Trending
Prev Story
Next Story

आन्दोलनकारीले नै क्षतिग्रस्त पूर्वाधार निर्माणको खर्च व्यहोर्नुपर्ने विधेयक फ्रान्सको माथिल्लो सदनबाट पारित

Ekantipur •
October 28, 2026 • 09:00 AM
1
1 reads 0 reactions

अक्टोबर १७ मा फ्रान्समा आन्दोलनका क्रममा देशभर ठूलो संख्यामा राष्ट्रिय महत्वका पूर्वाधारहरुमा तोडफोड तथा आगजनी भएको थियो ।सपिङ मल र स्थानीय पसलहरु पनि निशानामा परेका थिए

आन्दोलनकारीले नै क्षतिग्रस्त पूर्वाधार निर्माणको खर्च व्यहोर्नुपर्ने विधेयक फ्रान्सको माथिल्लो सदनबाट पारित

अक्टोबर १७ मा फ्रान्समा आन्दोलनका क्रममा देशभर ठूलो संख्यामा राष्ट्रिय महत्वका पूर्वाधारहरुमा तोडफोड तथा आगजनी भएको थियो ।सपिङ मल र स्थानीय पसलहरु पनि निशानामा परेका थिए

काठमाडौँ — फ्रान्सको संसदको माथिल्लो सदन (सिनेट) ले सार्वजनिक प्रदर्शनका क्रममा हुने तोडफोड र क्षतिको आर्थिक दायित्व प्रदर्शनकारी आफैंले व्यहोर्नुपर्ने व्यवस्थासहितको विधेयक बुधबार पारित गरेको छ । फ्रान्सेली सञ्चारमाध्यम फ्रान्स ट्वान्टी फोर का अनुसार आन्दोलन गर्न पाउने नैसर्गिक अधिकारलाई नै यस विधेयकले  कुण्ठित गर्नसक्ने आरोप विपक्षीहरुले लगाएका छन् ।

गत मे महिनामा युरोपियन च्याम्पियन्स लिग फुटबलको फाइनलमा पेरिस सेन्ट–जर्मेन (पीएसजी) ले आर्सनलमाथि विजय हासिल गरेपछि मच्चिएको दंगाका क्रममा ठूलो तोडफोड भएको थियो । यसपछि यो विधेयक तयार गरिएको थियो ।

यस विधेयकले अक्टोबर १७ मा फ्रान्समा आन्दोलनका क्रममा भएको तोडफोडको घटनामा सहभागीहरुलाई प्रत्यक्ष प्रभाव पार्नेछ । उक्त दिन देशभर ठूलो संख्यामा राष्ट्रिय महत्वका पूर्वाधारहरुमा तोडफोड तथा आगजनी भएको थियो ।सपिङ मल र स्थानीय पसलहरु पनि निशानामा परेका थिए ।

दक्षिणपन्थी र मध्यमार्गी गठबन्धनको बहुमत रहेको सिनेटले २२९ का विरुद्ध १०५ मतले यस विधेयकको परिमार्जित तथा विस्तारित रूपलाई पारित गरेको छ ।

अब यो कानुनको मस्यौदा बहस र मतदानका लागि तल्लो सदनमा जानेछ । तल्लो सदन (नेशनल एसेम्बली) मा कुनै पनि दलको स्पष्ट बहुमत छैन ।

आगामी राष्ट्रपतीय निर्वाचनमा उम्मेदवार बन्न लागेकी उग्र दक्षिणपन्थी नेतृ मारिन ल पेनले यस विधेयकलाई समर्थन गरेकी छिन् । जनमत सर्वेक्षणहरूले उनी निकै लोकप्रिय रहेको देखाएका छन् ।

संसदमा सम्बोधन गर्दै गृहमन्त्री लरेन्ट न्युनेजले अक्टोबर १७ मा देखिएको अस्तव्यस्त अवस्था र क्षतिको जवाफ दिन अत्यन्तै जरुरी भइसकेको बताएका छन् ।

‘उपद्रो मच्चाउने थोरै मानिसहरुले गरेको गल्तीको सजाय हामी सबै नागरिकले तिरेको करबाट चुकाउन दिनेछैनौं,’ उनले भने ।

नयाँ कानुनअनुसार सार्वजनिक प्रदर्शनका क्रममा हुने क्षतिको लागि प्रदर्शनकारीहरूले १० हजार युरोसम्म जरिवाना तिर्नुपर्ने हुनसक्छ । विधेयकमा तोडफोड गर्ने मनसायले बनेको समूहमा जानाजान सहभागी भएको पाइएमा त्यस्ता व्यक्तिहरूमाथि संयुक्त आर्थिक दायित्व लाग्ने उल्लेख छ ।

प्रहरीले आन्दोलन अनियन्त्रित भएको घोषणा गर्दै दुई पटक तितर–बितर हुन चेतावनी दिइसकेपछि पनि भीडभाडमा बसिरहने व्यक्तिहरुलाई यस्तो नियम लागू हुनेछ । यस्तो प्रावधानले तोडफोडमा संलग्नता नभएका व्यक्तिहरूलाई समेत दोषीहरूसँग मिलेको ठहर गर्दै जरिवाना तिर्न बाध्य बनाउनसक्ने आलोचकहरुको चिन्ता छ ।

क्षतिको लागत उठाउनका लागि आरोपित व्यक्तिहरुले पाइरहेको कल्याणकारी भत्ता र आवास सहायतासमेत जफत गर्न सकिने प्रावधान राखिएको छ । वामपन्थी दलहरू र अधिकारवादी संस्थाहरूले यस्तो नियमको कडा आलोचना गरेका छन् । यसले मानिसहरुको विरोध प्रदर्शन गर्ने अधिकार कुण्ठित गर्ने उनीहरुको आरोप छ ।

कम्युनिस्ट सिनेटर फावियन गेले शान्तिपूर्ण प्रदर्शनकारी र दंगाकारीलाई जानीजानी एउटै डालोमा हाल्ने नियत राखेर यस्तो कानुन ल्याइएको भन्दै विरोध गरेका छन् ।

त्यस्तै, ग्रिन पार्टीकी सिनेटर मेलेनी भोगेलेले सरकारले जनताका सामाजिक मागहरूको जवाफ सामूहिक सजाय दिएर फर्काएको आरोप लगाएकी छिन् ।

यता, विधेयकका समर्थकहरूले भने आलोचकहरूलाई आश्वस्त पार्ने प्रयास गरेका छन् । मध्यमार्गी होराइजन पार्टीका ओलिभियर बिट्जले भने, ‘यो विधेयकले कुनै बाटो हिँड्ने बटुवा वा शान्तिपूर्ण प्रदर्शनकारीलाई अपराधी ठहर गर्छ भन्ने किसिमको भ्रम सिर्जना गर्न दिनु हुँदैन ।’

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Nagarik News
3d ago
जेनजी आन्दोलनका बेला फरार भएका मनोज एक वर्षपछि पक्राउ

जेनजी आन्दोलनका बेला फरार भएका मनोज एक वर्षपछि पक्राउ

उनको खोजतलास गर्ने क्रममा मंगलबार दिउँसो २:५० बजे बराहक्षेत्र नगरपालिका-२ चतराबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ।

#आन्दोलन #क्रम
Compare →
Hamro Patro News
5d ago
जेनजी आन्दोलनमा फरार कैदी घरबाटै पक्राउ

जेनजी आन्दोलनमा फरार कैदी घरबाटै पक्राउ

जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका एक कैदीलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार जबरजस्ती करणी मुद्दामा १३ वर्ष कैद र पाँच लाख रुपैयाँ जरिवानाको सजाय पाएका इन...

#आन्दोलन #क्रम
Compare →
Onlinekhabar
5d ago
जेनजी आन्दोलनका क्रममा भागेका बलात्कार मुद्दाका कैदी पक्राउ

जेनजी आन्दोलनका क्रममा भागेका बलात्कार मुद्दाका कैदी पक्राउ

२२ कात्तिक, सुनसरी । जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका जबर्जस्ती करणी मुद्दाका एक दोषी पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको इनरुवा नगरपालिका–१ का २० वर्षीय आकाशकुमार खत्वे रहेका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार …

#आन्दोलन #क्रम
Compare →
Bizshala
1d ago
नेतान्याहुलाई  प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

नेतान्याहुलाई प्रधानमन्त्री बन्नबाट रोक्ने तयारी, संसद्‌मा विधेयक पेस

काठमाण्डौ । इजरायलमा नयाँ सरकार गठनको रस्साकस्सीबीच बेन्जामिन नेतान्याहुको अर्को कार्यकाल रोक्न सक्ने कानुनी...

#विधेयक
Compare →

Related Stories

World News
Build #2612