Trending
Prev Story
Next Story

एन्फा अध्यक्ष र महासचिव अदालतमा उपस्थित, बयान सकियो

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
2
2 reads 0 reactions 4 comments

११ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई अदालत उपस्थित भएका छन् । खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा खेपेका नेम्वाङ र राई बुधबार जिल्ला अदालत ललितपुरमा …

एन्फा अध्यक्ष र महासचिव अदालतमा उपस्थित, बयान सकियो

११ कात्तिक, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राई अदालत उपस्थित भएका छन् ।

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा मुद्दा खेपेका नेम्वाङ र राई बुधबार जिल्ला अदालत ललितपुरमा उपस्थित भएर बयान दिएका हुन् ।

उनीहरूको बयान सकिएको जिल्ला अदालत ललितपुरका सूचना अधिकारी टीकाध्वज कार्कीले जानकारी दिए । ‘उहाँहरूको बयान सकियो । अब बहस सुरु हुन्छ,’ कार्कीले अनलाइनखबरसँग भने ।

खेल मिलेमतो तथा ठगी सम्बन्धी कसुरमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को सिफारिसमा ललितपुर जिल्ला सरकारी वकिल कार्यालयले एन्फा अध्यक्ष नेम्वाङ, महासचिव राई, कोषाध्यक्ष रवीन्द्र जोशी र लेखापाल सन्जीव पाण्डेविरुद्ध मुद्दा चलाएको थियो ।

यसअघि जोशी र पाण्डे धरौटीमा छुटेका छन् भने नेम्वाङ र राई भने अदालतमा उपस्थित भएका थिएनन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
1w ago
नर्स ममता काफ्ले बेपत्ता प्रकरण: पति नरेशले अदालतमा के दिए बयान ?

नर्स ममता काफ्ले बेपत्ता प्रकरण: पति नरेशले अदालतमा के दिए बयान ?

काठमाडौं– अमेरिकामा बेपत्ता नेपाली नर्स ममता काफ्ले भट्टको हत्या मुद्दा लागेका उनकै श्रीमान् नरेश भट्टले अदालतमा बयान दिँदै पत्नीलाई कहिल्यै शारीरिक हिँसा नगरेको दाबी गरेका छन् । यही नोभेम्बर ४ बुध...

#बयान #अदालतमा
Compare →
Bizshala
8h ago
पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

पूर्वआईजीपी दानबहादुर कार्की जोडिएको म्यादी प्रहरी पोशाक खरिद प्रकरणमा अख्तियार सक्रिय, ठेकेदारलाई फेरि बोलाएर बयान

काठमाण्डौ । निर्वाचन प्रहरी (म्यादी प्रहरी) का लागि पोशाक तथा अन्य सामग्री खरिदमा भएको भनिएको अनियमिततामाथि अख्तियार...

#बयान
Compare →
Nagarik News
4d ago
'बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो'

'बिचौलियाको बयानका आधारमा कांग्रेसलाई बदनाम गर्न खोजियो'

नेपाली कांग्रेसका वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माले बिचौलियाको बयानका आधारमा पार्टी र नेताहरूलाई बदनाम गर्न खोजिएको बताएका छन् ।

#बयान
Compare →
Ekantipur
1w ago
ममताको हत्या अभियोगमा नरेश भट्टको बयान : शव लुकाएको स्वीकार

ममताको हत्या अभियोगमा नरेश भट्टको बयान : शव लुकाएको स्वीकार

शव अझै नभेटिएको अवस्थामा हत्या र शव लुकाएको अभियोग खेपिरहेका भट्टको बयानले घटनाबारे नयाँ प्रश्न उठाएको छ।

#बयान
Compare →

Related Stories

National (Nepal)
Build #2611