Trending
Prev Story
Next Story

'सिटिजन्स सुपर ५०' को ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई मंसिर २ गतेदेखि बिक्री खुला

Bizshala •
October 28, 2026 • 04:31 AM
1
1 reads 0 reactions

काठमाण्डौ ।  सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘सिटिजन्स सुपर ५०’ का इकाई मंसिर २ गतेदेखि...

'सिटिजन्स सुपर ५०' को ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई मंसिर २ गतेदेखि बिक्री खुला

काठमाण्डौ ।  सिटिजन्स म्युचुअल फन्डअन्तर्गत सञ्चालन हुने बन्दमुखी योजना ‘सिटिजन्स सुपर ५०’ का इकाई मंसिर २ गतेदेखि सर्वसाधारणका लागि बिक्री खुला हुने भएको छ ।

योजनाले प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका कुल १० करोड इकाई निष्कासन गर्न लागेको हो। कुल निष्कासनमध्ये १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई कोष प्रवर्द्धक सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका लागि सुरक्षित राखिएको छ।

बाँकी न्यूनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गरिनेछ। यस आधारमा सर्वसाधारणबाट न्यूनतम ८५ करोड रुपैयाँ बराबरको लगानी जुटाउने योजना रहेको छ।

इकाई खरिदका लागि न्यूनतम १०० कित्ता र अधिकतम १ करोड कित्तासम्म आवेदन दिन सकिनेछ। प्रतिइकाई मूल्य १० रुपैयाँ रहेको छ।

इकाई बिक्री छिटोमा मंसिर ७ गते बन्द हुनेछ। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा मंसिर १६ गतेसम्म आवेदन खुला रहनेछ।

योजनाको व्यवस्थापक तथा डिपोजिटरी सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। ‘सिटिजन्स सुपर ५०’ बन्दमुखी प्रकृतिको सामूहिक लगानी कोष योजना हो।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 4 other independent news outlets reported on this story.

4 Publications
Hamro Patro News
11h ago
मंसिर ५ र ६ गते पोखरामा नेपाली कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, यसरी हुँदैछ तयारी

मंसिर ५ र ६ गते पोखरामा नेपाली कांग्रेस गण्डकीको दोस्रो अधिवेशन, यसरी हुँदैछ तयारी

२७ कार्तिक, पोखरा । नेपाली कांग्रेसको नियमित १५औँ महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको दोस्रो अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा हुने भएको छ। अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवं पूर्वप्र...

#मंसिर #गते
Compare →
Onlinekhabar
11h ago
कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

कांग्रेस देउवा समूहको गण्डकी प्रदेश अधिवेशन मंसिर ५ र ६ गते

२७ कात्तिक, पोखरा । नेपाली कांग्रेसको देउवा समूहले १५औं महाधिवेशनअन्तर्गत गण्डकी प्रदेशको अधिवेशन आगामी मंसिर ५ र ६ गते पोखरामा गर्ने भएको छ । अधिवेशन आयोजक समितिले बिहीबार पत्रकार सम्मेलन गरेर पोखराको न्युरोडस्थित पोखरा सभागृहमा सुरु …

#मंसिर #गते
Compare →
Arthasansar
6d ago
महुली लघुवित्तको सेयर संरचना परिवर्तन, २ लाख बढी संस्थापक सेयर सर्वसाधारणमा परिणत

महुली लघुवित्तको सेयर संरचना परिवर्तन, २ लाख बढी संस्थापक सेयर सर्वसाधारणमा परिणत

महुली लघुवित्त वित्तीय संस्था लिमिटेडका २ लाख २१ हजार ५०१.५९ कित्ता संस्थापक सेयर सर्वसाधारण सेयरमा परिणत भएको छ । सेयर...

#सर्वसाधारण
Compare →
Nagarik News
2d ago
ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

ठूलो आवाज निकालेर सर्वसाधारणलाई हैरानी दिने ५६ सवारीसाधन प्रहरी नियन्त्रणमा

चाडपर्वका बेला सर्वसाधारणलाई सुरक्षित, शान्त र भयमुक्त वातावरणमा आवागमनको व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले काठमाडौंका विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गरेको थियो।

#सर्वसाधारण
Compare →

Related Stories

Business & Economy
Build #2611