रेल सञ्चालक कम्पनी ‘अदिफ’ का अनुसार यस दुर्घटनापछि उक्त मुख्य रेलमार्ग पूर्ण रूपमा बन्द गरिएको छ । दुर्घटनाको यकिन कारण र हताहत हुनेहरूको पूर्ण विवरण भने अझै आइसकेको छैन ।
म्याड्रिड — स्पेनको राजधानी म्याड्रिड र दक्षिणी अन्दालुसिया क्षेत्रलाई जोड्ने रेलमार्गमा दुई वटा तिव्र गतिका ट्रेनहरू आपसमा ठोक्किएका छन् । टोलिडो क्षेत्रमा भएको यस दुर्घटनामा कम्तीमा ३० जनाको मृत्यु भएको क्षेत्रीय सरकार कात्या–ला मान्चाले पुष्टि गरेको छ ।
रेल सञ्चालक कम्पनी ‘अदिफ’ का अनुसार यस दुर्घटनापछि उक्त मुख्य रेलमार्ग पूर्ण रूपमा बन्द गरिएको छ । दुर्घटनाको यकिन कारण र हताहत हुनेहरूको पूर्ण विवरण भने अझै आइसकेको छैन ।
स्थानीय समयअनुसार बिहान करिब ९ बजे भएको यस ठक्करका कारण दुईवटा डिब्बा (वागन) ट्रयाकबाट तल खसेका थिए ।
दुर्घटनामा परेर बाँच्न सफल यात्रीहरूले स्पेनिस सञ्चारमाध्यमहरूसँग आफ्नो अनुभव साटेका छन् । दुर्घटनामा परेको इर्यो नामक रेलकी यात्री इडुवार्डो ले ‘कादेना सेर’ रेडियोसँग कुरा गर्दै आफूले निकै शक्तिशाली धक्का महसुस गरेको बताइन् ।
‘धक्काले मलाई अगाडि हुत्याएको थियो । सुरुमा मलाई रेल आपत्कालीन रुपमा रोकिएको जस्तो लागेको थियो । तर, लगत्तै डिब्बामा अन्य घाइतेहरु देखियो । त्यसपछि हामी सबैलाई तत्काल डिब्बा छाडेर निस्किन भनियो, त्यसपछि मात्रै मैले दुर्घटना भएको थाहा पाएँ ।’
डिब्बाबाट निस्किएर सुरक्षित स्थानमा पुगेर हेर्दा निकै भयानक दृश्य देखेको उनले बताइन् । उनका अनुसार ट्रेनको केही भाग भिरबाट झुण्डिएको अवस्थामा थियो र एउटा डिब्बामा त आगो नै लागेको थियो ।
घटनाको करिब २० मिनेटभित्रै हेलिकप्टर, प्रहरी र एम्बुलेन्ससहितका उद्धारकर्मीहरू घटनास्थलमा पुगिसकेको उनले बताइन् ।
स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सामाजिक सञ्जाल ‘एक्स’ मा सन्देश जारी गर्दै रेल दुर्घटनाप्रतिमा मृत्यु भएकाहरुप्रति शोक प्रकट गरेका छन् ।
स्पेनमा यस वर्ष भएको यो दोस्रो ठूलो घातक रेल दुर्घटना हो ।