Trending
Prev Story
Next Story

प्रहरी महानिरीक्षकबारे सभापति लामिछानेले भने- 'सरकारले औचित्य पुष्टि गर्ला'

Ekantipur •
November 05, 2026 • 12:31 PM
1
1 reads 0 reactions

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त गर्ने सरकारको निर्णयबारे रास्वपा सभापति रवि लामिछानेले प्रतिक्रिया दिएका छन् ।

प्रहरी महानिरीक्षकबारे सभापति लामिछानेले भने- 'सरकारले औचित्य पुष्टि गर्ला'

नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीलाई हटाएर मनोज केसीलाई नियुक्त गर्ने सरकारको निर्णयबारे रास्वपा सभापति रवि लामिछानेले प्रतिक्रिया दिएका छन् ।

काठमाडौँ — नेपाल प्रहरीका महानिरीक्षकबाट दानबहादुर कार्कीलाई हटाएर मनोजकुमार केसीलाई नियुक्त गर्ने सरकारको निर्णयमा सरकारको नेतृत्व गर्ने रास्वपा सभापति रवि लामिछानेले प्रतिक्रिया जनाएका छन् ।

निर्वाचन क्षेत्र चितवनमा रहेका लामिछानेले प्रहरी महानिरीक्षकका सम्बन्धमा सरकारले औचित्य पुष्टि गर्नुपर्ने बताएका हुन् । बिहीबार उनले भने, 'सरकारले गरेका कुराहरूमा थप स्पष्टता चाहियो, प्रश्न भयो भने त्यसमा पार्टीले चेक एन्ड ब्यालेन्स गर्ने, त्यसलाई सोध्ने, त्यसको अझ बढी स्पष्ट पार्ने गर्नैपर्छ । सरकारले गरेका सबै निर्णयमा हो मा हो मिलाउँदैन पार्टीले र पार्टीले गरेका हरेक कामलाई पनि सरकारले हो मा हो मिलाउँदैन ।'

महानिरीक्षक परिवर्तन गर्न भनेर पार्टीले सरकारलाई निर्देशन नदिएको भन्दै सभापति लामिछानेले सरकारले आफ्नो निर्णयको औचित्य पुष्टि गर्नुपर्ने बताएका हुन् । प्रहरी महानिरीक्षकका सम्बन्धमा सरकारको निर्णयबारे लामिछानेले भने, 'सरकारले काम गर्दा, कदम चाल्दा औचित्य पुष्टि गर्ने जिम्मेवारी सरकारको रहन्छ । त्यो औचित्य सरकारले पुष्टि गर्ला । सुरक्षा निकायसँग सम्बन्धित रहेको जिम्मेवारी हेरफेर असाध्यै संवेदनशील विषय समावेश भएको कारणले सरकारले कुनै निश्चित समयमा यसको औचित्य पुष्टि अवश्य गर्ला ।'

सभापति लामिछानेले सरकारका निर्णयबारे पार्टीले आवश्यक पर्दा निर्देशन दिइरहेको पनि बताए । महानिरीक्षकको सम्बन्धमा सरकारको निर्णयबारे पार्टीका प्रवक्ता जगदीश खरेलले प्रतिक्रिया दिइसकेको पनि लामिछानेले बताए ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
6d ago
प्रचण्ड भन्छन्- ‘दानबहादुर कार्कीलाई अदालतले न्याय  दिन्छ भन्ने विश्वास छ’

प्रचण्ड भन्छन्- ‘दानबहादुर कार्कीलाई अदालतले न्याय  दिन्छ भन्ने विश्वास छ’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी महानिरीक्षक पदबाट हटाइएका दानबहादुर कार्कीलाई सर्वोच्च अदालतले न्याय दिने विश्वास व्यक्त गरेका छन्। शनिबार क...

#दानबहादुर #कार्की
Compare →
Nagarik News
5d ago
यस वर्षको छठ पर्वमा मनाउन लामिछानेले जनकपुरधाम जाने

यस वर्षको छठ पर्वमा मनाउन लामिछानेले जनकपुरधाम जाने

रास्वपाका सभापति रवि लामिछानेले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीलाई सुख, शान्ति, समृद्धि र नयाँ आशाको शुभकामना व्यक्त गरेका छन् ।

#रवि-लामिछाने #लामिछाने
Compare →
Onlinekhabar
19h ago
फेरि ‘पिपली लाइभ’को याद आयो, आत्महत्या गर्ने किसानलाई सरकारले एक लाख दिने भनेपछि

फेरि ‘पिपली लाइभ’को याद आयो, आत्महत्या गर्ने किसानलाई सरकारले एक लाख दिने भनेपछि

रवि लामिछानेले भीमफेदी दुर्घटनामा ज्यान गुमाएका परिवारलाई ‘राहत रकम’ दिने कुरा उठाइरहँदा मलाई आमिर खानको फिल्म ‘पिपली लाइभ’ झल्झली याद आयो । सर्वसाधारणको जीवन भन्दा मृत्यु कसरी मूल्यवान बनाइदिन्छन् ? गरिबको  नियतिमाथि राजनीतिले कति रसिलो …

#रवि-लामिछाने #सरकारले
Compare →

Related Stories

Politics & Governance
Build #2611