Trending
Prev Story
Next Story

बुढीगण्डकी बाढीपीडित अझै टेन्टमा

Ekantipur •
October 28, 2026 • 06:30 AM
1
1 reads 0 reactions

गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजारका करिब ५३ देखि ६० घर डुबानमा परेका थिए । तीमध्ये अधिकांश अहिले पनि अस्थायी टेन्टमै छन् ।

बुढीगण्डकी बाढीपीडित अझै टेन्टमा

गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजारका करिब ५३ देखि ६० घर डुबानमा परेका थिए । तीमध्ये अधिकांश अहिले पनि अस्थायी टेन्टमै छन् ।

काठमाडौँ — असोज २५ को बुढीगण्डकी बाढीबाट विस्थापितहरू अझै पनि टेन्टभित्र बस्न बाध्य भएका छन् । गोरखाको आरुघाट गाउँपालिका–५ स्थित शान्तिबजारका करिब ५३ देखि ६० घर डुबानमा परेका थिए । तीमध्ये अधिकांश अहिले पनि अस्थायी टेन्टमै छन् । हिले भुइँथानमा २७ वटा टेन्ट राखिएका छन्, जहाँ २७ परिवारले आश्रय लिइरहेका छन्।

बाढीपीडित इन्द्रबहादुर आले मगरका अनुसार असोज २५ गते आएको बाढीपछि आफूहरू विस्थापित भएका हुन् । नेपाल रेडक्रस सोसाइटीले असोज २७ गतेतिर टेन्ट उपलब्ध गराएपछि प्रभावित परिवारले अस्थायी बसोबासको व्यवस्था गरेका छन्।

‘शान्तिबजारका करिब ६० घर डुबानमा परेका छन्। अहिले हामी भुइँथानमा टेन्टमा बसिरहेका छौँ,’ उनले भने, ‘स्थानीय सरकारले पनि राहत दिइरहेको छ। अहिले खान र बस्नका लागि व्यवस्था ठीकै छ।’

उनका अनुसार स्थानीय सरकारले चिसो बढ्दै जाने भएकाले विशेषगरी वृद्धवृद्धा र साना बालबालिका भएका परिवारलाई कोठा भाडामा लिएर बस्न आग्रह गरेको छ। त्यसका लागि प्रतिपरिवार मासिक १५ हजार रुपैयाँसम्म उपलब्ध गराउने भनिएको उनले बताए।

बाढीपीडित गौरी गुरुङले पनि अहिले अस्थायी शिविरमा बसोबास र खानपानको व्यवस्था तुलनात्मक रूपमा सहज रहेको बताइन्। प्रभावित परिवारलाई खाना, सुत्ने व्यवस्था तथा बालबालिकाका लागि कपडा उपलब्ध गराइएको उनको भनाइ छ।

‘अहिले हामीलाई मुख्य रूपमा खान र सुत्नका लागि व्यवस्था चाहिएको हो। त्यो भइरहेको छ,’ उनले भनिन्, ‘साना बच्चा र वृद्धवृद्धा भएका परिवारलाई कोठा भाडामा लिएर बस्न रकम दिने कुरा पनि भएको छ।’

बाढी प्रभावित क्षेत्रमा स्थानीय सरकार तथा विभिन्न निकायबाट राहत वितरण भइरहेको भए पनि विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापना भने चुनौतीपूर्ण देखिएको छ। अस्थायी टेन्टमा बसिरहेका परिवारलाई चिसोबाट जोगाउने, सुरक्षित आवासको व्यवस्था गर्ने र क्षतिग्रस्त घर तथा सम्पत्तिको यकिन विवरण संकलन गर्नुपर्ने आवश्यकता छ।

बाढीले घर डुबाएपछि विस्थापित भएका स्थानीय अहिले तत्कालका लागि राहत र अस्थायी आवासको भरमा दिन बिताइरहेका छन्। उनीहरूलाई सुरक्षित रूपमा घर फर्कने अवस्था कहिले बन्छ भन्ने अन्योल कायमै छ।

नेपाल यो नेपालका फोटो पत्रकारहरुले सञ्चालनमा ल्याएको फोटो एजेन्सी हो।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
1w ago
भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता

भोटेकोशी बाढीपीडितलाई सहयोग गर्न रेडक्रस र गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता

रसुवा– भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित परिवारलाई आर्थिक सहयोग तथा मानवीय सहायता उपलब्ध गराउन नेपाल रेडक्रस सोसाइटी र रसुवाको गोसाइँकुण्ड गाउँपालिकाबीच सम्झौता भएको छ । बाढी प्रभावित क्षेत्रका...

#बाढी-पहिरो #बाढीपीडित
Compare →
Onlinekhabar
1w ago
कस्तो छ विदुरको अस्थायी सेल्टरमा बसेका बाढीपीडितको अवस्था ? (फोटो फिचर)

कस्तो छ विदुरको अस्थायी सेल्टरमा बसेका बाढीपीडितको अवस्था ? (फोटो फिचर)

२० कात्तिक, विदुर (नुवाकोट) । गत १० भदौमा आएको विनाशकारी भोटेकोशी बाढीबाट प्रभावित रसुवाका नागरिकलाई काठमाडौं र नुवाकोटमा अस्थायी सेल्टरको व्यवस्था गरिएको छ । टिमुरे र स्याफ्रुबेसीबाट उद्धार गरिएकालाई काठमाडौंमा र उत्तरगया र आमाछोदिङ्गो गाउँपालिकाबाट उद्धार …

#बाढी-पहिरो #बाढीपीडित
Compare →
Nagarik News
1w ago
रसुवा बाढीपीडित बालबालिकालाई सहकारीको सहयोग

रसुवा बाढीपीडित बालबालिकालाई सहकारीको सहयोग

सहकारीको टीकापुर शाखाले आफ्नो वार्षिकोत्सवको अवसरमा रसुवाको बाढीमा परी बेपत्ता भएका मनीऋषि सञ्ज्यालका छोराछोरीलाई खाद्यान्न तथा सरसामग्री सहयोग गरेको हो।

#बाढी-पहिरो #बाढीपीडित
Compare →

Related Stories

Science & Climate
Build #2611