Trending
Prev Story
Next Story

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

Nagarik News •
October 18, 2026 • 11:16 AM
1
1 reads 0 reactions

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन्।

मर्भुङकोट पुर्खाको विरासत र आस्थाको धरोहर : महानिरीक्षक कार्की

प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले मर्भुङकोट मन्दिर पुर्खाको पौरख, गौरव र नयाँ पुस्ताका लागि प्रेरणाको जीवन्त पाठशाला भएको बताएका छन्।

करिब ५०० वर्ष पुरानो धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको गुल्मीको मालिका गाउँपालिका-८ स्थित ऐतिहासिक मर्भुङकोट मन्दिरको आज उद्घाटन गर्दै उनले धार्मिक आस्था र सांस्कृतिक सम्पदाको संरक्षणसँगै समाजमा सामाजिक सद्भाव कायम गर्नुपर्ने बताएका हुन्।

महानिरीक्षक कार्कीले धार्मिक पर्यटनको सम्भावना बोकेको मर्भुङकोट क्षेत्रको विकासका लागि सडक पहुँच, खानेपानी, शौचालय र विश्रामस्थललगायत आधारभूत पूर्वाधार निर्माणमा स्थानीय, प्रदेश र सङ्घीय सरकार तथा सरोकारवाला निकायबिच समन्वय हुन आवश्यक रहेको बताए।

सो अवसरमा देवीको पूजा गर्ने तर घरपरिवार र समाजमा महिलामाथि अन्याय एवं शोषण गर्ने प्रवृत्ति विरोधाभासपूर्ण रहेको धारणा व्यक्त गरेका छन्। ‘समाजबाट घरेलु हिंसा, बोक्सीको आरोप, छाउपडी, दाइजो र बालविवाहजस्ता कुप्रथाको अन्त्य गरी महिलाको सम्मान सुनिश्चित गर्न सके मात्र विजयादशमीको सन्देश सार्थक हुन्छ’, महानिरीक्षक कार्कीले भने।

उनले विजयादशमी असत्यमाथि सत्यको विजयको प्रतीक मात्र नभई समाजमा विद्यमान विकृति र कुरीतिविरुद्ध सङ्कल्प गर्ने अवसर भएको बताएका छन्।

स्थानीय जनसहभागिताको सहयोगमा उक्त मन्दिरको पुनर्निर्माण गरिएको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष हिमालय केसीले जानकारी दिए।

मालिका गाउँपालिकाका उपाध्यक्ष उपेन्द्र अर्यालका अनुसार मन्दिर पुनर्निर्माणमा कुल ६० लाख रुपैयाँ खर्च भएको छ। निर्माणका लागि ३२४ जना दाताबाट न्यूनतम १०० देखि अधिकतम तीन लाख ३१ हजार १११ रुपैयाँसम्म सहयोग सङ्कलन गरिएको उनले जानकारी दिएका छन्।

कार्यक्रममा मन्दिर निर्माणमा उल्लेखनीय योगदान पुर्‍याउने चन्दादाता तथा निर्माण समितिका पदाधिकारीलाई सम्मान गरिएको थियो। मर्भुङकोट मन्दिर साबिकका मर्भुङ, सिर्सेनी, अर्खाबाङ र हवाङ्दी गाउँको साझा ऐतिहासिक तथा धार्मिक आस्थाको केन्द्रका रूपमा स्थापना भएको मानिन्छ। रासस

प्रकाशित: २ कार्तिक २०८३ १७:०१ आइतबार

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Onlinekhabar
1w ago
दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो

दानबहादुर कार्कीको रिटमा कात्तिक ३० गते पेशी तोकियो

२० कात्तिक, काठमाडौं । निवर्तमान प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले पेश गरेको रिटमा यहि कात्तिक ३० गतेका लागि पेशी तोकिएको छ । आफूलाई गैरकानूनी रूपमा प्रहरी महानिरीक्षकबाट हटाइएको दाबीसहित कार्कीले सर्वोच्च अदालतमा पेश गरेको रिट निवेदन बिहीबार …

#महानिरीक्षक #कार्की
Compare →
Ekantipur
1w ago
प्रहरी महानिरीक्षकबारे सभापति लामिछानेले भने- 'सरकारले औचित्य पुष्टि गर्ला'

प्रहरी महानिरीक्षकबारे सभापति लामिछानेले भने- 'सरकारले औचित्य पुष्टि गर्ला'

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त गर्ने सरकारको निर्णयबारे रास्वपा सभापति रवि लामिछानेले प्रतिक्रिया दिएका छन् ।

#महानिरीक्षक #कार्की
Compare →
Hamro Patro News
1w ago
कारबाहीमा परेका पूर्वआईजीपी कार्कीको मुद्दा दर्ता भएन

कारबाहीमा परेका पूर्वआईजीपी कार्कीको मुद्दा दर्ता भएन

काठमाडौँ – नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारमा सरुवा गर्ने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दिएको रिट सर्वोच्च अदालतमा दर्ता भएन । बुधबार सर...

#महानिरीक्षक #कार्की
Compare →
Arthasansar
1w ago
दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

दानबहादुर कार्कीको रिट सर्वोच्च अदालतमा दर्ता

नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) आफूलाई आईजीपीबाट हटाउने सरकारको निर्णयविरुद्ध दानबहादुर कार्कीले दायर गरेको रिट सर्वोच्च अदालतमा दर्ता भएको छ ।...

#कार्की
Compare →

Related Stories

Technology
Build #2611