अरब दलहरू (जॉइन्ट लिस्ट र राअम) को सिट सङ्ख्या बढेर १९ पुग्ने देखिएको छ
काठमाडौँ — इजरायलको केन्द्रीय निर्वाचन आयोगले ७६.८ प्रतिशत मतगणना सम्पन्न भएको जानकारी दिएको छ । अहिलेसम्मको अवस्थाअनुसार प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको नेतृत्वमा रहेको गठबन्धनले ५४ सिट प्राप्त गर्ने देखिन्छ। त्यस्तै, गदी आइजेनकोटको नेतृत्वमा रहेको विपक्षी ब्लकले ४७ सिट हासिल गर्ने देखिन्छ ।
यस निर्वाचनमा अरब दलहरू (जॉइन्ट लिस्ट र राअम) को सिट सङ्ख्या बढेर १९ पुग्ने देखिएको छ । पार्टीगत रुपमा नेतान्याहुको लिकुड पार्टी २७ सिटसहित पहिलो दल हुने देखिन्छ । तर अझै मतगणना जारी रहेकाले सिट संख्या फेरबदल हुनसक्छ ।
१ सय २० सदस्यीय इजरायलको संसद्मा बहुमत ल्याउनका लागि ६१ सिट आवश्यक पर्छ ।