Trending
Prev Story
Next Story

इजरायलमा नेतान्याहूलाई अग्रता, बहुमत पुर्‍याउन भने कठिन

Ekantipur •
October 28, 2026 • 11:02 AM
1
1 reads 0 reactions

१ सय २० सदस्यीय इजरायलमा समानुपातिक प्रणालीका आधारमा निर्वाचन हुन्छ र ३.२५ प्रतिशतभन्दा धेरै मत ल्याउने पार्टीको संसद्‍मा प्रतिनिधित्व रहन्छ

इजरायलमा नेतान्याहूलाई अग्रता, बहुमत पुर्‍याउन भने कठिन

१ सय २० सदस्यीय इजरायलमा समानुपातिक प्रणालीका आधारमा निर्वाचन हुन्छ र ३.२५ प्रतिशतभन्दा धेरै मत ल्याउने पार्टीको संसद्‍मा प्रतिनिधित्व रहन्छ

तेल अभिभ — इजरायलको केन्द्रीय निर्वाचन आयोगले ७६.८ प्रतिशत मतगणना सम्पन्‍न भएको जानकारी दिएको छ । मंगलबार इजरायलमा आम निर्वाचन भएको थियो ।

अहिलेसम्मको अवस्थाअनुसार  प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको नेतृत्वमा रहेको गठबन्धनले १ सय २० सिटको संसद्‍मा ५४ सिट प्राप्त गर्ने देखिएको इजरायली सञ्चारमाध्यम टाइम्स अफ इजरायलले जनाएको छ । त्यस्तै, गदी आइजेनकोटको नेतृत्वमा रहेको विपक्षी ब्लकले ४७ सिट हासिल गर्ने देखिन्छ ।

यस निर्वाचनमा अरब दलहरू (जोइन्ट लिस्ट र राअम) को सिट सङ्ख्या बढेर १९ पुग्‍ने देखिएको छ ।

पार्टीगत रुपमा नेतान्याहुको लिकुड पार्टी २७ सिटसहित पहिलो दल हुने देखिन्छ । त्यस्तै, गदी आइजेनकोट नेतृत्वको यासर पार्टीले २० सिट ल्याउने देखिन्छ । तर अझै मतगणना जारी रहेकाले सिट संख्या फेरबदल हुनसक्छ ।

किनकि, १ सय २० सदस्यीय इजरायलमा समानुपातिक प्रणालीका आधारमा  निर्वाचन हुन्छ र ३.२५ प्रतिशतभन्दा धेरै मत ल्याउने पार्टीको संसद्‍मा प्रतिनिधित्व रहन्छ । अहिलेसम्मको नतिजाअनुसार यसपटक झन्डै एक दर्जन पार्टीले थ्रेसहोल्ड कटाउने देखिएको छ ।

त्यहीकारण, अन्तिम नतिजा सार्वजनिक भएसँगै सिट संख्या टुंगो लाग्नेछ । निर्वाचन आयोगले कम्तिमा बिहीबारसम्म मतगणना जारी रहने जनाएको छ । सैनिक, पेशाकर्मी तथा विदेशबाट मतदान गर्नेहरुको मतगणना सुरु नै भएको छैन ।

यस निर्वाचनलाई प्रधानमन्त्री नेतान्याहू र पूर्व सेनाप्रमुख गादी आइजेनकोटबीचको लडाँइका रुपमा हेरिएको छ ।  लामो समय सैन्य सेवामा बिताएका आइजेनकोट सन् २०१५ देखि २०१९ सम्म सेनाप्रमुख थिए । आफ्नो सेवा अवधिका क्रममा उनी लेबनान युद्ध तथा गाजामा हमासविरुद्धको लडाँइमा प्रत्यक्ष संलग्‍न थिए ।

नेतान्याहू इजरायलमा सबैभन्दा लामो अवधि सत्ता सञ्चालन गर्ने प्रधानमन्‍त्री हुन् । उनले सन् १९९६ देखि १९९९ सम्म, २००९ देखि २०२१ सम्म र सन् २०२२ देखि अहिलेसम्म सत्ता हाँकिरहेका छन् ।

यसपटकको चुनावी अभियानमा नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको निकट सम्बन्ध र युद्धकालीन नेतृत्वलाई आफ्नो उपलब्धिका रूपमा प्रस्तुत गरेका थिए ।

आफुबाहेक ट्रम्पसँग कसैले सहकार्य गर्न नसक्ने नेतान्याहूको दाबी छ । जनताले चुनेका जुनसुकै नेतासँग ट्रम्पले सहकार्य गर्ने आइजेनकोट बताउँछन् । मतदातालाई डर देखाउने, झूट बोल्ने र धम्की दिने अभियान नेतान्याहुले चलाइरहेको आरोप उनको थियो ।

सुरक्षा विफलतामाथि जवाफदेहिताको प्रश्न

सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमण इजरायली इतिहासकै सबैभन्दा ठूलो सुरक्षा विफलतामध्ये एक थियो। उक्त आक्रमणमा करिब १ हजार २०० जनाको मृत्यु भएको थियो भने २५१ जनालाई बन्धक बनाएर गाजातर्फ लगिएको थियो।

आक्रमण रोक्न नसक्दाको जिम्मेवारी  नेतान्याहुले लिनुपर्ने आइजेनकोटले बताउँदै आएका छन् । उनको नेतृत्वमा रहेका विपक्षीहरुले यस विषयमा स्वतन्त्र राष्ट्रिय छानबिनको माग गरेका छन् । नेतान्याहुले भने अहिलेसम्म त्यसको जिम्मेवारी स्वीकार गरेका छैनन् ।

बरु, गाजा, लेबनान र इरानसँगका युद्धले इजरायललाई सुरक्षित बनाएको दाबी गर्दै नेतान्याहूले आएका छन् । आइजेनकोटले यी युद्धका कारण इजरायल इजरायल अन्तर्राष्ट्रिय रूपमा थप एक्लिएको र गाजामा ठूलो मानवीय क्षति निम्तिएको बताउँदै आएका छन् । उनले, अनावश्यक युद्धका कारण महँगी बढेको र जनजीवन प्रभावित भएको आरोप लगाएका छन् ।

आइजेनकोट पूर्वसैन्य प्रमुख हुन् र सुरक्षाका विषयमा कडा धारणा राख्छन् । नेतान्याहूजस्तै उनी पनि प्यालेस्टिनी राज्य स्थापनाका लागि प्रस्तावित दुई–राज्य समाधानको विपक्षमा छन् । तर, वेस्ट बैंकमा यहुदी बस्तीका बासिन्दाबाट प्यालेस्टिनीमाथि हुने हिंसाको उनले आलोचना गर्दै आएका छन् ।

नेतान्याहुले भ्रष्टाचारसम्बन्धी मुद्दा सामना पनि गरिरहेका छन् । यद्यपि, उनले आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् ।

अरब पार्टीहरु पनि यस निर्वाचनमा महत्वपूर्ण शक्तिका रुपमा उदाएका छन् । गत निर्वाचनमा अरब पार्टीहरुको सिट संख्या जोड्दा १० मात्रै थियो । यसपटक बढेर १९ पुग्ने देखिन्छ ।

जसमध्ये जोइन्ट लिस्ट (संयुक्त गठबन्धन) का पक्षमा झन्डै १३ सिट र इस्लामिक अरब पार्टी राअमका पक्षमा ६ सिट आउने देखिन्छ । संयुक्त गठबन्धनले नेतान्याहू र दक्षिणपन्थीको विकल्पका रुपमा बन्ने सरकारलाई समर्थन गर्ने जनाएका छन् । तर, आफु सरकारमा नगएर प्रतिपक्षमै बसेर समर्थन गर्ने उनीहरुको दाबी छ ।

नेतान्याहूले अरब पार्टीहरुसँग मिल्ने संभावना खारेज गरेका छन् । मतगणना जारी रहँदा उनले दक्षिणपन्थी पार्टीहरुसँग नै मिलेर बलियो सरकार बनाउने घोषणा गरेका छन् । आइजेनकोटले पनि अरब पार्टीहरुसँगको  सहकार्यलाई अस्विकार गर्दै आएका छन् । किनकि, उनको गठबन्धनमा रहेका दलहरु अरब पार्टीसँग मिलेर सरकार बनाउने पक्षमा छैनन् ।

यसकारण, सरकार निर्माण पेचिलो हुनसक्ने देखिन्छ ।

इजरायलमा अन्तिम नतिजा प्रकाशन भएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आव्हान गर्छन् । प्रधानमन्त्रीका उम्मेदवारलाई संसद्बाट विश्वासको मत लिनका लागि ४२ दिनको समयसीमा दिइएको हुन्छ ।

कुनै एक उम्मेदवारले विश्वासको. मत लिन नसकेमा  अर्को उम्मेदवारलाई मौका दिइन्छ । संसद्बाट नयाँ प्रधानमन्त्री चयन नभएसम्मको यस अवधिमा नेतान्याहूले नै काम चलाऊ सरकारको नेतृत्व गरिररहने छन् ।

संसद्मा गतिरोध लामो समयसम्म लम्बिएर नयाँ सरकार बन्‍न नसकेमा कामचलाऊ सरकारले फेरि अर्को निर्वाचन घोषणा गर्नेछ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
4d ago
इजरायलको नेतृत्वका लागि आइजेनकोटसामु गठबन्धनका कठिन विकल्प

इजरायलको नेतृत्वका लागि आइजेनकोटसामु गठबन्धनका कठिन विकल्प

एजेन्सी । इजरायलका पूर्व सेना प्रमुख गादी आइजेनकोटसँग नयाँ संसदमा स्पष्ट बहुमत नभए पनि सरकार गठनका लागि केही हप्ताको समय छ। उनलाई बहुमत जुटाउन विभिन्न दलसँग गठबन्धन गर्नुपर्नेछ, तर उपलब्ध विकल्पमध्...

#इजरायल #कठिन
Compare →
Onlinekhabar
3d ago
इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?

इजरायलको अन्तरिम प्रधानमन्त्रीका रूपमा बेन्जामिन नेतान्याहुसँग कस्ता छन् अधिकार ?

२४ कात्तिक, काठमाडौं । इजरायलमा निर्वाचन सम्पन्न भएको दुई सातापछि राष्ट्रपति इसहाक हर्जोगले विपक्षी नेता गादी आइजेनकोटलाई सरकार गठन गर्ने अवसर दिएका छन्। तर, आइजेनकोट वा प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको गठबन्धन कसैले पनि नेसेट अर्थात् इजरायली संसद्मा …

#इजरायल
Compare →
Nagarik News
1d ago
जलवायु वित्त स्थानीय समुदायसम्म पुर्‍याउन नेपाल प्रतिबद्ध छ : मन्त्री चौधरी

जलवायु वित्त स्थानीय समुदायसम्म पुर्‍याउन नेपाल प्रतिबद्ध छ : मन्त्री चौधरी

उनले गत वैशाख २५ (८ मे २०२६) मा नेपालले एलआइएफइ–एआरसँग समझदारीपत्रमा हस्ताक्षर गरिसकेको जानकारी दिँदै यसको स्थापनासम्बन्धी प्रक्रिया अघि बढिरहेको बताइन्।

#पुर् #याउन
Compare →

Related Stories

Politics & Governance
Build #2612