Trending
Prev Story
Next Story

भोटेकोशी बाढीपीडितलाई पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

Ekantipur •
October 28, 2026 • 11:02 AM
1
1 reads 0 reactions

अमेरिकामा रहेका नेपालीलगायत विभिन्न समुदायबाट संकलित रकम फाउन्डेसनले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो ।

भोटेकोशी बाढीपीडितलाई पशुपति फाउन्डेसन अमेरिकाको डेढ करोड सहयोग

अमेरिकामा रहेका नेपालीलगायत विभिन्न समुदायबाट संकलित रकम फाउन्डेसनले प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको हो ।

लस एन्जलस, अमेरिका — अमेरिकाको दक्षिणी क्यालिफोर्नियामा सक्रिय श्री पशुपतिनाथ फाउन्डेसनले भोटेकोशी बाढीपीडितका लागि १ करोड ४८ लाख रुपैयाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेको छ ।

फाउन्डेसनका अध्यक्ष बिमल श्रेष्ठका अनुसार अमेरिकामा रहेका नेपालीलगायत विभिन्न समुदायबाट ९९ हजार ६४ अमेरिकी डलर (१ करोड ५१ लाख नेपाली रुपैयाँ) संकलन गरिएको थियो । बैंक शुल्क कटाएर ९७ हजार ८ सय ७५ अमेरिकी डलर (१ करोड ४८ लाख रुपैयाँ) राहत कोषमा पठाइएको उनले जानकारी दिए ।

फाउन्डेसनले नेपाली राजदूतावास वासिङ्टन डीसीसँगको भर्चुअल कार्यक्रममा सहयोग रकम पठाइएको घोषणा गरेको हो ।

सहयोग अभियानमा दक्षिणी क्यालिफोर्नियामा क्रियाशील विभिन्न संघसंस्था, नेपाली समुदाय तथा अन्य समुदायका उदारमनाहरूको उल्लेखनीय योगदान रहेको फाउन्डेसनले जनाएको छ ।

प्रवासमा रहेर पनि मातृभूमिमा परेको विपद्लाई आफ्नै पीडा सम्झँदै सहयोग गर्नु नेपालीहरूको देशप्रेम, मानवीय संवेदना र सामाजिक उत्तरदायित्वको उदाहरण भएको फाउन्डेसनले जनाएको छ।

फाउन्डेसनले यसअघि पनि नेपालमा गएको भूकम्पका बेला राहत तथा सहयोगका कार्यक्रम सञ्चालन गरेको थियो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Onlinekhabar
1d ago
नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

नेपालका बाढीपीडितका लागि अस्ट्रेलियाबाट ६० हजार डलर सहयोग

२६ कात्तिक, क्यानबेरा । नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित समुदायको राहत तथा पुनःस्थापनाका लागि अस्ट्रेलियामा संकलन गरिएको ६० हजार अस्ट्रेलियन डलर सहयोग नेपाल सरकारलाई हस्तान्तरण गरिएको छ। क्यानबेरास्थित नेपाली दूतावासमा आयोजित कार्यक्रममा रिच फर …

#बाढी-पहिरो #राहत #बाढीपीडित
Compare →
Hamro Patro News
9h ago
भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

भोटेकोशी बाढीको ८० दिन बित्यो, राहतको ठाउँमा सरकारले दियो आहत

काठमाडौँ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीको ८० दिन बितिसक्दा पनि पीडितहरूले सरकारी राहत र पुनःस्थापनाको अनुभूति गर्न पाएका छैनन्। बाढीले रसुवा, नुवाकोट, धादिङ र गोरखाका करिब साढे ...

#राहत #भोटेकोशी
Compare →
Nagarik News
21h ago
यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

अमेरिकाले सुरक्षा कारण देखाउँदै आफ्नो टोली फिर्ता बोलाए पनि कतारमा आयोजना हुने फिफा यू–१७ विश्वकप निर्धारित मितिमै सुरु हुने भएको छ।

#अमेरिका
Compare →

Related Stories

Science & Climate
Build #2612