कांग्रेसको केन्द्रीय कार्यालय सानेपा एक समारोहबीच सभापति थापाले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । शपथपछि उनले प्रमाणपत्र लिएका छन् ।
काठमाडौँ — नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले शनिबार शपथ लिएका छन् ।
कांग्रेसको केन्द्रीय कार्यालय सानेपा एक समारोहबीच सभापति थापाले पद तथा गोपनियताको शपथग्रहण गरेका हुन् । शपथपछि उनले प्रमाणपत्र लिएका छन् ।
थापा कांग्रेसको१५ औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा लोकप्रिय मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका थिए ।
सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्कालाई पराजित गर्दै थापाले ६ हजार ५८४ मत प्राप्त गरेका थिए । उनले कुल मतको ९४.६ प्रतिशत मत प्राप्त गर्दा खड्कीले ३७५ मत अर्थात् ५.४ प्रतिशत मत पाएका थिए ।