरिएको छ ।

स्टाफ कलेजमा एक वर्षका लागि प्रहरी संगठनका ३५ जना र बाहिरका लागि पाँच जनाको कोटा राखिएको छ । चार सेमेस्टर र कोर्सको अवधि १६ महिनाको बनाइएको छ । अन्तिम सेमेस्टरमा प्रहरी अधिकारीले कार्यक्षेत्रमै गएर थेसिस लेख्नुपर्ने हुन्छ ।

यो कोर्सका लागि २०८१ भदौ २१ गते प्रहरी एकेडेमी र त्रिभुवन विश्वविद्यालयबीच मास्टर्स इन पुलिस साइन्स (एमपीएस) कार्यक्रममा हस्ताक्षर भएको थियो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Ekantipur
5h ago
दुर्घटनालगत्तै छानबिन प्रतिवेदन लेखिन्छन्, थन्किन्छन्, बिर्सिइन्छन्

दुर्घटनालगत्तै छानबिन प्रतिवेदन लेखिन्छन्, थन्किन्छन्, बिर्सिइन्छन्

ठूला सडक दुर्घटनासम्बन्धी अध्ययन समितिहरूले औंल्याउँछन्– सडकको दुरवस्था, चालकको लापरबाही, एउटै चालकले लामो दूरीको सवारीसाधन लगातार चलाउनु, चालकहरूबीच अस्वस्थ प्रतिस्पर्धा, सिट क्षमताभन्दा बढी यात्रु । हरेक पटक लगभग उस्तै कारक देखिनुले अध्ययन समितिको प्रतिवेदन प्रभावकारी कार्यान्वयन हुन नसकेको प्रस्ट्याउँछ ।

#प्रतिवेदन #अध्ययन
Compare →
Hamro Patro News
4d ago
टर्कीमा सार्वजनिक वैज्ञानिक प्रतिवेदनमा नेपालकै विपदको चर्चा

टर्कीमा सार्वजनिक वैज्ञानिक प्रतिवेदनमा नेपालकै विपदको चर्चा

विश्व जलवायु सम्मेलन (कोप–३१) को पहिलो दिन सोमबार टर्कीको आन्ताल्यामा एउटा यस्तो वैज्ञानिक प्रतिवेदन सार्वजनिक भएको छ, जसले नेपालको जलवायु मुद्दालाई बलियो आधार दिएको छ। नेपालले अन्तर्राष्ट्रिय मञ्...

#प्रतिवेदन
Compare →
Nagarik News
1w ago
सुदूरपश्चिम प्रदेशमा बजेटको लफडा: प्रतिवेदन बुझाउने अवधि सकियो, संसदीय समिति बन्नै सकेन

सुदूरपश्चिम प्रदेशमा बजेटको लफडा: प्रतिवेदन बुझाउने अवधि सकियो, संसदीय समिति बन्नै सकेन

पूरक बजेट ल्याउन संसदीय समिति गठन गरी कात्तिक २० गतेसम्म प्रतिवेदन बुझाउने भनिएको थियो। सभामुख भीमबहादुर भण्डारीले प्रदेशसभा बैठकमा यस्तो निर्णय सुनाएका थिए। प्रतिवेदन बुझाउने समयसीमा शुक्रबार सकिएको छ।

#प्रतिवेदन
Compare →
Bizshala
1w ago
ऋण लिँदा ब्याज मात्रै नहेर्नुस् ,आम्दानीदेखि शुल्क र धितोसम्मको हिसाब गर्न राष्ट्र बैंकको सुझाव

ऋण लिँदा ब्याज मात्रै नहेर्नुस् ,आम्दानीदेखि शुल्क र धितोसम्मको हिसाब गर्न राष्ट्र बैंकको सुझाव

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले ऋण लिने व्यक्तिलाई कर्जा लिनुअघि आफ्नो आम्दानी भुक्तानी क्षमता ब्याजदर शुल्क धितो तथा...

#मात्रै #सुझाव
Compare →

Related Stories

Education & Youth
Build #2612