Trending
Prev Story
Next Story

कामना सेवा विकास बैंकको नाफा १७ प्रतिशत बढ्यो, खराब कर्जा घट्दा ईपीएस पनि बलियो

Bizshala •
October 28, 2026 • 03:01 AM
1
1 reads 0 reactions

काठमाण्डौ ।  कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा दोहोरो अंकको वृद्धि...

कामना सेवा विकास बैंकको नाफा १७ प्रतिशत बढ्यो, खराब कर्जा घट्दा ईपीएस पनि बलियो

काठमाण्डौ ।  कामना सेवा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा नाफामा दोहोरो अंकको वृद्धि हासिल गरेको छ। बैंकको खुद नाफा करिब १७ प्रतिशतले बढ्दा खराब कर्जा अनुपात घटेको छ भने प्रतिसेयर आम्दानी पनि सुधार भएको छ।

बैंकले सार्वजनिक गरेको असोज मसान्तसम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार पहिलो त्रैमासमा २३ करोड ११ लाख ५५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आर्थिक वर्षको सोही अवधिमा बैंकले १९ करोड ७५ लाख ८४ हजार रुपैयाँ नाफा कमाएको थियो। यस आधारमा बैंकको खुद नाफा एक वर्षमा करिब १६.९९ प्रतिशतले बढेको हो।

समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ३३ करोड ८७ लाख ७० हजार रुपैयाँ पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो नाफा २८ करोड ४६ लाख २८ हजार रुपैयाँ थियो। यसरी बैंकको सञ्चालन नाफा करिब १९ प्रतिशतले बढेको छ।

खुद ब्याज आम्दानी भने सामान्य दरले वृद्धि भएको छ। पहिलो त्रैमासमा बैंकले ६२ करोड ६४ लाख ८७ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। गत वर्षको यही अवधिमा यस्तो आम्दानी ६१ करोड ७६ लाख ३६ हजार रुपैयाँ थियो।

बैंकको खराब कर्जा अनुपातमा पनि सुधार आएको छ। गत आर्थिक वर्षको पहिलो त्रैमासमा कुल कर्जाको ४.४१ प्रतिशत रहेको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिमा घटेर ३.९३ प्रतिशतमा झरेको छ। नेट एनपीएल पनि १.२४ प्रतिशतबाट घटेर ०.८४ प्रतिशतमा सीमित भएको छ।

असोज मसान्तसम्म बैंकको वितरणयोग्य नाफा १६ करोड ४ लाख रुपैयाँ हाराहारीमा रहेको छ। वितरणयोग्य नाफाका आधारमा वार्षिकीकरण गरिएको प्रतिसेयर वितरणयोग्य नाफा १५.७६ रुपैयाँ कायम भएको छ।

नाफामा आएको वृद्धिसँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। गत वर्षको पहिलो त्रैमासमा २०.४६ रुपैयाँ रहेको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी चालु आर्थिक वर्षको सोही अवधिमा बढेर २३.१३ रुपैयाँ पुगेको छ।

असोज मसान्तसम्म बैंकको प्रतिसेयर नेटवर्थ १६१.८४ रुपैयाँ रहेको छ भने मूल्य–आम्दानी अनुपात २०.५८ गुणा कायम भएको छ।

समीक्षा अवधिसम्म बैंकले ग्राहकबाट ६७ अर्ब ९० करोड रुपैयाँभन्दा बढी निक्षेप संकलन गरेको छ। गत आर्थिक वर्षको अन्त्यमा यस्तो निक्षेप करिब ६६ अर्ब १७ करोड रुपैयाँ थियो। यस्तै ग्राहकतर्फ प्रवाह भएको कर्जा तथा सापटी ५४ अर्ब २० करोड रुपैयाँबाट बढेर ५६ अर्ब ३४ करोड रुपैयाँभन्दा बढी पुगेको छ।

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Prev Swipe Story Next

Same Story from Other Publications

Compare how 5 other independent news outlets reported on this story.

5 Publications
Hamro Patro News
5d ago
मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै व्यवसाय कर्जा स्वाप गर्ने अवसर

मुक्तिनाथ विकास बैंकको ‘एसएमई महोत्सव’ सुरु, आधार दरमै व्यवसाय कर्जा स्वाप गर्ने अवसर

मुक्तिनाथ विकास बैंक लिमिटेडले साना तथा मझौला उद्यम (एसएमई) क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यसहित लक्ष्मीपूजाको अवसर पारेर २०८३ कात्तिक २२ गतेदेखि एसएमई महोत्सव सञ्चालनमा ल्याएको छ। यो विशेष अभि...

#विकास #राष्ट्र-बैंक #कर्जा
Compare →
Arthasansar
15h ago
सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

सोल्टी होटलको आम्दानी बढ्यो, खुद नाफा १४ करोड २३ लाख

‘सोल्टी होटल लिमिटेड’ ले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिना (साउन, भदौ र असोज) मा राम्रो नाफा कमाएको...

#नाफा #खुद
Compare →
Ekantipur
13h ago
नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

नाफा बढेपछि सोल्टीको सेयर मूल्य बढ्यो , समूहगत सूचकमा सुधार

सोल्टी होटेलको नाफा १५.२० प्रतिशतले बढेर १४ करोड २३ लाख रुपैयाँ पुगेको छ ।

#नाफा
Compare →
Onlinekhabar
2d ago
विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

विपद्पछिको पुनर्निर्माणका लागि विकास बजेट कटौती गर्नु परेको छ : अर्थमन्त्री वाग्ले

२५ कात्तिक, काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विपद्पछिको पुनर्निर्माण तथा आर्थिक पुनरुत्थानका लागि नेपालले विकास तथा सामाजिक क्षेत्रको बजेट कटौती गर्नु परिरहेको बताएका छन् । टर्कीएमा जारी कोप–३१ सम्मेलनअन्तर्गत बुधबार नेपाल पेभिलियनमा आयोजित ‘विपद्को पूर्ण …

#विकास
Compare →
Nagarik News
3d ago
आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

आज विश्व विज्ञान दिवस मनाइँदै, शान्ति र विकासमा विज्ञानको भूमिकामाथि जोड

समाजमा विज्ञानको महत्वबारे जनचेतना अभिवृद्धि गर्ने तथा वैज्ञानिक उपलब्धि र अनुसन्धानलाई आम नागरिकसम्म पुर्‍याउने उद्देश्यले यो दिवस मनाउने गरिन्छ।

#विकास
Compare →

Related Stories

Business & Economy
Build #2612