Trending
Prev Story
Next Story

अर्णव चक्रवातले भारतको आन्ध्र प्रदेश र ओडिशा प्रभावित

Ekantipur •
October 28, 2026 • 09:00 AM
2
2 reads 0 reactions

आन्ध्र प्रदेशमा आँधीहुरी र बाढीका कारण ३ जनाको ज्यान गएको पुष्टि भएको छ । हजारौं रुखहरू ढलेका छन् भने सडक तथा विद्युत् सेवा ठप्प भएको छ

अर्णव चक्रवातले भारतको आन्ध्र प्रदेश र ओडिशा प्रभावित

आन्ध्र प्रदेशमा आँधीहुरी र बाढीका कारण ३ जनाको ज्यान गएको पुष्टि भएको छ । हजारौं रुखहरू ढलेका छन् भने सडक तथा विद्युत् सेवा ठप्प भएको छ

नयाँदिल्ली — बंगालको खाडीबाट उत्पन्न शक्तिशाली ‘अर्णव’  चक्रवातले भारतको आन्ध्र प्रदेश र ओडिशाको तटीय क्षेत्रमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

काकिनाडा र पुडुचेरीको यानमबीचको तटीय क्षेत्रमा बुधबार बिहान यो आँधी भीषण रूपमा ठोक्किएको थियो ।

यसको प्रभावले सिर्जित वर्षा र हावाहुरीले अहिले दुई राज्यमा ठूलो क्षति निम्त्याएको छ । भारतीय मौसम विज्ञान विभागका अनुसार अहिले यो अति तीव्र चक्रवा कमजोर भएको छ । तर, यसले निम्त्याएको हावाहुरी र वर्षाको प्रभाव कायम छ ।

चक्रवात उत्तर–पश्चिम दिशा तर्फ सर्ने क्रममा प्रतिघण्टा १२५ देखि १३५ किलोमिटर र कहिलेकाहीं १५० किलोमिटर प्रतिघण्टाको गतिमा हावा चलेको थियो । विशाखापट्टनम र अनाकापल्ली जिल्लाहरूमा २०० मिलिमिटरभन्दा बढी अति भारी वर्षा रेकर्ड गरिएको छ ।

आन्ध्र प्रदेशमा आँधीहुरी र बाढीका कारण ३ जनाको ज्यान गएको पुष्टि भएको छ । हजारौं रुखहरू ढलेका छन् भने सडक तथा विद्युत् सेवा ठप्प भएको छ ।

सुरक्षालाई ध्यानमा राख्दै आन्ध्र प्रदेशबाट करिब ८९,००० मानिसहरूलाई सुरक्षित स्थानमा सारिएको छ । छिमेकी राज्य ओडिशामा पनि ३०,००० भन्दा बढी सर्वसाधारणलाई शिविरहरूमा स्थानान्तरण गरिएको छ । उद्धार तथा राहतका लागि राष्ट्रिय र राज्य विपद् व्यवस्थापन टोली  परिचालन गरिएको छ ।

खराब मौसमका कारण विशाखापट्टनम, विजयवाडा र राजामुन्द्रीका धेरै उडान र रेल सेवाहरू रद्द गरिएका छन्।

मौसम विभागले ओडिशाका गजपति, गंजाम, रायगडा, कोरापुट, नबरंगपुर र मालकानगिरि जिल्लाहरूमा अति भारी वर्षाको चेतावनीसहित ‘रेड अलर्ट’ जारी गरेको छ। यी क्षेत्रमा प्रतिघण्टा ६० देखि ८० किलोमिटर र केही स्थानमा ९० किलोमिटरसम्मको बेगमा हावा चल्ने अनुमान गरिएको छ ।

यसैगरी, कालाहांडी, कांधमाल, पुरी, र खुर्धा लगायतका १० वटा जिल्लामा पनि भारी वर्षाको सम्भावनासहित चेतावनी जारी गरिएको छ ।

प्रशासनले तटीय क्षेत्रका बासिन्दाहरूलाई अतिआवश्यक काम बाहेक घर बाहिर ननिस्कन, पुराना रूखहरू, विद्युतीय पोल र होर्डिङ बोर्डहरूबाट टाढा रहन आग्रह गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1d ago
मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता

काठमाडौं : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच बिहीबार भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ । विशाखापटनममा जारी सिआइआई...

#आन्ध्र #भारत
Compare →
Onlinekhabar
1d ago
उद्योगमन्त्री र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच शिष्टाचार भेट

उद्योगमन्त्री र आन्ध्र प्रदेशका मुख्यमन्त्रीबीच शिष्टाचार भेट

२६ कात्तिक, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच शिष्टाचार भेटवार्ता भएको छ । भारतको विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलनमा सहभागी हुन पुगेका मन्त्री यादवले बिहीबार …

#आन्ध्र #भारत
Compare →
Nagarik News
1d ago
मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच भेट

मन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच भेट

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच आज भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ।

#आन्ध्र #भारत
Compare →
Bizshala
10h ago
नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

नेपाली जुटमा भारतले लगाएको अतिरिक्त शुल्क हटाउन पहल, सिमेन्टदेखि स्टिलसम्मको निर्यात सहज बनाउने विषयमा छलफल

काठमाण्डौ । भारतले नेपाली जुटजन्य उत्पादनमा लगाएको एन्टिडम्पिङ तथा प्रतिकारात्मक शुल्क पुनरावलोकन गर्न नेपालले...

#भारत
Compare →

Related Stories

World News
Build #2612