Trending
Prev Story
Next Story

भोटेकोशी विपद् : पुन:स्थापन र पुनर्निमाणका लागि ५७ मिलियन अमेरिकी डलर आवश्यक

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । रसुवा–भोटेकोशी विपद्‌बाट भएको क्षतिको प्रारम्भिक अनुमान अनुसार पुन:स्थापना तथा पुनर्निर्माणका लागि ४ अर्ब ७० करोडदेखि ४ अर्ब ७५ करोड अमेरिकी डलरसम्म आवश्यक पर्ने देखिएको सरकारले जनाएको छ । तर प्रारम्भिक पुन:स्थापनाका लागि …

भोटेकोशी विपद् : पुन:स्थापन र पुनर्निमाणका लागि ५७ मिलियन अमेरिकी डलर आवश्यक

११ कात्तिक, काठमाडौं । रसुवा–भोटेकोशी विपद्‌बाट भएको क्षतिको प्रारम्भिक अनुमान अनुसार पुन:स्थापना तथा पुनर्निर्माणका लागि ४ अर्ब ७० करोडदेखि ४ अर्ब ७५ करोड अमेरिकी डलरसम्म आवश्यक पर्ने देखिएको सरकारले जनाएको छ ।

तर प्रारम्भिक पुन:स्थापनाका लागि सरकारले तत्काल ५७ मिलियन अमेरिकी डलर आवश्यक रहेको बताइएको छ ।

कृषि, वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं प्रवक्ता डा. महेश्वर ढकालले गैरआर्थिक क्षतिको मूल्याङ्कन गर्दा आवश्यक रकम प्रारम्भिक अनुमानभन्दा अझ बढी हुन सक्ने बताए । बुधबार सिंहदरबारमा बसेको भोटेकोशी एवं कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समितिको बैठकमा उनले गैरआर्थिक क्षतिसहितको आधिकारिक विवरण पछि सार्वजनिक गरिने जानकारी दिए ।

‘४.७ देखि ४.७५ अर्ब डलरको आवश्यकता प्रारम्भिक अनुमान हो । गैरआर्थिक क्षति तथा नोक्शानी योभन्दा बढी हुन सक्छ । यसको आधिकारिक तथ्याङ्कसहित विस्तृत विवरण पछि सार्वजनिक गर्नेछौं । तत्कालीन प्रारम्भिक पुन:प्राप्तिका लागि ५७ मिलियन डलर आवश्यक छ । तर अहिले नै सरकारले सम्पूर्ण रकम जुटाउन सम्भव छैन,’ उनले भने ।

ढकालका अनुसार विपद्पछिको प्रारम्भिक पुन:स्थापनाका लागि आवश्यक ५७ मिलियन डलर तत्काल जुटाउन सरकारलाई चुनौती छ । सरकारले आवश्यक सबै रकम एकैपटक जुटाउन सक्ने अवस्था नरहेकाले अन्तर्राष्ट्रिय सहयोगको अपेक्षा गरिएको उनले बताए ।

‘लस एण्ड ड्यामेज फन्ड’को बैठकले नेपाललाई प्रश्ताव पेश गर्न २० मिलियन अमेरिकी डलर उपलब्ध गराउने प्रस्ताव गरेको छ । त्यसका लागि १.६ मिलियन डलर व्यवस्थापन खर्च छुट्याइएको जानकारी पनि उनले दिए ।

‘अन्तर्राष्ट्रिय समुदायले यस विषयलाई उच्च प्राथमिकता दिँदै हानि तथा नोक्शानीसम्बन्धी कोषको विशेष आपत्कालीन बैठक बसेको थियो । उक्त बैठकले नेपाललाई प्रश्ताव पेश गर्न २० मिलियन डलर उपलब्ध गराउने निर्णय गरेको छ भने १.६ मिलियन डलर व्यवस्थापन खर्चका लागि छुट्याइएको छ,’ उनले भने, ‘सचिवालयको औपचारिक पत्र प्राप्त भएपछि हामी प्रश्ताव तयार गरी पेस गर्नेछौं । प्रश्ताव स्वीकृतिका लागि डिसेम्बर १५–१७ मा फिलिपिन्सको मनिलामा बोर्ड बैठक हुँदैछ । उक्त बैठकमा प्रश्ताव पेश गर्न नसकिएमा मार्च १७–१९ मा काठमाडौंमा हुने बोर्ड बैठकसम्म निर्णय हुने अपेक्षा गरेका छौं ।’

फन्डको सचिवालयबाट औपचारिक पत्र प्राप्त भएपछि नेपालले २० मिलियन डलरका लागि प्रश्ताव तयार गरी पेश गर्ने ढकालले बताए । प्रस्तावअघि जति छिटो पेश गर्न सकियो, त्यति छिटो स्वीकृति र कार्यान्वयन प्रक्रिया अघि बढ्ने उनको भनाइ छ । प्रस्ताव स्वीकृतिका लागि दुईवटा सम्भावित समयसीमा रहेको उनले बताए ।

प्रस्ताव डिसेम्बर १५ देखि १७ सम्म फिलिपिन्सको मनिलामा हुने फण्डको बोर्ड बैठकमा पेश गर्न सकिनेछ । आवश्यक तथ्याङ्क सङ्कलन, प्रमाणीकरण र समीक्षा गर्न समय लागेमा भने मार्च १७ देखि १९ सम्म काठमाडौंमा हुने बोर्ड बैठकसम्म निर्णय हुनसक्ने उनले बताए ।

‘राष्ट्रिय सभा र प्रतिनिधि सभाका दुवै समितिले यस विषयमा अध्ययन गरिरहेकाले उनीहरूका सुझाव र निर्णयबीच एकरूपता तथा समन्वय हुन आवश्यक छ । दुवै समितिका प्रतिवेदनलाई एउटै प्रतिवेदनमा समेट्न सकिन्छ कि, नभए पनि तिनको मूल आशय समान हुने गरी तयार गर्न सकिन्छ कि भन्ने मेरो अनुरोध छ । यसले सरकारलाई सिफारिस कार्यान्वयन गर्न सहज हुनेछ,’ उनले भने ।

बैठकमा ढकालले विपद्सम्बन्धी अध्ययन गरिरहेका राष्ट्रिय सभा र प्रतिनिधिसभाका समितिबीच पनि समन्वय आवश्यक रहेको बताए ।

दुवै समितिले छुट्टाछुट्टै अध्ययन गरिरहेको अवस्थामा उनीहरूका निष्कर्ष र सुझाव एकअर्काका परिपूरक हुनुपर्ने उनको भनाइ छ । दुवै समितिका प्रतिवेदनको मूल आशयमा एकरूपता कायम गर्नसके सरकारलाई सुझाव कार्यान्वयन गर्न सहज हुने उनले बताए  ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
10h ago
अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि मन्त्री पुनले मागे विज्ञसँग सुझाव

अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापनाका लागि मन्त्री पुनले मागे विज्ञसँग सुझाव

काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले विभिन्न क्षेत्रमा अनुसन्धान तथा नवप्रवर्तन केन्द्र स्थापना र सञ्चालन गर्ने तयारीस्वरूप विज्ञ वैज्ञानिक तथा अनुसन्धानकर्तासँग सुझाव माग...

#पुन #स्थापन
Compare →
Bizshala
17h ago
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको घट्यो

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ।आज अमेरिकी डलरको भाउ बढेको छ। आज...

#अमेरिकी #डलर
Compare →
Nagarik News
14h ago
एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडिया प्रकरण : जेन्सेन र हावर्डलाई अमेरिकी संसदले बोलायो

एनभिडियाले राष्ट्रिय सुरक्षा वा कम्पनीका गोप्य सूचनामा असर परेको विश्वास गर्ने कुनै आधार नभएको बताएको छ। कम्पनीले घटनाबारे स्वतन्त्र अनुसन्धान गरिरहेको जनाएको छ।

#अमेरिकी
Compare →
Ekantipur
1d ago
ताइवानलाई शान्तिपुर्ण रुपमा पुनः एकिकरण गर्न सीपीसी प्रतिबद्ध : सी

ताइवानलाई शान्तिपुर्ण रुपमा पुनः एकिकरण गर्न सीपीसी प्रतिबद्ध : सी

सीले सबल तथा समृद्ध चीनका लागि देशभक्ति प्रवद्र्धन गर्न चिनियाँ जनतालाई आग्रह गरे

#पुन
Compare →
Arthasansar
1d ago
डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

डलर, युरो र पाउण्डको मूल्य घट्यो, कुन देशको विनिमयदर कति ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, युरो र पाउण्ड सहित अघिकांश...

#अमेरिकी #डलर
Compare →

Related Stories

Building & Construction
Build #2611