Trending
Prev Story
Next Story

सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्दै

Ekantipur •
October 28, 2026 • 10:30 AM
1
1 reads 0 reactions

पोखराले प्रतियोगितामा पहिलो खेल खेल्दैछ भने सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो।

सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्दै

पोखराले प्रतियोगितामा पहिलो खेल खेल्दैछ भने सुदूरपश्चिम पहिलो खेलमा लुम्बिनी लायन्ससँग सात विकेटले पराजित भएको थियो।

काठमाडौँ — नेपाल प्रिमियर लिग क्रिकेटमा बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदै छ । प्रतियोगितामा पोखराको यो पहिलो खेल हो भने सुदूरपश्चिम पहिलो खेलमा च्याम्पियन लुम्बिनी लायन्ससँग ७ विकेटले पराजित भएको थियो ।

सुदूरपश्चिम पछिल्ला दुवै संस्करणको फाइनलमा पुगे पनि उपाधि जित्न सकेको छैन । पोखरा भने एनपीएलका दुवै संस्करणमा प्लेअफमा पुग्न नसक्ने एकमात्र टोली हो ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखराबाट पूर्वविश्व नम्बर एक अलराउन्डर सकिब अल हसनसहित अर्का दुई बंगलादेशी खेलाडी मोहम्मद सैफुद्दिन, मेहदी हसन तथा श्रीलंकाका धनञ्जय लक्षण, चामिका करुणारत्ने विदेशी खेलाडीका रूपमा रहेका छन् ।

बुधबारमात्र पोखराले श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समरारत्नायकेलाई अनुबन्धित गरेको जनाएको थियो ।

सुदूरपश्चिम सोमबार पहिलो दिनको खेलमा ८७ रनमा अलआउट भएको थियो । दीपेन्द्रसिंह ऐरीको कप्तानीमा रहेको सुदूरपश्चिममा नेपाली राष्ट्रिय टोलीबाट खेलिसकेका ब्याटरहरू विनोद भण्डारी, आसिफ शेख, इशान भण्डारी रहेका छन् ।

टोलीका विदेशी खेलाडीमा इंग्लिस सैफ जैब, वेस्ट इन्डिजका सेरफन रदरफोर्ड, स्कटल्यान्डका ब्रान्डन म्याकमुलन र न्युजिल्यान्डका स्कट कुग्लेन रहेका छन् ।

सुदूरपश्चिमले बुधबारमात्र थरिन्दु रत्नायकेलाई भित्र्याएको घोषणा गरेको छ ।

विनोद पाण्डे कान्तिपुरका खेलकुद ब्यूरो प्रमुख हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
13h ago
काठमाडौंलाई हराउँदै सुदूरपश्चिम एनपिएलको प्लेअफमा, दीपेन्द्र सिंह ऐरीको अर्धशतक

काठमाडौंलाई हराउँदै सुदूरपश्चिम एनपिएलको प्लेअफमा, दीपेन्द्र सिंह ऐरीको अर्धशतक

काठमाडौं– नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत शुक्रवार भएको खेलमा सुदूरपश्चिम रोयल्सले काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गरेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा ...

#सुदूरपश्चिम #विकेट
Compare →
Nagarik News
13h ago
सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

सुदूरपश्चिम रोयल्स लगातार तेस्रो पटक एनपीएलको प्लेअफमा, सनसनीपूर्ण खेलमा काठमाडौं गोर्खाज पराजित

शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा काठमाडौं गोर्खाजलाई ७ रनले पराजित गर्दै सुदूरपश्चिमले प्लेअफमा आफ्नो स्थान सुरक्षित गरेको हो।

#सुदूरपश्चिम #रोयल्स
Compare →
Onlinekhabar
11h ago
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

२७ कात्तिक, काठमाडौं । पोखराको जिरो किलोमिटरमा रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा आज दिउँसो स्कुटरमा सवार दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको मङ्गला गाउँपालिका दारुङ घर भएका २१ वर्षीय विवेक दर्जी र म्याग्दीकै …

#पोखरा
Compare →
Arthasansar
13h ago
काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

काठमान्डुलाई हराउँदै सुदूरपश्चिम प्लेअफमा, तीनै सिजन प्लेअफमा पुग्ने एकमात्रै टाेली

कप्तान दीपेन्द्र सिंह ऐरीको अर्धशतक अनी बलरहरुको उत्कृष्ट प्रदर्शनमा सुदूरपश्मिच रोएल्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमान्डु गोर्खाजलाई पराजित गर्दै...

#सुदूरपश्चिम
Compare →

Related Stories

Sports
Build #2612