Trending
Prev Story
Next Story

एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा

Hamro Patro News •
October 29, 2026 • 01:00 AM
1
1 reads 0 reactions

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई ललितपुर जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन्। ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीको एकल इजलासले बुधबार नेम्ब...

एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई ललितपुर जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन्।

ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीको एकल इजलासले बुधबार नेम्बाङ र राईलाई जनही पाँच लाख धरौटीमा छोड्न आदेश जारी गरेको हो। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले एन्फाका अध्यक्ष नेम्बाङ, महासचिव राई, कोषाध्यक्ष रवीन्द्रमान जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेविरुद्ध खेलमिलोमतो, भ्रष्टाचार तथा अन्य अनियमितताको विषयमाथिको अनुसन्धानमा दोषी देखिएको भन्दै मुद्दा दायर गरेको थियो। जोशी र पाण्डे अदालतको आदेशअनुसार धरौटी बुझाएर रिहा भइसकेका थिए। अध्यक्ष नेम्वाङ र महासचिव राई बुधबार अदालतमा उपस्थित भएका थिए। अदालतले तोकेको जनही ५ लाख रुपैयाँ धरौटी बुझाएर एन्फा अध्यक्ष नेम्बाङ र महासचिव राई बुधबार नै रिहा भइसकेका छन्।

Read full story at source ( nagariknews.nagariknetwork.com )

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Nagarik News
2w ago
एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा

एन्फा अध्यक्ष र महासचिव धरौटीमा रिहा

अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राई ललितपुर जिल्ला अदालतबाट धरौटीमा रिहा भएका छन्।

#धरौटी #एन्फा #रिहा
Compare →
Onlinekhabar
3w ago
जनही पाँच/पाँच लाख धरौटी बुझाएर रिहा भए एन्फा अध्यक्ष र महासचिव

जनही पाँच/पाँच लाख धरौटी बुझाएर रिहा भए एन्फा अध्यक्ष र महासचिव

११ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङ र महासचिव किरण राईलाई पाँच/पाँच लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। बुधबार भएको बयानपछि ललितपुर जिल्ला अदालतका न्यायाधीश हरिसिंह धामीको इजलासले उनीहरूलाई …

#धरौटी #एन्फा #रिहा
Compare →
Ekantipur
2w ago
एन्फाका अध्यक्ष र महासचिव ५ लाख धरौटीमा छुटे

एन्फाका अध्यक्ष र महासचिव ५ लाख धरौटीमा छुटे

जिल्ला अदालत ललितपुरका न्यायाधीश हरिसिंह धामीको इजलासले एन्फाका अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई ५/५ लाख धरौटी लिएर छाड्न आदेश दिएको थियो ।

#धरौटी #एन्फा
Compare →
Setopati
2w ago
सञ्चारमन्त्री तिमिल्सिना भन्छन्– पत्रकार रिहा भए, सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध

सञ्चारमन्त्री तिमिल्सिना भन्छन्– पत्रकार रिहा भए, सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिबद्ध

सूचना तथा सञ्चार मन्त्री विक्रम तिमिल्सिनाले पक्राउ परेका सबै पत्रकार रिहा भएको बताएका छन्।

#रिहा
Compare →
Bizshala
1d ago
ज्येष्ठ नागरिकको सुविधा पाएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी रिहा

ज्येष्ठ नागरिकको सुविधा पाएपछि पूर्वउपप्रधानमन्त्री रायमाझी रिहा

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कैद सजाय भोगिरहेका पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी बिहीबार रिहा...

#रिहा
Compare →

Related Stories

Technology
Build #2612