Trending
Prev Story
Next Story

श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

Ekantipur •
October 28, 2026 • 05:30 AM
1
1 reads 0 reactions

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनुबन्ध गरेको छ ।

श्रीलंकन विकेटकिपर सदिरा समिराविक्रमा पोखरा एभेन्जर्समा अनुबन्ध

पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनुबन्ध गरेको छ ।

काठमाडौँ — पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनमा श्रीलंकाका विकेटकिपर ब्याटर सदिरा समिराविक्रमालाई अनुबन्ध गरेको छ ।

पोखराले तेस्रो सिजनमा आफ्नो पहिलो खेल खेल्नुअघि सदिरालाई भित्र्याउँदै टिम बलियो बनाएको छ । ३१ वर्षीय दायाँ हाते ब्याटर सदिरा समिराविक्रमाको आगमनले पोखरालाई ब्याटिङ र विकेटकिपिङमा पनि सहयोग पुग्ने टिमको विश्वास छ ।

सदिरा तेस्रो सिजनका लागि पोखराले अनुबन्ध गरेका तेस्रो श्रीलंकन र समग्रमा छैटौं विदेशी खेलाडी हुन् ।

पोखराले यसअघि नै दोस्रो सिजन पनि खेलेका श्रीलंकन ब्याटिङ अलराउण्डर धनञ्जय लक्षणलाई निरन्तरता दिँदा पेस बलिङ अलराउण्डर चमिका करुणारत्नेलाई तेस्रो सिजनका लागि अनुबन्ध गरिसकेको छ ।

यस्तै, पोखराले तेस्रो सिजनका लागि बंगलादेशबाट पनि तीन अलराउण्डर अनुबन्ध गरिसकेको छ । जसमा विश्वचर्चित अलराउण्डर शाकिब अल हसन सबैभन्दा ठूला खेलाडीका रूपमा अनुबन्ध भएका छन् भने पेस बलिङ अलराउण्डर मोहम्मद सैफुद्दिन र स्पिन बलिङ अलराउण्डर महेदी हसन पनि अनुबन्ध भएका छन् ।

विकेटकिपर ब्याटर सदिरा समिराविक्रमाले श्रीलंकाका लागि तीनवटै फर्म्याटमा खेलिसकेका छन् । उनले श्रीलंकाका लागि ९ टेस्ट, ५५ ओडीआई र १९ टी २०आई खेलिसकेका छन् ।

यस्तै, लंका प्रिमियर लिगमा उनले चार फरक टिमबाट खेलिसकेका छन् । उनी सन् २०२४ मा भएको टी२० विश्वकपमा श्रीलंकाको टिममा समावेश थिए ।

क्रिकेटको छोटो फर्म्याटमा उनी मिडल अर्डर ब्याटरका रूपमा खेल्ने गर्छन् । सदिरा मंगलबार नै नेपाल आइपुगिसकेका छन् ।

कुशल भुर्तेलको कप्तानीमा रहेको पोखरा एभेन्जर्सले बुधबार सुदूरपश्चिम रोयल्ससँग एनपीएल तेस्रो सिजनको पहिलो खेल खेल्दैछ ।

अनुभवी खेलाडीलाई निरन्तरता दिँदै स्थानीय युवा प्रतिभालाई पनि समेटेको पोखरा एभेन्जर्सले उत्कृष्ट विदेशी खेलाडी अनुबन्ध गर्दै टिम सन्तुलित बनाएको छ र पहिलो पटक एनपीएलको उपाधि जित्ने लक्ष्य राखेको छ ।

पोखराले यस पटक मुख्य प्रशिक्षकमा पनि परिवर्तन गर्दै श्रीलंकाका पूर्वक्रिकेटर अजन्था मेन्डिसलाई नयाँ मुख्य प्रशिक्षक बनाएको छ भने विदेशी खेलाडीमा पनि यस पटक नयाँ खेलाडी आएका छन् । यस्तै, भारतीय पूर्वक्रिकेटर तथा टी२० विश्वकप विजेता इरफान पठानलाई क्रिकेट एम्बासडर नियुक्त गरेको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Arthasansar
13h ago
श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका थनुका दबारे सुदूरपश्चिम रोयल्समा अनुबन्ध

श्रीलंकाका ब्याटर थनुका दबारे नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि सुदूरपश्चिम रोयल्समा अनुबन्ध भएका छन्। टप अर्डरमा ब्याटिङ गर्ने...

#एनपीएल #प्रिमियर-लिग #अनुबन्ध
Compare →
Hamro Patro News
15h ago
पोखरापछि काठमान्डुविरुद्ध पनि दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

पोखरापछि काठमान्डुविरुद्ध पनि दीपेन्द्रसिंह ऐरीले बनाए अर्धशतक

नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको शुक्रबार जारी काठमान्डु गोर्खाजविरुद्धको खेलमा सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरीले अर्धशतक बनाएका छन् । कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैद...

#एनपीएल #प्रिमियर-लिग #पोखरा
Compare →
Onlinekhabar
5h ago
टीयू ग्राउन्डको पिचबारे जिमी नीशमको असन्तुष्टि

टीयू ग्राउन्डको पिचबारे जिमी नीशमको असन्तुष्टि

२८ कात्तिक, काठमाडौं । न्युजिल्यान्डका अलराउन्डर जिमी नीशमले नेपाल प्रिमियर लिग (एनपीएल) को पिचबारे असन्तुष्टि जनाएका छन्। नीशमले सामाजिक सञ्जालमार्फत एनपीएलमा पिच सुधार गर्नुपर्ने बताएका हुन्। उनले नेपाल र एनपीएलप्रति आफ्नो माया रहेको उल्लेख गर्दै पूरै …

#एनपीएल #प्रिमियर-लिग
Compare →
Nagarik News
15h ago
एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

एनपीएलः सुदूरपश्चिमले दियो काठमाडौंलाई १२६ रनको लक्ष्य, दीपेन्द्रको कप्तानी पारी

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोएल्सले काठमाण्डौं गोर्खाजसामु १२६ रनको लक्ष्य प्रस्तुत गरेको छ।

#एनपीएल #प्रिमियर-लिग
Compare →

Related Stories

Sports
Build #2612