अमेरिका — नेपाली नर्स ममता काफ्ले भट्ट बेपत्ता भएको घटनामा उनका श्रीमान् नरेश भट्टविरुद्धको हत्या मुद्दाको सुनुवाइका क्रममा मोबाइल फोनको लोकेसन र डीएनए परीक्षणसम्बन्धी प्रमाणहरू अदालतमा प्रस्तुत गरिएको छ।
अभियोजन पक्षका अनुसार ममता काफ्ले भट्टसँग उनका श्रीमान्बाहेक अन्य कसैले अन्तिम पटक सन् २०२४ जुलाई २९ मा सम्पर्क गरेको थियो। त्यसपछिका दुई दिनसम्म उनको मोबाइल फोन अमेरिकाको भर्जिनिया राज्यस्थित मनासस पार्कमा रहेको उनीहरूको घर आसपासकै क्षेत्रमा देखिएको अभियोजन पक्षले मंगलबार अदालतमा बताएको छ।
स्रोतमा पूरा पढ्नुहोस् ( swasthyakhabar.com )