Trending
Prev Story
Next Story

काठमान्डु गोर्खाज र वेद इन्टरनेसनल एजुकेसनबीच सहकार्य

Ekantipur •
October 28, 2026 • 10:30 AM
1
1 reads 0 reactions

सम्झौताअनुसार एनपीएलको तेस्रो संस्करणमा काठमान्डु गोर्खाजको मस्कटको पछाडि वेद इन्टरनेसनल एजुकेसनको लोगो राखिनेछ, जसले सहकार्यलाई चिनाउनेछ।

काठमान्डु गोर्खाज र वेद इन्टरनेसनल एजुकेसनबीच सहकार्य

सम्झौताअनुसार एनपीएलको तेस्रो संस्करणमा काठमान्डु गोर्खाजको मस्कटको पछाडि वेद इन्टरनेसनल एजुकेसनको लोगो राखिनेछ, जसले सहकार्यलाई चिनाउनेछ।

काठमाडौँ — काठमान्डु गोर्खाज र वेद इन्टरनेसनल एजुकेसन कन्सल्टेन्सीबीच नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि सहकार्य भएको छ । सम्झौताअनुरूप एनपीएलको फ्रेन्चाइज टोली काठमान्डु गोर्खाजले मस्कटको पछाडि वेद इन्टरनेसनल एजुकेसनको लोगो राख्ने छ ।

दुवै पक्षबीच सोल्टीमोडस्थित होटल इम्पेरियलमा आयोजित कार्यक्रममा काठमान्डु गोर्खाज र वेद इन्टरनेसनल एजुकेसनबीच सम्झौता भएको हो । सम्झौतामा काठमान्डु गोर्खाजका कार्यकारी निर्देशक अनुभव सिरोहिया र वेद इन्टरनेसनल एजुकेसनका प्रमुख कार्यकारी अधिकृत तथा नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का सचिव आशिक कार्कीले हस्ताक्षर गरेका छन् ।

गोर्खाजका कार्यकारी निर्देशक सिरोहियाले टोलीमाथि विश्वास गर्दै सहकार्यका लागि अघि आएकोमा वेद इन्टरनेसनलप्रति आभार व्यक्त गर्दै खेलकुदको विकासमा निजी क्षेत्रको सहभागिता र सहयोग महत्त्वपूर्ण हुने उल्लेख गरे । उनले यस्तो सहकार्यले टोलीलाई थप हौसला र प्रेरणा प्रदान गर्ने जनाए ।

वेद इन्टरनेसनल एजुकेसनका प्रमुख कार्यकारी कार्कीले नेपाली क्रिकेटप्रतिको आफ्नो विशेष रुचि र लगावका कारण काठमान्डु गोर्खाजसँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताए ।

उनले नेपाली क्रिकेटको विकास र प्रवर्द्धनमा निजी क्षेत्रले पनि आआफ्नो तर्फबाट योगदान दिनुपर्ने धारणा राखे । कार्कीले गोर्खाजसँगको सहकार्यलाई एउटा टोलीसँग जोडिने विषयमा मात्र सीमित नराखी नेपाली क्रिकेटप्रतिको समर्थन र खेलकुदको विकासमा योगदान पुर्‍याउने प्रयासका रूपमा लिएको बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
13h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#एनपीएल #काठमान्डु
Compare →
Nagarik News
13h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#एनपीएल #गोर्खाज
Compare →
Onlinekhabar
13h ago
लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

लो स्कोरिङ खेलमा काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा

२७ कात्तिक, काठमाडौं । कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै प्लेअफमा स्थान पक्का गरेको छ । सुदूरपश्चिमले लिग चरणको आफ्नो अन्तिम खेलमा …

#एनपीएल #काठमान्डु
Compare →
Hamro Patro News
14h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम एनपीएलको प्लेअफमा

काठमाडौं । सुदूरपश्चिम रोयल्स तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा काठमान्डु गोर्खाजलाई ७ रनले हराउँदै सुदूरपश्चिमले प्लेअफको टिकट काटेको ...

#एनपीएल #काठमान्डु
Compare →

Related Stories

Sports
Build #2612