Trending
Prev Story
Next Story

भारी वर्षाको सम्भावनाले किसान चिन्तित

Ekantipur •
October 28, 2026 • 05:00 AM
1
1 reads 0 reactions

फेरि वर्षा हुन सक्ने भन्दै बर्दियाका किसानले दसैँको पर्व सकिनासाथ खेतमा भिजेको धान भित्र्याउन थालेका छन् ।

भारी वर्षाको सम्भावनाले किसान चिन्तित

फेरि वर्षा हुन सक्ने भन्दै बर्दियाका किसानले दसैँको पर्व सकिनासाथ खेतमा भिजेको धान भित्र्याउन थालेका छन् ।

गुलरिया नगरपालिका–१० रत्नापुरका किसान मुनिर अहमद बिहान ६ बजे सपरिवार धान खेतमा पुग्छन् । गत असोज महिनामा बारम्बार परेको पानी र हुरीले आधा खेतमा लगाएको धानबालीमा क्षति पुर्‍यायो ।

फेरि भारी वर्षा हुने त्रास र मजदुर नपाएपछि उनको परिवारलाई धानबाली भित्र्याउने चटारो छ । बिहानको खानासमेत खेतमा खाएर धान भित्र्याउन परिवारका करिब एक दर्जन सदस्य लागिपरेका छन् । मजदुर पाइँदैनन्, पाए पनि पहिले ६ सय रुपैयाँ लिनेले अहिले ८ सय रुपैयाँ ज्याला लिन थालेको उनले बताए । ‘धानमा क्षति भएकाले लागत पनि नउठ्ने र फेरि पानी पर्ने भएकाले साँझसम्म काम गर्छौं,’ उनले भने, ‘महँगो रकम तिरेर पनि मजदुर पाइँदैन ।’

उनीजस्तै गुलरिया–८ का किसान तरुण लोधले २ बिघा खेतमा लगाएको धानबाली भित्र्याउन मजदुर नपाउँदा घरका आठ जना सदस्य बिहानैदेखि बेलुकीसम्म दुई दिनदेखि लागिपरेका छन् । खेतमा पानी भएकाले धान भित्र्याउन अझै चार दिन लाग्ने उनले बताए । शुक्रबार र शनिबार भारी वर्षा भए धान जोगाउन मुस्किल हुने उनले गुनासो गरे । यहाँका मजदुर आफ्नै खेतबारीमा धानबाली भित्र्याउन व्यस्त भएको र अन्य ठाउँमा महँगो ज्याला पाएपछि मजदुर अभाव भएको उनले बताए ।

फेरि वर्षा हुन सक्ने भन्दै बर्दियाका किसानले दसैँको पर्व सकिनासाथ खेतमा भिजेको धान भित्र्याउन थालेका छन् । असोज महिनामा बारम्बार परेको वर्षासँगै चलेको हावाहुरीले भित्र्याउन लागेको धानबालीमा क्षति पुर्‍याएको थियो । थप क्षति हुन नदिन किसान धान भित्र्याउन खेतमा सक्रिय भएका छन् ।

डुबान भएको खेतमा किसानले धान काटेर भित्र्याउन सुरु गरेका छन् । गुलरिया–१० का किसान दीपक चौधरीले धान ढलेको खेतमा थ्रेसर मेसिन लैजान सक्ने अवस्था नहुँदा महँगोमा मजदुर लगाएर काट्न सुरु गरिएको बताए । मजदुरले यसअघि ६ सय रुपैयाँ लिने गरेकोमा हाल ७ सय ५० रुपैयाँ लिन थालेको उनले गुनासो पोखे । ठाउँअनुसार मजदुरको ज्याला फरक भएको स्थानीय बताउँछन् । धान लगाउँदा लागेको लागतसमेत नउठ्ने चिन्ता किसानले गरेका छन् । जल तथा मौसम विज्ञान विभागले शुक्रबारदेखि पानी पर्ने जनाएपछि हतारहतार धान भित्र्याउन लागेको गुलरिया–३ का किसान मस्तराम सिंहले बताए । ‘अब पानी परे भिजेको धान पूर्णरूपमा क्षति हुने त्रास छ,’ उनले भने, ‘अहिले घरका सबै सदस्य मिलेर धान भित्र्याउँदै छौँ ।’ मजदुरसमेत नपाएकाले यहाँका अधिकांश किसान घरका सबै सदस्य मिलेर धान भित्र्याउन लागेका छन् ।

यसवर्ष चाडपर्वको समयमा किसानलाई धान भित्र्याउन भ्याइनभ्याइ छ । असोज महिनामा बारम्बार आएको हावाहुरी र पानीले पाक्न लागेको धानमा क्षति पुर्‍याएको छ । खेतमा पानी सुकिसकेको छैन, त्यही खेतमा किसान धान काट्दै सडक नै ढाक्ने गरी सुकाउन थालेका छन् । खेती नै मुख्य पेसा भएका किसानलाई वर्षभरि कसरी पेट पाल्ने भन्ने पिरलो छ । धानबालीमा क्षति भएपछि किसान निकै तनावमा र चिन्तित भएको स्थानीय किसान श्रीनिवास वर्मा बताउँछन् ।

बर्दियामा असोजमा परेको पानी र हुरीले करिब १० प्रतिशत धानबालीमा क्षति पुर्‍याएको एकीकृत कृषि तथा पशुपन्छी विकास कार्यालय, बर्दियाका सूचना अधिकारी फितु चौधरीले बताए । बर्दियामा ५० हजार १ सय हेक्टरमा धानखेती हुने गर्छ । चाडपर्व र धान भित्र्याउने समयमा आउने हावाहुरी र वर्षाले विगत चार वर्षयता किसानको धानमा क्षति हुँदै आएको छ । राज्यले किसानलाई क्षतिपूर्ति दिनुपर्ने गुलरिया–८ का किसान अग्नु थारु बताउँछन् । क्षतिपूर्ति दिने भनिए पनि विगतका वर्षमा किसानले राहत नपाएको गुलरिया–८ का वडाध्यक्ष धर्मेन्द्र बनियाले बताए ।

धान काटेर भित्र्याउन लागेका र काट्न तयारी अवस्थामा रहेका बर्दियाका किसानलाई मुसलधारे पानी र हावाहुरीले निराश बनाएको छ । धानबालीमा क्षति पुगेपछि कसरी जीवन धान्ने भन्ने किसानको चिन्ता छ । फेरि पनि पानी पर्छ भन्ने सामाजिक सञ्जालमा सुन्न आएको भन्दै यहाँका किसान दुई दिनमा कसरी धान भित्र्याउने भन्ने चिन्तामा छन् । २०७९ सालमा पनि दसैँको समयमा बेमौसमी वर्षा र बाढीले धानबाली डुबानमा पारेको थियो ।

कमल पन्थी कान्तिपुरका बर्दिया संवाददाता हुन् ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Bizshala
10h ago
आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

आइतबारदेखि फेरि मौसम बिग्रिने संकेत: पाँच प्रदेशमा वर्षा र हिमपातको सम्भावना, धानबाली जोगाउन किसानलाई सुझाव

काठमाण्डौ । तिहारको भाइटीकाका दिन वर्षा भएपछि चिसो बढेको देशका विभिन्न भागमा आइतबारदेखि फेरि मौसम बदली हुने सम्भावना...

#वर्षा #फेरि #सम्भावना
Compare →
Nagarik News
3d ago
किसानलाई धान भण्डारणको चटारो

किसानलाई धान भण्डारणको चटारो

धानबाली भित्र्याउने चटारो बढेसँगै भोजपुरका किसानलाई यस वर्ष तिहारको रौनकभन्दा खेतीपातीको कामले बढी व्यस्त बनाएको छ।

#धान #किसान
Compare →
Hamro Patro News
3d ago
तिहारको रौनकभन्दा धान भण्डारणको चटारोमा भोजपुरका किसान

तिहारको रौनकभन्दा धान भण्डारणको चटारोमा भोजपुरका किसान

काठमाडौं – धानबाली भित्र्याउने समय र तिहारको चाडपर्व एकैपटक परेपछि भोजपुरका किसानलाई दोहोरो चटारो परेको छ । पाकेको धान काट्ने, सुकाउने र सुरक्षित रूपमा भण्डारण गर्ने काममा व्यस्त हुँदा किसानले यस व...

#धान #किसान
Compare →
Onlinekhabar
2d ago
देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

देशका केही भू-भागमा मेघगर्जनसहित वर्षा र हिमपातको सम्भावना

२५ कात्तिक, काठमाडौं । आज देशका केही भू-भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षा तथा हिमपात हुने सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले बुधबार जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार आज दिउँसो …

#वर्षा #सम्भावना
Compare →
Arthasansar
2d ago
पश्चिमी वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको आंशिक प्रभाव : केही स्थानमा वर्षा र हिमपातको सम्भावना

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बदली छ भने बाँकी...

#वर्षा #सम्भावना
Compare →

Related Stories

Technology
Build #2612