Trending
Prev Story
Next Story

पशुपति क्षेत्र विकास कोषअघि १७८ दिनदेखि तिलगंगावासीको धर्ना

Ekantipur •
October 28, 2026 • 10:00 AM
2
2 reads 0 reactions

गत १८ र १९ वैशाख सरकारले बागमती नदी किनारका सुकुमवासी बस्ती हटाउने क्रममा तिलगंगा क्षेत्रका बस्तीका घरटहरा पनि भत्काएको थियो । सोपश्चात् स्थानीयले गौशालास्थित पशुपति क्षेत्र विकास कोषको मुख्य गेटअगाडि धर्नामा दिँदै आएका छन् ।

पशुपति क्षेत्र विकास कोषअघि १७८ दिनदेखि तिलगंगावासीको धर्ना

गत १८ र १९ वैशाख सरकारले बागमती नदी किनारका सुकुमवासी बस्ती हटाउने क्रममा तिलगंगा क्षेत्रका बस्तीका घरटहरा पनि भत्काएको थियो । सोपश्चात् स्थानीयले गौशालास्थित पशुपति क्षेत्र विकास कोषको मुख्य गेटअगाडि धर्नामा दिँदै आएका छन् ।

काठमाडौं — तिलगंगा क्षेत्र (ब्लक बी–१३) का स्थानीयले १७८ दिनदेखि पशुपति क्षेत्र विकास कोषको गेटअगाडि धर्ना दिइरहेका छन् ।

पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा आफूहरूलाई अन्याय भएको भन्दै उनीहरूले कोष अगाडी धर्ना दिएका हुन् । सरकारले आफूहरूलाई कुसुमवासीको व्यवहार गरेर रातारात घरटहरा भत्काएर अन्याय गरेको उनीहरूको आरोप छ । गत १८ र १९ वैशाख सरकारले बागमती नदी किनारका सुकुमवासी बस्ती हटाउने क्रममा तिलगंगा क्षेत्रका बस्तीका घरटहरा पनि भत्काएको थियो । सोपश्चात् स्थानीयले गौशालास्थित पशुपति क्षेत्र विकास कोषको मुख्य गेटअगाडि धर्नामा दिँदै आएका छन् ।

आफूहरू सुकुमवासी नभई लालपुर्जा, भवन निर्माण सम्पन्न प्रमाणपत्र तथा कर तिरेका कागजातसहित बसोबास गरिरहेका नागरिक भएको उनीहरूको दाबी छ । स्थानीय सुदर्शन गौतमले सरकारले आफूहरूलाई अन्याय गरेको आरोप लगाए । विस्थापित परिवारलाई पुनर्वास गराउनुपर्ने वा आफूहरूको जग्गा फिर्ता गर्नुपर्ने उनको भनाइ छ । सरकारले पशुपति क्षेत्र विकास कोषको गुरुयोजना कार्यान्वयनका क्रममा पाँच वटा बस्तीलाई स्थानान्तरण गरी गोठाटार मुलपानी क्षेत्रमा पुनर्वास गराउने गरी स्थानीयसँग सम्झौता गरेको थियो । चार वटा बस्ती स्थानान्तरण भए पनि आफूहरूलाई भने राज्यले अन्याय गरेको उनको भनाइ छ । उनका अनुसार प्रभावित परिवारले स्थानान्तरणको विकल्प स्वीकार गरे पनि सरकारले त्यसअनुसार व्यवस्था नगरेको हो । उनले गुरुयोजना कार्यान्वयन गर्ने भएमा आफूहरूलाई गोठाटार क्षेत्रमा स्थानान्तरण गर्नुपर्ने नभए बस्दै आएको जग्गा उपलब्ध गराउनुपर्ने बताए । बस्ती भत्काउने निर्णय छिटो गर्ने सरकारले प्रभावितलाई न्याय दिन भने ढिलाइ गरेको उनको गुनासो छ । उनका अनुसार स्थानीयको सम्पत्ति २०५३ सालदेखि रोक्का रहेको छ ।

घरटहरा भत्किएपछि परिवारहरू थप समस्यामा परेको उनले बताए । उनले प्रभावित परिवारसँग जग्गासम्बन्धी कागजात, वडा कार्यालयको प्रतिवेदन, महान्यायाधिवक्ताको राय तथा पशुपति क्षेत्र विकास कोषसम्बन्धी कानूनी व्यवस्थालगायतका आधार रहेको दाबी गर्दै ती कागजातका आधारमा समस्याको समाधान गर्न सरकारसँग माग गरे ।

गौतमका अनुसार प्रभावित पक्षले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँगको छलफलमा आवश्यक कागजात र सम्झौतासम्बन्धी प्रमाण पुनः बुझाएको छ । मन्त्रीले घटनाबारे पर्याप्त जानकारी नपाई घर भत्काएको विषयमा सम्बन्धित निकायसँग कागजात मागिएको जानकारी दिएको उनले बताए । स्थानीयका अनुसार उनीहरूको समस्या काठमाडौं महानगरपालिकाको नगर सभामा समेत उठाइएको छ । सम्बन्धित क्षेत्रका सांसदले पनि संसद्मा प्रभावित नागरिकलाई न्याय दिनुपर्ने विषय उठाएको गौतमको भनाइ छ । यद्यपि, लामो समयसम्म माग सम्बोधन नभएको भन्दै स्थानीयले असन्तुष्टि जनाएका छन् । गौतमले प्रधानमन्त्री कार्यालय र ‘हेलो सरकार’मा समेत निवेदन दिएको उल्लेख गर्दै सम्बन्धित निकायबाट ठोस निर्णय नआएको बताए । शान्तिपूर्ण धर्नाबाट सुनुवाइ नभए थप आन्दोलन गर्ने उनले चेतावनी दिए ।

प्रभावित स्थानीयले आफूहरूले अतिरिक्त सुविधा नभई पहिले भएका निर्णय कार्यान्वयन र न्यायोचित पुनर्वास मात्रै मागेको बताएका छन् । उनीहरूले सरकारले घरटहरा भत्काउनुअघि र पछि अपनाएका प्रक्रिया तथा आफ्नो सम्पत्तिको अधिकारसम्बन्धी प्रश्नको स्पष्ट जवाफ दिनुपर्ने माग गरेका छन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Onlinekhabar
1w ago
लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति विरुद्ध प्रदर्शन

लुम्बिनी विकास कोषमा आनी छोइङको नियुक्ति विरुद्ध प्रदर्शन

२० कात्तिक, बुटवल । लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा लगायतको विवादित नियुक्तिको विरोध गर्दै ‘लुम्बिनी बचाउ महाअभियान’ले प्रदर्शन गरेको छ । लुम्बिनीको पर्सा चोकबाट निकालिएको मौन विरोध जुलुस कोषको कार्यालय अगाडि पुगेर कोणसभामा परिणत …

#विकास #कोष
Compare →
Hamro Patro News
1w ago
लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

लुम्बिनीका अधुरा योजना र संरक्षणका चुनौती

रूपन्देही, १९ कात्तिक । लुम्बिनी विकास कोषमा नयाँ नेतृत्व आएसँगै बुद्ध जन्मस्थल लुम्बिनीको विकासलाई कुन दिशामा अगाडि बढाउने भन्ने बहस सुरु भएको छ। सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ...

#विकास #कोष
Compare →
Arthasansar
6d ago
महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंकको लाभांश घोषणा, बोनस र नगद कति ?

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुका लागि वितरण गर्ने लाभांश घोषणा गरेको छ । बैंकको कात्तिक २० गते सबेको सञ्चालक...

#विकास
Compare →
Bizshala
1w ago
गरिमा विकास बैंकले ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्दै, आकर्षक नगद पुरस्कारको व्यवस्था

गरिमा विकास बैंकले ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्दै, आकर्षक नगद पुरस्कारको व्यवस्था

काठमाण्डौ । गरिमा विकास बैंक लिमिटेडले आफ्नो वार्षिकोत्सवको अवसरमा ‘गरिमा रोड रेस–२०८३’ आयोजना गर्ने भएको छ।स्वस्थ...

#विकास
Compare →
Nagarik News
1w ago
विकास र जिम्मेवारी बाँडफाँटको अभ्यास तल्लो तहबाटै सुरु गर्नुपर्छ : सभापति लामिछाने

विकास र जिम्मेवारी बाँडफाँटको अभ्यास तल्लो तहबाटै सुरु गर्नुपर्छ : सभापति लामिछाने

रवि लामिछानेले पार्टीभित्र नेतृत्व विकास र जिम्मेवारी बाँडफाँडको अभ्यास तल्लो तहबाटै सुरु गर्नुपर्ने बताएका छन्।

#विकास
Compare →

Related Stories

Business & Economy
Build #2612