Trending
Prev Story
Next Story

एन्फा मुख्यालयको ताला खोलियो, वरिष्ठ उपाध्यक्षले बोलाए बैठक

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions

११ कात्तिक, काठमाडौं । वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काको नेतृत्वमा अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको ताला खोलिएको छ । अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई सम्पर्कविहिन भएसँगै वरिष्ठ उपाध्यक्षसहित बहुमत सदस्यले एन्फा मुख्यालयमा लगाइएको …

एन्फा मुख्यालयको ताला खोलियो, वरिष्ठ उपाध्यक्षले बोलाए बैठक

११ कात्तिक, काठमाडौं । वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काको नेतृत्वमा अखिल नेपाल फुटबल संघ (एन्फा) मुख्यालयको ताला खोलिएको छ । अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई सम्पर्कविहिन भएसँगै वरिष्ठ उपाध्यक्षसहित बहुमत सदस्यले एन्फा मुख्यालयमा लगाइएको ताला खोलेका हुन् ।

एन्फाको विधानको धारा ३१(२) बमोजिम कार्यसमितिका एक तिहाइ वा सोभन्दा बढी सदस्यले लिखित माग गरेमा कार्यसमितिको बैठक अनिवार्य रूपमा बोलाउनुपर्ने व्यवस्था छ ।

सोही व्यवस्थाअनुसार २२ दिनअघि बैठक आव्हान गर्न बहुमत सदस्यहरुले माग गरेका थिए । तर, अध्यक्ष नेम्बाङले २१ दिनसम्म नडाकेपछि उनीहरू बैठक डाक्ने निर्णयमा पुगेका हुन् । योसँगै वरिष्ठ उपाध्यक्ष विरबहादुर खड्काले १३ गतेका लागि एन्फा कार्यसमितिको बैठक डाकेका छन् ।

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ, महासचिव किरण राई, कोषाध्यक्ष रविन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो ।

जोशी र पाण्डे धरौटीमा छुटेका छन् भने नेम्वाङ र राई भने आज मात्रै अदालतमा उपस्थित भएका छन् । उनीहरुको वयान सकिएको र आजै थुनछेक बहस हुने जिल्ला अदालत ललितपुरले जनाएको छ । तेस्रो पक्षको हस्तक्षेप भएको भन्दै अर्न्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा)बाट २४ जुन यता एन्फा निलम्बनमा छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
2w ago
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा

एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई ललितपुर जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन्। ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीको एकल इजलासले बुधबार नेम्ब...

#एन्फा #नेम्बाङ
Compare →
Ekantipur
2w ago
लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिमा किन हुन्छ विरोध ?

लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिमा किन हुन्छ विरोध ?

२०७४ मा अवधेशकुमार त्रिपाठी उपाध्यक्ष बन्नुअघिसम्म नियुक्तिमा खासै चासो हुने गरेको थिएन, त्रिपाठीको कार्यकाल सकिएपछि २०८० मा ल्हारक्याल लामालाई उपाध्यक्ष नियुक्ति गर्दा विवादित व्यक्ति भन्दै विरोध भयो, अध्यादेशबाट लामालाई पदमुक्त गरिएपछि आनी छोइङ डोल्मालाई हालै उपाध्यक्ष बनाइँदा विरोधमा धर्ना र प्रदर्शन नै भइरहेका छन् ।

#उपाध्यक्ष
Compare →
Arthasansar
1w ago
विकास र लगानीलाई एउटै क्षेत्रमा केन्द्रित गर्ने पुरानो शैलीले मुलुकलाई ठूलो आर्थिक जोखिममा पार्यो - उपाध्यक्ष भट्ट

विकास र लगानीलाई एउटै क्षेत्रमा केन्द्रित गर्ने पुरानो शैलीले मुलुकलाई ठूलो आर्थिक जोखिममा पार्यो - उपाध्यक्ष भट्ट

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. गुणाकर भट्टले विकास र लगानीलाई एउटै क्षेत्रमा केन्द्रित गर्ने पुरानो शैलीले मुलुकलाई ठूलो आर्थिक र...

#उपाध्यक्ष
Compare →

Related Stories

World News
Build #2612