Trending
Prev Story
Next Story

राहदानी रद्द हुनुअघि नै अमेरिका पुगे बोल्सोनारो : रोयटर्स

Onlinekhabar •
October 20, 2026 • 12:00 PM
1
1 reads 0 reactions

११ कात्तिक, काठमाडौं । ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारो अमेरिका पुगेको समाचार सार्वजनिक भएको छ । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँगको प्रतिस्पर्धामा पराजित भएपछि उनले देश छाडेको समाचार संस्था रोयटर्सले जनाएको …

राहदानी रद्द हुनुअघि नै अमेरिका पुगे बोल्सोनारो : रोयटर्स

११ कात्तिक, काठमाडौं । ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा पराजित दक्षिणपन्थी नेता फ्लाभियो बोल्सोनारो अमेरिका पुगेको समाचार सार्वजनिक भएको छ । राष्ट्रपति लुइज इनासियो लुला दा सिल्भासँगको प्रतिस्पर्धामा पराजित भएपछि उनले देश छाडेको समाचार संस्था रोयटर्सले जनाएको छ ।

रोयटर्सका अनुसार, फ्लाभियोका सहयोगी तथा अमेरिकी सरकारी अधिकारीले मंगलबार उनी अमेरिका प्रस्थान गरेको पुष्टि गरेका हुन् ।

अमेरिकी विदेश मन्त्रालयका एक वरिष्ठ अधिकारीले फ्लाभियो, उनकी पत्नी र दुई छोरीलाई अमेरिका प्रवेशका लागि भिसा दिने बताएका छन् ।

पूर्वराष्ट्रपति जायर बोल्सोनारोका छोरा फ्लाभियो बोल्सोनारोमाथि सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धान भइरहेको छ । उनले भने आफूमाथिका आरोप अस्वीकार गर्दै आएका छन् ।

अनुसन्धान जारी रहेका बेला ब्राजिलको सर्वोच्च अदालतले सोमबार फ्लाभियोलाई २४ घण्टाभित्र आफ्नो राहदानी प्रहरीसमक्ष बुझाउन आदेश दिएको थियो । निर्धारित समयभित्र राहदानी नबुझाएपछि मंगलबार ब्राजिलका अधिकारीले उनको राहदानी रद्द गरेका थिए ।

फ्लाभियो अमेरिका पुगिसकेको भनिए पनि उनी कुन स्थानमा छन् र कसरी ब्राजिलबाट बाहिरिए भन्ने स्पष्ट भइसकेको छैन । रोयटर्सका अनुसार परिवार निकट एक स्रोतले उनी फ्लोरिडा पुगेको बताएका छन् ।

ब्राजिलको संघीय प्रहरीले फ्लाभियो नियमित सीमा जाँच चौकीबाट देशबाहिर गएको अभिलेख नरहेको जनाएको छ । त्यसैले उनी कसरी देश छाड्न सफल भए भन्नेबारे स्पष्ट भइसकेको छैन ।

फ्लाभियोले सोमबार सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गर्दै देश छाड्ने आफ्नो कुनै योजना नरहेको बताएका थिए । उनले राहदानी बुझाएर आफूमाथि लगाइएका आरोपको सामना गर्ने बताएका थिए ।

अर्जेन्टिनाको बाटो हुँदै अमेरिका गएको आशंका

फ्लाभियो अमेरिका पुगेको विवरण सार्वजनिक भएपछि उनी पहिले अर्जेन्टिना गएको हुन सक्ने चर्चा चलेको थियो । अर्जेन्टिनामा उनका निकट सहयोगी तथा दक्षिणपन्थी राष्ट्रपति जेभियर मिलेईको सरकार छ ।

ब्राजिल र अर्जेन्टिनाको सीमाक्षेत्र नजिक इगुआजु विमानस्थलमा निजी विमान अवतरण गरेको विवरण पनि सार्वजनिक भएको थियो । तर, अर्जेन्टिनी अधिकारीले भने फ्लाभियो ब्राजिलबाट आफ्नो देश प्रवेश गरेको कुनै अभिलेख नरहेको बताएका छन् ।

त्यसैले उनले कुन मार्ग प्रयोग गरेर ब्राजिल छाडे भन्ने विषय अझै अनिश्चित छ ।

बुबा जायर पनि चुनाव हारेपछि अमेरिका गएका थिए

फ्लाभियोका पिता तथा ब्राजिलका पूर्वराष्ट्रपति जायर बोल्सोनारो पनि सन् २०२२ को राष्ट्रपतीय निर्वाचनमा लुलासँग पराजित भएपछि अमेरिका गएका थिए ।

पछि ब्राजिल फर्किएका जायरलाई सन् २०२२ को निर्वाचनपछि सत्ता उल्ट्याउने षड्यन्त्र गरेको अभियोगमा २७ वर्षको जेल सजाय सुनाइएको थियो । उनी हाल घरमै नजरबन्दमा छन् ।

फ्लाभियोका भाइ एडुआर्डो बोल्सोनारो पनि अमेरिकामा बस्दै आएका छन् । उनले निर्वाचनअघि फ्लाभियो पराजित भए देश छाड्नुपर्ने धारणा सार्वजनिक गरेका थिए ।

सम्पत्ति शुद्धीकरणको अनुसन्धानमा फ्लाभियो

फ्लाभियोमाथि आर्थिक कारोबारसम्बन्धी विभिन्न विषयमा अनुसन्धान भइरहेको छ । तीमध्ये अनलाइन सट्टेबाजीसँग सम्बन्धित कारोबार र उनका पिता जाय।को जीवनमा आधारित फिल्म निर्माणका लागि रकम जुटाउने विषय पनि छन् ।

फिल्म निर्माणका लागि पूर्वबैंकर ड्यानियल भोर्कारोसँग करिब १ करोड २० लाख अमेरिकी डलर जुटाउने प्रयास गरेको फ्लाभियोले स्वीकार गरेका थिए । तर, उनले कुनै गैरकानुनी काम नगरेको दाबी गर्दै आएका छन् ।

निर्वाचनमा पराजित भएपछि पनि उनले नतिजा स्वीकार गरेका छैनन् । उनले मतदान प्रक्रियामा अनियमितता भएको दाबी गर्दै नतिजा रद्द गर्न माग गर्ने बताएका थिए । यद्यपि, उनको दलले भने लुलाको विजयलाई स्वीकार गरेको छ ।

ट्रम्प र लुलाबीच पनि बढ्न सक्छ तनाव

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत ब्राजिलको निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै आएका छन् । लुलाले भने अमेरिकाले ब्राजिलको निर्वाचनमा हस्तक्षेप गर्न खोजेको आरोप लगाएका छन् ।

फ्लाभियोको अमेरिका प्रस्थान र उनको परिवारलाई भिसा दिने अमेरिकी प्रशासनको तयारीले दुई देशबीचको सम्बन्धमा थप तनाव उत्पन्न हुन सक्ने आकलन गरिएको छ ।

रोयटर्सका अनुसार, फ्लाभियोको देश छाड्ने घटनाले ब्राजिलमा जारी राजनीतिक विवादलाई थप चर्काउन सक्ने देखिएको छ ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 3 other independent news outlets reported on this story.

3 Publications
Hamro Patro News
11h ago
छोरालाई अमेरिका पठाउन एक वर्षको तलब खर्चिए, आज उनै छोरा बने गुगलका प्रमुख

छोरालाई अमेरिका पठाउन एक वर्षको तलब खर्चिए, आज उनै छोरा बने गुगलका प्रमुख

एजेन्सी । छोराको भविष्य बनाउन एक आमाबुबाले कति ठूलो त्याग गर्न सक्छन् भन्ने उदाहरण हुन् गुगलका प्रमुख सुन्दर पिचाईका बुबा। सन् १९९३ मा छोरालाई अमेरिकाको प्रतिष्ठित स्ट्यानफोर्ड विश्वविद्यालयमा अध्य...

#अमेरिका
Compare →
Nagarik News
19h ago
यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

यू-१७ विश्वकप कतारमा हुने, सुरक्षा कारण देखाउँदै अमेरिका नखेल्ने

अमेरिकाले सुरक्षा कारण देखाउँदै आफ्नो टोली फिर्ता बोलाए पनि कतारमा आयोजना हुने फिफा यू–१७ विश्वकप निर्धारित मितिमै सुरु हुने भएको छ।

#अमेरिका
Compare →
Ekantipur
3d ago
एनभिडिया प्रमुख जेन्सनको विवाहेत्तर सम्बन्धले अमेरिकामा किन भइरहेको छ हलचल ?

एनभिडिया प्रमुख जेन्सनको विवाहेत्तर सम्बन्धले अमेरिकामा किन भइरहेको छ हलचल ?

चिनियाँ जासुस भएको आरोप लागेकी महिलासँग एनभिडियाका सीईओ जेन्सन हुआङको विवाहेत्तर सम्बन्धबारे अमेरिकी गुप्तचर निकायले छानबिन थालेपछि प्रविधि, भूराजनीति र राष्ट्रिय सुरक्षासँग जोडिएको बहस चर्किएको छ ।

#अमेरिका
Compare →

Related Stories

World News
Build #2611