Trending
Prev Story
Next Story

हेटौंडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, बागमती । नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो । उक्त मन्दिर हेटौँडा उपमहानगरपालिका–७ मा रहेको छ । हेटौँडामा बस्ती बसाउने सन्दर्भमा २००७ सालतिर यहाँको जङ्गल फडानी भएकोमा २००८ सालदेखि …

हेटौंडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

११ कात्तिक, बागमती । नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो । उक्त मन्दिर हेटौँडा उपमहानगरपालिका–७ मा रहेको छ । हेटौँडामा बस्ती बसाउने सन्दर्भमा २००७ सालतिर यहाँको जङ्गल फडानी भएकोमा २००८ सालदेखि वनदेवीको मन्दिर स्थापना गरी पूजाआजा गरिँदै आएको वनदेवी मन्दिर संरक्षण समितिका अध्यक्ष हरिहर ढकालले जानकारी दिए ।

किंवदन्तीअनुसार जङ्गल फडानी भई बस्ती बस्न थालेसँगै यहाँका स्थानीयवासी एवं घर पालुवा जनावरमा विभिन्न किसिमका स्वास्थ्य समस्याहरू देखिन थालेछन् । समग्र बस्ती नै रोगव्याधिबाट ग्रसित हुन थालेसँगै स्थानीय अर्याल थरका ज्योतिषी कहाँ हेराउँदा वनदेवीको पूजाआजा गरेमा सबै समस्याबाट मुक्त भइने भन्ने कुरा आएछ ।

भनिएअनुसार उक्त परिसरमा रहेको त्रिशूल जस्तो आकारको देखिने सालको रुखमुनि शिला स्थापना गरी वनदेवीको पूजाआजा गरिएछ । पूजा गरिएसँगै सबै किसिमका स्वास्थ्य समस्या अन्त्य भएको किंवदन्ती रहेको अध्यक्ष ढकालले जानकारी दिए ।

त्यस समयदेखि नै यहाँ वनदेवीको निरन्तर पूजाआजा हुँदै आएको बताउँदै उनले यस आसपासका बहादुरगञ्ज, राजपानी, नागस्वती, अग्राठेलगायत क्षेत्रका बासिन्दाले अत्यन्त श्रद्धा भक्तिपूर्वक नियमित रुपमा पूजाआजा गर्दैै आएको जानकारी दिए ।

‘मन्दिरमा विभिन्न भाकलसहित पूजाआजा गर्न आउनेको सङ्ख्या बढ्दो छ’, उनले भने, ‘श्रद्धा भक्तिका साथ पुजाआजा गरिएमा मनले चिताएको पुग्ने गरेको हाम्रा प्रत्यक्ष अनुभवहरू रहेका छन् ।’

मन्दिर परिसरमा गणेश, ऋृषेश्वर महादेव, हनुमान, राधाकृष्ण आदि देवीदेवताका मूर्तिहरू रहेका छन् । विगतमा चैते दसैँका समयमा मेला लाग्ने गरेपनि पछिल्ला वर्षमा उक्त मेला लाग्न छोडेको स्थानीयवासी बताउँछन् ।

चैत शुक्ल अष्टमीदेखि नवमीसम्म मेला लाग्ने गरेको छ । मेलाका क्रममा बलि चढाइएको बोकाको मासु प्रसादस्वरुप वरपरका सबै स्थानीयवासीलाई बाँड्ने प्रचलन रहेको थियो ।

यसअघि मन्दिरमा मगर समूदायले हाँस तथा कुखुरा, क्षेत्री समुदायले बोका, नेवारले राँगाको बलि दिने प्रचलन रहेको ढकालले जानकारी दिए ।

बडादसैँ, चैतेदसैँसहित विभिन्न तिथिमिति र पर्व विशेषमा पूजाआजा हुने गरेको यस मन्दिरमा अन्य कुनै आर्थिक स्रोत नभए पनि भक्तजनबाट गरिएका दान तथा सहयोगले नियमित पूजाआजा सञ्चालन भइरहेको उनले बताए ।

यसअघि स्थानीय गिरिराज ढकालले बनाइदिनुभएको मन्दिर भूकम्पका कारण क्षतिग्रस्त बनेसँगै स्थानीय समाजसेवी दलबहादुर खड्काले एक करोड ६४ लाख रुपैयाँ लागतमा हालको मन्दिर निर्माण गरिदिएका हुन् ।

मन्दिरमा यस अघि २०८१ साल माघ १२ गतेदेखि २० गतेसम्म विशेष धार्मिक अनुष्ठान लगाइएको थियो । हेडौँडा महानगरपालिका–७ का पूर्ववडाध्यक्ष राजन थापाका अनुसार हेटौँडाको बस्ती विकासको इतिहासको साक्षी यो मन्दिर धार्मिक पर्यटकीय गन्तव्यका रुपमा  विकास भइरहेको छ ।

वनदेवी मन्दिरको दिगो र व्यवस्थित सञ्चालनलाई लक्षित गरी अक्षयकोष स्थापना गरिएको छ । पछिल्ला समयमा यस क्षेत्रबाट स्थानीयवासीले विभिन्न किसिमको सहयोग स्वतस्फुर्त रुपमा सहयोग गर्ने गरेका छन् । मन्दिरको अक्षयकोषमा २० लाख रुपैयाँ जम्मा भइसकेको अध्यक्ष ढकालले जानकारी दिए ।

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
7h ago
पूर्वाधार विकास मन्त्री लम्सालसँग भारतीय राजदूत दलेलाको भेटवाता

पूर्वाधार विकास मन्त्री लम्सालसँग भारतीय राजदूत दलेलाको भेटवाता

काठमाडौं। नेपालका लागि भारतीय राजदूत महामहिम सुधाकर दलेलाले शुक्रबार पूर्वाधार विकास मन्त्री सुनिल लम्सालसँग भेटवार्ता गरेका छन्। भेटको क्रममा पूर्वाधार विकास तथा कनेक्टिभिटीका क्षेत्रमा द्विपक्षी...

#विकास
Compare →
Bizshala
10h ago
जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

जीवन विकास लघुवित्तको नाफामा छलाङ, तीन महिनामै २० करोड कमाउँदा प्रतिसेयर आम्दानी ४६ रुपैयाँ माथि

काठमाण्डौ । जीवन विकास लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा आकर्षक नाफा वृद्धि...

#विकास
Compare →
Nagarik News
2d ago
मन्दिर परिसरमा अन्धाधुन्ध पटाका, बच्चा बोकेकी महिलाको खास्टोमै अड्कियो रकेट

मन्दिर परिसरमा अन्धाधुन्ध पटाका, बच्चा बोकेकी महिलाको खास्टोमै अड्कियो रकेट

विश्वसम्पदा सूचीमा सूचीकृत भक्तपुरको प्रसिद्ध पाँचतल्ले (न्यातापोल) मन्दिर परिसरमै खुला रूपमा पटाका पड्काइँदा सयौँ वर्ष पुराना ऐतिहासिक काष्ठकला संरचना आगलागीको उच्च जोखिममा परेका छन्।

#मन्दिर
Compare →
Ekantipur
2d ago
रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

रानीपोखरीमा भाइटीका लगाउनेको भीड, बिहानैदेखि बालगोपालेश्वर मन्दिरमा घुइँचो

तिहारको पाँचौँ दिन दिदीबहिनीले दाजुभाइलाई सप्तरङ्गी टीका र सयपत्री तथा मखमली फूलको माला लगाइदिएर पर्व मनाइरहेका छन्।

#मन्दिर
Compare →
Arthasansar
2d ago
रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

रानीपोखरीको बालगोपाल मन्दिरमा भाइटीका लगाउनेको चहलपहल

आज भाइटीका पर्वका अवसरमा काठमाडौँको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा बिहानैदेखि दर्शन गर्ने तथा भाइटीका लगाउनेहरूको चहलपहल बढेको छ। दिदीबहिनी नभएका दाजुभाइ...

#मन्दिर
Compare →

Related Stories

Health & Wellness
Build #2611